ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

‘पाकाको बोली’ नसुनिँदा जेष्ठ नागरिक संरक्षण ग्राम अलपत्र

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

बुटवल, १५ असोज ।
लुम्बिनी प्रदेशकै गौरबका आयोजनाका रूपमा शुरु भएको जेष्ठ नागरिक संरक्षण ग्राम अलपत्र परेको छ । तीन तहको सरकार बिच समन्वय अभावमा ग्राम अलपत्र परेको हो ।  सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुख चित्र बहादुर केसी लोककल्याणकारी राज्यको जेष्ठ नागरिकप्रतिको कर्तब्य पुरा गर्ने उद्देश्यबाट मानविय विकासको क्षेत्रमा उल्लेखनीय राजकिय योगदान पुर्याउनेहरूका लागि देशका सात वटा जेष्ठ नागरिक संरक्षण ग्राम बनाउने नीति अनुसार काम पुरा नभएको दुखेसो गर्छन । आफू नगरप्रमुख हुँदाको समयमा कोशी र लुम्बिनी प्रदेश गरि दुई प्रदेशबाट माग भएर काम शुरु भएको उनले बताए । लुम्बिनी प्रदेशमा बि.सं. २०७७ सालमा सैनामैनाको बनकट्टीमा ५ विगाहा क्षेत्रफलमा कम्पाउण्ड लगाउने काम सम्पन्न भएपनि थप काम अघि नबढेको उनको दुखेसो छ । डिपिआर निर्माण गरि प्रदेशमा प्रस्तुत गरेपछि सोही अनुसार बहुवर्षिय योजना बनाउने गरि संघ र प्रदेशको संयुक्त लगानीमा करिब १ अर्ब ३ करोडको लगानीमा लुम्बिनी प्रदेशको गौरबको योजनाका रूपमा जेष्ठ नागरिक संरक्षण ग्रामलाई अघि बढाएको उनी स्मरण गर्छन ।

बि.सं. २०७९ सालमा ३० करोडभन्दा बढी रकम बिनियोजन भएको बजेटलाई सदुपयोग गरेर अघि बढ्न लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको भूमिका कमजोर देखिएको उनले गुनासो गरे । ‘एउटा आईई रिपोर्ट बनाएर ठेक्का लगाउनुपर्नेमा त्यो काम भएन ।’—उनले भने । यता सैनामैना नगरपालिका यस विषयमा चासो नदिँदा बजेट फ्रिज भएको छ । बहुवर्षिय ठेक्का निकालेर भएपनि काम अघि बढाउनुपर्नेमा त्यो नगरेको उनले बताए । मानविय विकासको क्षेत्रमा निक्कै कम काम भएको बेला लुम्बिनी प्रदेशले पाएको अवसरलाई पुरा गरेर देखाउनुपर्ने उनको सुझाव छ ।

सैनामैनामा स्थानीय सरकारको सहयोगमा निमार्ण भएको जेष्ठ नागरिक केन्द्र वृद्धवृद्धाहरुलाई भुल्ने थलो बनेको छ । ७० वर्ष टेक्दै गरेकी सालझण्डी बनकट्टीकी देबिकला पाण्डेलाई जेष्ठ नागरिक केन्द्रमा जान उत्कृता जाग्छ । घरमा बोल्ने कोही नहँुदा सुतेर बस्ने समयलाई केन्द्रमा भेला भई कुराकानी गरेर समय कटाउँदा सहजता हुने बताउँछन । ‘पछिल्लो करीब २ वर्षदेखि भजनकृतन गर्दै बिताएका छौं’—उनले भनिन । अहिले नगरपालिकाबाट उपलब्ध रकमबाट भवन निर्माण गरेका छन । भगवानको नाम दिने, सबै छरछिमेकमा बसेकाहरूलाई निम्तो दिने गरेका छन ।

