ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

‘सरकारले दिएका सुविधा कागजमा मात्रै’

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

बुटवल, १५ असोज । रूपन्देहीका ज्येष्ठ नागरिकले सरकारबाट घोषणा गरिएका सेवा सुविधाहरू पाउन नसकेको दुखेसो गरेका छन । मन्त्रालयले उपलब्ध गराएको ज्येष्ठ नागरिक परिचय पत्रमा उल्लेख गरिएका छुट तथा सुविधाहरू कागजमा मात्रै सिमित भएको बताए । ज्येष्ठ नागरिक ऐनले तोकेको यातायात तथा स्वास्थ्य उपचारमा ५० प्रतिशतको छुट नपाउँदा आफुहरु मर्कामा परेको सुनाए ।

३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज रूपन्देहीले गरेको अन्तक्र्रिया तथा स्वास्थ्य शिविर कार्यक्रममा बोल्ने ज्येष्ठ नागरिकले सहजै सेवा सुविधा पाउनुपर्ने माग गरे । समाजले बुटवल ११ मा रहेको नवदुर्गा मन्दिरमा अन्तक्र्रिया तथा स्वास्थ्य शिविर कार्यक्रम गरेको हो । समाजका जिल्ला सभापति खिमप्रसाद भट्टराई (कृष्ण) ले देबीनगरका ज्येष्ठ नागरिकलाइ समेटेर कार्यक्रम गरिएको र उनीहरूलाइ मिठाइ फलफूल तथा लस्सी खुवाइएको बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग रूपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले ज्येष्ठ नागरिकलाई उचित सम्मान दिनुपर्ने बताए । बुटवल ११ मा ज्येष्ठ नागरिकलाई बस्ने र रमाउने बाटीका बनाउन पहल गर्ने उल्लेख गरे ।

समाजका केन्द्रिय सल्लाहकार तथा निबर्तमान सभापति गोविन्द खनालले हरेक जेष्ठ नगरिकले परिवारमा आत्मसम्मान बोध गर्ने वातावरण हुनुपर्ने र युवापु्स्ताले मातापितालाइ माया दिनुपर्ने उल्लेख गरे । सो अबसरमा बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल ११ ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष दण्डपानी पौडेल, बाबुराम खनाल, मन्दिर भजन मण्डलीका राधिका ज्ञवाली, क्षितिज टोलका अध्यक्ष भगवती पन्थी, पूर्व डिएसपी बिष्णुबहादुर कार्की लगायतले बोल्दै सरकारले सम्मान सम्मान गर्न नसकेको गुनासो सुनाए ।

समाजका जिल्ला उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण प्रसाद पाण्डे, कार्यक्रम संयोजन समाजका कार्यसमिति सदस्य अर्जुन कुवरले जेष्ठ नागरिकको सेवासुविधाबारे खबरदारी जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?