Butwal Today
मिस डाईमण्ड नेपाल २०२३ सम्पन्न

आरोही बस्नेतलाई उपाधि

१६ आश्विन २०८०, मंगलवार
अ+
अ-

बुटवल, १६ असोज । यौनिक तथा लैगिक अल्पसंख्यकहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ साहसी कदम नेपालको आयोजनामा बुटवलमा भएको मिस डाइमण्ड नेपाल २०२३ को उपाधी आरोही बस्नेतले जितेकी छन । प्रतियोगितामा ११ जना प्रतिस्पर्धामा बस्नेत बिजयी हुन सफल भएकी हुन । सोमबार भएको ग्रान्ड फिनालेमा आरोहीले उपाधी जितेकी हुन भने मिस डाईमण्ड एम्बासडर पृस्किला शाहीले जितेकी छन ।
यस्तै मिस डिभा नेपाल ईशा नेपाल, मिस क्रीस्टल नेपाल अरूणिमा शुनार र मिस रेन्बो नेपाल रियन्का न्यौपानेले जितेकी छन। विजेताले क्रमशः २० हजार, १५ हजार, ५/५ हजार नगद सहित विभिन्न विधामा उपाधी प्राप्त गरेका छन । चौथो संस्करणको रूपमा आयोजना हुन लागेको यो प्रतियोगितामा देशभरबाट यौनिक तथा लैगिङ्ग अल्पसंख्य समुदायबाट ११ जनाले अन्तिम प्रतिष्पर्धा गरेका थिए । साहसी कदम नेपालका अध्यक्ष तथा अभियन्ता आनिक राना मगर लगायतका ब्यक्तिहरूले बिजेताहरूलाई सम्मान एव पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा डा तारानाथ भट्टराई मुख्य निर्णयक थिए । सामाजिक अभियन्ता अनुपमा श्रेष्ठ, साबित्रा घिमिरे, रचना क्षेत्री, बिष्णु पाण्डे, पत्रकार प्रदीप आचार्य लगायत निर्णायक टिममा रहेका थिए ।

२१ जना आवेदकबाट छानिएका ११ जनालाई क्लोज क्याम्पमा राखेर प्रतिष्पर्धा गराईएको कार्यक्रम संयोजक अवन्तिका घर्तीले जानकारी दिइन । सन् २०१६ मा आयोजना गरिएको मिस डाइमण्डको उपाधी रेशम न्यौपानेले जितेका थिए भने सन् २०२१ को सरोजी न्यौपाने, २०२२ को प्रनेशा थापाले उपाधी जितेका थिए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी देबी चौधरीले यो समुदायको संरक्षण र क्षमता अभिबृद्धी गर्नको लागि नगरपालिका सधै तयार रहेको बताईन । उनले रोजगारमूलक क्षेत्रमा काम गर्न आग्रह गरिन । साहसी कदम नेपालका अध्यक्ष तथा अभियान्ता आनिक रानाले ‘सिंगल बट स्ट्रोङ्ग’ भन्ने नाराका साथ यो प्रतियोगिता गरिएको बताउदै यौनिक तथा लैंगीङ्गक अल्पसंख्यकहरूको सामाजिक पहिचान स्थापना गर्ने उदेश्यका साथ आगामी दिनमा पनि प्रतियोगिता आयोजना गरिने बताईन ।