सैनामैना नगरपालिका वडा नं ११ की शान्ता देबी ज्ञवाली ओसो भक्त हुन । घरमा एक्लै बस्नभन्दा केन्द्रमा आएर रमाईलो गर्दा छुटै मजा आउने बताउछिन । स्थानिय सरकारका जनप्रतिनिधिहरूको सहयोगमा बनेको केन्द्र आफुहरू जुटने र नाचगान गर्ने समय बिताउने रूपमा केन्द्र भएको बताउछन । दैनिक ३ घण्टा समय भजनकिर्तन गर्ने, प्रसादी ल्याउने बाडेर खाने, विशेष पर्वहरूमा समेत भेट भएर रितितिथिको बारेमा चर्चा गर्ने गर्छन । अझ ब्यवस्थित गर्दै केन्द्रमा राम्रा किताबहरू, चियापानीको ब्यवस्थासँगै बाजागाजाहरूको अभाव रहेको बताउँछिन ।
सैनामैनाकी ८२ वर्षिय गायत्रादेबी पोखरेललाई कतिखेर १२ बज्ला र जेष्ठ मिलन केन्द्रमा जाउ भन्ने हतारो हुन्छ । घर नजिक रहेको केन्द्रमा आफना उमेरका दमालीहरूसँग भेट्ने, रमाईलो कुराहरू गर्दा उनी सबै भुल्छिन । यसैगरि ७० वर्षिय नरिश्वरा पोखरेललाई घरमा बस्न मन लाग्दैन । केन्द्रमा जाने र अतितका कुराहरू गर्ने रमाइलो गर्न हतारो हुन्छ । दैनिक एक दर्जन बढी जम्मा भएर केन्द्रमा बस्दा समय बितेको पत्तै हुदैन । जेष्ठ नागरिक मिलन केन्द्र, सैनामैनाका अध्यक्ष खिमानन्द पोखरेलले राष्ट्रबाट सम्मान पाउनुपर्ने जेष्ठ नागरिकको हितमा केन्द्रको स्थापना गरि स्मरण गर्ने काम भएको बताए । भगवानको स्वरूपमा लिएपनि जेष्ठ नागरिकको पक्षमा चासो नदिदा कठिनाईमा परेको उनले दुखेसो गरे । इतिहास बताउने, संस्कृति जोगाउन काममा केन्द्र सहयोग हुने देखिएको उनले बताए । आर्थिक वर्ष २०७९/०८० मा ८ लाख बजेटमा करिब २० बाई ३० को क्षेत्रफलमा पूर्वाधार तयार भएको बताए । छोराबुहारीहरू काममा जाँदा एक्लै बस्नुपर्ने वृद्धाहरूलाई केन्द्रमा जम्मा भएर हाँस्ने, गाउने गर्दा स्वस्थ्यमा सकारात्मक प्रभाव परेको उनको दाबी छ । देशका अधिकांस पालिकाहरूको लगानीमा जेष्ठ नागरिक मिलन केन्द्रको संचालनमा ल्याएका छन ।

 

