ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

एमसीसी ठेक्का विवाद : वासिङ्टन पठाइयो २ प्रस्ताव, प्रमुख कार्यकारी काठमाडौंमा

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

काठमाडौं, १५ असोज ।

अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसहितको टोली काठमाडौं आइपुगेको छ। आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ।

यो टोली यस्तो समयमा नेपाल आएको छ, जतिखेर ५० करोड डलरको अमेरिकी सहायता परियोजना संसद्‌बाट अनुमोदन भएर कार्यान्वयनमा गएको घोषणा भइसक्दा पनि ठेक्का विवादमा अड्किएको छ।

एमसीएले २२ करोड डलरमा ४०० केभी क्षमताको ३१५ किलोमिटर विद्युत प्रसारणलाइन बनाउन बोलपत्र आह्वान गरे पनि ठेकेदार छनोट गर्न सकेको छैन।

५ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने परियोजनाको दिनगन्तीमा २८ दिन बितिसकेका छन्।

तीनवटा प्याकेज बनाएर अलगअलग बोलपत्र आह्वान गरिएकामा ६ वटा कम्पनीले प्रस्ताव पेस गरेका छन्। तीमध्ये प्राविधिक मूल्यांकनबाट ५ वटा मात्र छनोट भएका छन्। ५ वटाको वित्तीय प्रस्ताव खोल्दा न्यूनतम कबोल नै दुई तिहाईभन्दा बढीको परेको छ। यी सबै प्रस्तावक कम्पनी भारतीय हुन्।

अर्थमन्त्री प्रकाशरण महत र यसअघिका अर्थसचिव अर्जुनप्रसाद पोखरेललगायतका सरकारी अधिकारीहरूले ठेकेदारको मिलेमतो हुनसक्ने भन्दै हालको प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गर्नुपर्ने प्रतिक्रिया दिएपछि अमेरिकाले यसलाई गम्भीर रूपमा लिएको छ। अर्थसचिव नै एमसीए नेपालका अध्यक्ष हुन्छन्।

एकातिर परियोजना सम्पन्न गरिसक्नुपर्ने भनी तोकिएको ५ वर्षे अवधिको महत्त्वपूर्ण समय घर्किँदै गएको छ भने अर्कोतिर ठेकेदार छनोटमा भएको विलम्बले परियोजना नै अनिश्चयतिर धकेलिँदैछ। त्यसमाथि नेपाल सरकारमाथि खर्चको दायित्व बढ्दै गएको छ।

यस्तो अवस्थामा परियोजना कसरी अगाडि बढाउने भन्ने समस्याको निकासका लागि एमसीएले दुईवटा विकल्प सुझाउँदै एमसीसी मुख्यालय, वासिङ्टन (अमेरिका)मा पत्राचार गरेको छ, जुन यसप्रकार छन्–

विकल्प १ः बजेट थप
पहिलो विकल्पमा अमेरिकी सरकार र नेपाल सरकारबीच वार्ता गरी बजेट बढाउनुपर्ने एमसीएको सुझाव छ। अहिलेको हिसाबले करिब १८ देखि २० करोड डलर जति बढाउनुपर्ने हिसाब पनि उसले प्रस्तुत गरेको छ। यसमध्ये १८ करोड डलर प्रसारण लाइनका लागि मात्रै थप्नुपर्ने उल्लेख छ। सबस्टेसनको लागि बोलपत्र आह्वान भइसके पनि प्रस्ताव दर्ता गराउने मिति बाँकी नै छ।

यसमा पनि प्रस्तावहरु बढेर नै आउन सक्ने भएकाले २ करोड डलर त्यसका लागि थप्नुपर्ने एमसीएको अनुमान छ।

विकल्प २ः स्पेसिफिकेसन र स्कोप अफ वर्क घटाउने
नेपालस्थित एमसीए कार्यालयले सुझाएअनुसार, दोस्रो विकल्पमा स्पेसिफिकेसन र स्कोप अफ वर्क घटाएर पूर्वनिर्धारित बजेटको सीमाभित्रै रहेर काम गर्न सकिनेछ। यसरी घटाउनुपरे केके घटाउन सकिन्छ भनेर पनि उल्लेख गरिएको छ।

स्रोतअनुसार, ९ देखि साढे ९ करोड डलर घटाउन सकिने ठाउँ एमसीएले देखाएको छ। यो गर्दा कुनैकुनै क्षेत्रको काम हुँदैन। तत्काल बढी महत्त्वपूर्ण ठानिएका काम मात्र गर्ने र बाँकी पछि नेपाल सरकार वा विद्युत प्राधिकरणले नै स्रोत व्यवस्थापन गरेर पूर्णता दिन सकिने भनिएको छ।

यस विषयमा वासिङ्टनले जवाफ दिएको छैन। बरु उसले जवाफ दिनुअघि एमसीसीका वरिष्ठ अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डललाई वास्तविक अवस्था बुझ्न नेपाल पठाएको छ। यस प्रतिनिधिमण्डलले दिने प्रतिवेदनका आधारमा अमेरिकी सरकार एवं एमसीसी मुख्यालयले निर्णय गर्न सक्छ।

के होला त सम्भावित निर्णय?
नेपाललाई अमेरिकाले कति अनुदान दिने भन्ने विषय पहिला नै यकिन थियो। उसले दिने ५० करोड डलर र त्यसमा नेपालले थप्न सक्ने रकमका आधारमा परियोजना छनोट गर्न भनिएको थियो। नेपालले छनोट गरेका परियोजनाको सुरु लागत अनुमान पनि नेपालस्थित एमसीए कार्यालयले नै गराएको थियो।

त्यसैले अमेरिकाले बजेट थप्ने वा स्पेसिफिकेसन तथा स्कोप अफ वर्क घटाउने दुवै विकल्प नमान्न सक्छ।

अर्कोतिर, एमसीसीको बजेट, कार्यसर्त, मापदण्ड र ढाँचा नेपालको संसदबाट अनुमोदन गरिएको छ। जब उसले पारित गरेको दस्तावेजमा आधारभूत अन्तर आउने अवस्था आयो भने फेरि निर्णयका लागि संसदमै लैजानुपर्ने हुन सक्छ।

संसद्‌मा एमसीसी लैजाँदा के हालत भयो भन्ने हेर्न हाम्रै विगत काफी छ। विशुद्ध घरेलु चासो भएका विद्यालय शिक्षादेखि निजामती कर्मचारी विधेयक नै संसदबाट पारित गराउन नसकेको सरकारले तीव्र भूराजनीतिक दाउपेच मिसिएको परियोजनामा तत्काल निर्णय दिन सक्छ भनेर अपेक्षा गर्ने ठाउँ छैन।

अझ बजेट थपघट गर्ने विषयलाई अमेरिकाले संसदसमेत आफ्नो संसदमा लैजानुपर्ने भएमा त्यसले थप समय खपत गर्नेछ।

यद्यपि, अमेरिकाले नेपालमा एमसीसी कार्यान्वयनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएकाले अपुग रकम दिन सकिने जनाएमा सहज निकास त्यही नै हुनेछ। अमेरिकाले रकम थपेन र बाँकी नेपाल सरकारले नै बेहोर्नुपर्ने भएमा त्यसले नयाँ विवाद सिर्जना गर्न सक्नेछ।

परियोजनालाई अनिश्चयको सुरुङमा प्रवेश गराउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?