ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
सडक दुर्घटना :

सुदूरपश्चिममा चार बर्षमा ५ सय ६० जनाको मृत्यु, ३ लाख सवारी कारबाही,१९ अर्ब राजश्व

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

धनगढी, १५ असोज । सुदूरपश्चिममा सवारी दुर्घटना भयावह बन्दै गएको छ । पछिल्लो चार  वर्षको आँकडा हेर्दा १ हजार ३ सय १५ सवारी दुर्घटनामा पर्दा ५ सय ६० जनाले ज्यान गुमाएका छन् भने २५ सय ७० जना घाइते वनेका छन् ।
प्रदेश ट्राफिक  प्रहरी कार्यालय अत्तरियाका अनुसार चालु आर्थिक वर्षको पछिल्लो २ महिनामा मात्रै ६० सवारी दुर्घटनामा पर्दा २६ जनाको मृत्यु र ९२ जना घाइते छन् ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७⁄०७८ मा ५ सय ६२ सवारी दुर्घटना हुँदा १ सय ८७ को मृत्यु १ हजार ९६ जना घाइते भएको देखिएको छ । यस्तै आर्थिक वर्ष २०७८⁄०७९ मा ५ सय १ सवारी दुर्घटनामा १ सय ९६को मृत्यु,१ हजार १ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७९⁄०८० मा भने यो सङ्ख्या केही घटेको छ । २ सय ५२ सवारी दुर्घटना हुँदा १ सय ७७ जनाको ज्यान भएको छ भने ४ सय ७३ जना घाइते छन् ।
तीव्र गति, चालकको लापरबाही,यात्रुको गल्ती,यान्त्रिक समस्या र मादक पदार्थ सेवन गरी सवारी चलाउनु लगायतका कारणले सवारी दुर्घटना भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नेत्रमणी गिरीले बताए । ‘सवारी दुर्घटना न्यूनीकरणका लागी हामीले जनचेतनामूलक कार्यक्रमहरू गरीरहेकाछौँ। हाम्रो प्रयासले मात्र नहुने भयो । यसका लागी चालक,यात्रु र सर्वसाधारणहरूले विशेष सजगता अपनाउन जरुरी छ,’प्रहरी उपरीक्षक गिरीले भने ।
उनका अनुसार ट्राफिक प्रहरीले तीन वर्षको अवधिमा ७ हजार २८ पटक जनचेतनामूलक कार्यक्रम गर्दा ४ लाख ९ हजार १ सय ९६ नागरिक लाभान्वित वनेका छन् ।

नियम उल्लङ्घन बढ्दो,राजश्वमा उल्लेख्य सुधार

सवारी चालकहरूले ट्राफिक नियमको उल्लङ्घन गर्ने क्रम पनि बढ्दै गएको छ । पछिल्लो चार वर्षकै अवधिमा ३ लाख ५८ हजार ८ सय ९२ सवारी कारबाहीमा पर्दा १९ अर्ब ७५ लाख ३० हजार,५ सय राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको पछिल्लो २ महिनामा मात्रै १३ हजार ८ सय ८८ सवारी कारबाहीमा पर्दा ८९ लाख ७५ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०७९⁄०८० मा १ लाख १२ हजार ६ सय ५५ सवारी कारवाहीबाट ६ अर्ब ४३ करोड ७० हजार राजश्व सङ्कलन भएको छ । यस्तै आर्थिक वर्ष २०७८⁄०७९ मा ९६ हजार १ सय ७ सवारी कारवाहीबाट ५ अर्ब ४१ करोड ९४ हजार,आ.व.२०७७⁄०७८ ७९ हजार ८९ सवारी कारवाहीबाट ४ करोड ५७ लाख ६७ हजार र आर्थिक वर्ष २०७६⁄०७७ मा ५६ हजार १ सय ५३ सवारी कारबाही हुँदा ३ करोड ३१ लाख ९९ हजार ५ सय राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तो छ चाडपर्व लक्षित सुरक्षा योजना

सुदूरपश्चिममा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन कार्ययोजना लागू भएको छ । प्रदेशका नाका तथा बसपार्क लगायतका भिडभाड हुने क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी हुने गरेको छ । विशेष गरी मजदुरी गर्न भारत गएकाहरू घर फर्किने हुँदा पनि चाप बढी हुने गरेको हो । देशभित्रै पनि पढाइ तथा काम विशेषले घरबाहिर बस्नेहरू जन्मथलो फर्किने भएकाले पनि चाप बढ्ने गरेको छ । यात्रुको सङ्ख्या बढी हुने भएकाले यो समयमा दुर्घटनाको जोखिम बढी हुन्छ ।
‘दसैँ, तिहार र छठ पर्वलाई लक्षित कार्य योजनामा तयार गरेका छौँ। दुर्घटना न्यूनीकरणमा हामीले विशेष ध्यान दिन्छौँ । सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने, चालकले मादक पदार्थ सेवन गर्ने, सवारीको अवस्था चेकजाँच नहुने लगायतका कारण दुर्घटनाको जोखिम बढी हुने गरेको छ,’प्रहरी उपरीक्षक गिरीले भने,‘दुर्घटना न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेशभर सहायता कक्ष स्थापना गरी व्यवस्थापन गरीरहेकाछौँ।’

सबै जिल्लामा ट्राफिक व्यवस्थापनको काम भइरहेको छ । मापसे गरी सार्वजनिक यातायात चलाउने चालकलाई मुद्दा चलाइने,टाइम कार्डमा कडाइ,सादा पोसाकमा खटिएका प्रहरी तथा यातायात प्रा.लीहरु सँग समन्वय गरिने प्रदेश प्रहरी राजमार्ग सुरक्षा तथा टा«फिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

चाडपर्वका बेला दुर्घटना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँच गर्न लागेको हो । ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियरको सहकार्यमा यान्त्रिक अवस्था जाँच भइरहेको छ । यात्रुसँग एक मिनेट कार्यक्रम लागू गरेको ट्राफिकले बेला बेला मापसेसमेत चेक गर्ने गरेको छ । लामो दुरीमा दुई चालक राख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने लगायतका विषयमा समेत कडाइ भइरहेको गिरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?