१०४ वर्षिय ऋषिरामको स्मरण

सैनामैना नगरपालिका वडा नं. ७, देउवापारमा एउटा सानो घर छ । लुम्बिनी सडक किनारमा रहेको यही घरमा बस्छन, १०४ वर्षिय ऋषिराम ज्ञवाली । नागरिकता अनुसार उनको जन्म बिस १९७७ चैत २५ गते हालको छत्रकोट गा पा -४, दिगाम बोहा गुल्मीमा भएको हो । यो सुन्दर गाउँ रिडिबाट ५ किलोमिटर पश्चिममा पर्छ । यही आफ्नो बाल्य र युवा अवस्था बिताएका ज्ञवाली बुढ्यौली उमेर भने सैनामैना रहेका छन । नेपाली राजनीति, सास्कृतिक परिवर्तनलाई नजिकबाट बुझेका, अनुभव गरेका उनी जिउँदो इतिहास हुन । सानोमा चन्चल स्वभावका उनी कपडाको भकुण्डो बनाएर बल खेलेको स्मरण गर्छन । ‘बल खेल्दा हात भाचियो,’—उनले सुनाए । गाउँमा मकै खान आउने भालु धपाउने, सात वर्षको उमेरमा बिवाह, सिंचाइको ब्यवस्थापन, बटौलीमा घिउ र नुनको ब्यापार देखि शिक्षाको ज्योती जगाउनेसम्मका धेरै कथा स्मरण गर्छन ।
गाउँमा पढ्ने विद्यालय थिएन । उनि बाग्लुङको पाङमा पढ्न जानुपथ्र्यो । जहाँ ज्योतिष पढाइ हुन्थ्यो । घर छोडेर रिम्घा, पुर्तिघाट हुँदै ३ दिनमा हिँडेर पाङ पुगेको बताउँछन । सानैमा घर छोड्दा अत्यास लाग्ने हुदा पहिलोपटक ३ महिना गुरुकुलमा पढेर घर फर्किएको उनी बताउँछन । करिब वर्ष दिन अक्षर पढ्न र ज्ञान लिन त्यहाँ बसेको उनी बताउँछन । सानो हुँदा गाउँमा जंगली जनावरले दुःख दिन्थे । मकै बारीमा भालु आउथ्यो । हजुर बुबा र बुबाले घरमै आएको भालुलाई मारेको उनलाई स्मरण छ । घरको पेटिमा मकै खान लागेको बेला बन्दुकले हानेर मारेको उनी बताउछन ।

सात वर्षमा बिहे
आफू सात वर्षको उमेर सात वर्षकी नै कन्या बिहे गरिदिएको उनि बताउछन । ‘डालीमा दुलहा बनेर जादा एक दिनको बाटोमा निदाएको थिए ।’— उनले हास्दै भने । गाउका अगुवा बेनिदत्ता भन्नेबाट मागी बिवाहको कुरा अघि बढेपछि कुराकानी छिनेर लगन हेरी विवाह भएको उनले बताए । बाजा बजाउदै गाउमा एकदिनको हिडाई गरेर बोआबाट अर्घाखाँची अड्कौलीमा बिवाह भयो । आफ्नो पालामा धनीहरू बाजा बजाएर भब्य बिहे गर्ने र कमजोरहरू सामान्य तरिकाबाट बिहे गर्ने गरेको उनी बताउँछन । उनको दुई श्रीमतिबाट ७ वटा छोरा, ३ छोरी भए । बुटवलमा शिक्षा क्षेत्रमा चिनिएका लक्ष्मण ज्ञवाली, दुर्गा पौडेल उनकै छोराछोरी हुन ।
बटौली घिउ बेच्ने र नुन बोक्ने
आफनो पालामा लत्ताकपडा र खाद्यान्न लिन धेरै पटक बटौली झरे । ऊ बेला २०१७ र २०१८ सालतिर बटौली दुकानबाट नुन लिन आएको उनलाई स्मरण छ । घरबाट बटौली झर्ने भनेपछि पोकामा ढकनी अर्नी लिएर सातमुरे हुँदै डेढ कोष ओरालो झर्दै बुटवल पुगेको उनी बताउछन । ‘हामी घरमा उत्पादन गरेको घ्यु ल्याउथ्यो र यताबाट नुन, कपडा लैजाने गथ्यौ ।’—उनले भने । बटौली बजारमा एक हाफ टिन बोकेर आएको उनी सम्झन्छन । एक टिनको तत्कालिन समयमा बजार मुल्य पाच रूपैया थियो । त्यो बेचेर यताबाट चिनि, मिश्री, छिटको गुन्यो, लहरेको धोती, कोरा लगायत कपडा, डल्ला साबुन लिएर जाने गरेको उनी सम्झन्छन । कोरा भने रुप्पेको १२ हात पाउथ्यो । पहाडबाट आउनेहरूलाई बटौली बजारमा ब्यापारीहरू तमाखु खान दिने, मिठामिठा कुरा गरेर फकाउने गरेको उनलाई आजजस्तो लाग्छ । त्यो बेला तराईमा हैजाको डर थियो । बखारे भन्ने गाउको युवक नुन बोक्न आउदा हैजा लागेर मरेको उनी सम्झन्छन ।
जुद्ध सम्शेरको १०८ बाहुन खुवाउने परम्परा
नेपालका चार जना शहिदहरूलाई झुण्डयाएर मृत्युको सजाए दिएपछि तत्कालिन समयमा पाप पखाल्न भन्दै जुद्ध सम्शेर राजपाठ छोडे । उनि लावालस्कर सहित अर्गेली आए । जहाँ पाच वर्ष बसे । जुद्घ सम्शेरले पद्म सम्शेरलाई राजपाठ सुम्पेर आएका थिए । अर्गेलीमा दरबारमा उनी बाहुन खुवाउने कार्यक्रममा गएका थिए । तत्कालिन समयमा दरबारको हरहिसाब राख्ने काम डिट्टा सापको हुन्थ्यो । डिट्टा पहुच भएको मानिन्थ्यो । १०८ बाहुन खुवाउने अर्गेलीको दरबारमा कार्यक्रम चल्दा उनि बुबासहित गाउका पंडितहरूसंग पुगेका थिए । धेरै गाउका पंडितहरू सो ठाउमा भेला भएका थिए । दरबारमा हलुवा, खिर खुवाएर प्रत्येक पंडितलाई १ रूपैया नगद दान गरेको उनि स्मरण गर्छन । कार्यक्रम खुवाउने ब्यवस्थापन गर्ने काम हरिहर पंण्डितले गरेका थिए । यसरी अर्गेलीमा जुद्घ सम्शेरलाई उनले भेटेका थिए ।
सिचाईको ब्यवस्थापन र शिक्षा
ईन्द्रदिप गाबिस वडा नं ८ भडकौवा बोहामा हालको बुहाफाट सिचाई योजना तत्कालिन समयमा ज्ञवालीसहितका एक युवाहरूको अगुवाईमा भयो । बुहा भन्ने गाउमा सिचाई लैजान दिगाम मैलीपुरको डाडा बाधक थियो । सातमुरे खोलाको पानी ल्याउन यही डाडा काट्ने असफल प्रयास गरेको उनलाई स्मरण छ । उनी आफनो पालामा पोमनाथ, तारापति, जगन्नाथ, हुमनाथ, बालकृष्ण, खनाल लगायतको सहयोगमा यो अभियान थाले । गाउमा कुलाई गर्न पानीको अभाव थियो । पुर्तिघाट लगायत धेरै गाउबाट १५ जनाले ३ वर्ष लगाएर खनेको आगरीको दुलो अझै पनि छ । यसमा सफलता मिलेन । बासको उज्यालोमा पहाड प्वाल पारी २ सय १५ हात गहिरो खनेको उनि सुनाउछन । ‘माटो ओसारेका ढिस्काहरू अझै पनि छन ।’— उनले भने ।गाउमा अगुवा उनि पछि बिस्तारै सबैको हकहितमा लागेर हिडन लागे । तत्कालिन ईन्द्रदिप गाउ पंचायतमा उनि दुई कार्यकाल प्रधानपंच रहेर विकासमा काम अघि बढाए । सिचाईको लागि कुलो ल्याउने, विद्यालय स्थापना गर्ने काम गरे । बिसं २०१८ सालमा नेपाल राष्ट्रिय प्राबि स्थापना उनकै पालामा भयो । उनि रिडिका दिर्घनारायण साहुलाई पनि सम्भन्छन जसले समाजसेवाको नमुना काम गरेका थिए । रिडिबाट प्युठानसम्मको बाटामा आपका रुख रोपेर सितलतासंगै मिठो फल दिने गरि भारतबाट बिरुवा ल्याएर रोपेका थिए । पटकपटक बजार गर्न तराइ झरेका उनी बिस २०२४ सालमा भने गाउ छोडेरै आए । उनी सैनामैना झर्दा चेथरी, सोरौली मौजाको चलन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?