ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

अब मुलुकमा आर्थिक परिर्वतन जरुरी छः पुर्व राष्ट्रपति यादव

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

सुनवल, १५ असोज ।

पुर्व राष्ट्रपति डा.रामवरण यादवले मुलुकमा महत्वपूर्ण राजनैतिक उपलब्धि हासिल भईसकेकाले अब आर्थिक परिवर्तनको आवश्यकता रहेको बताएका छन् । सोमबार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा निर्मित विपि कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले नयाँ संविधान जारी भएसंगै मुलुकले महत्वपूर्ण उपलब्धि हासिल गरेकाले अब आर्थिक क्रान्तिको आवश्यकता रहेको बताए ।

सबै वर्ग जातजाती भाषा धर्मलाई अहिलेको संविधानले समेटेको उल्लेख गर्दै उनले संविधान कार्यान्वयनको पाटो भने पेचिलो बन्दै गएको बताए । दलहरुले संविधानको पूर्ण कार्यान्वयनका लागि भूमिका खेल्नुपर्नेमा जोड दिदै पुर्व राष्ट्रपति यादवले जनताले त्यसमा खबरदारी गर्नुपर्ने बताए । ‘जनताले वाचडगको रुपमा काम गर्नुपर्छ, दलहरुले बाटो विराउन सक्छन् खबरदारी निरन्तर जरुरी छ’, यादवले भने ।

फरक प्रसंगमा पुर्व राष्ट्रपति यादवले अहिले चुरे क्षेत्र दोहन भईरहेको बताउँदै त्यसको नियन्त्रण गर्न नसके अन्नभण्डार तराईको भूमि मरुभुमिमा परिणत हुने चिन्ता व्यक्त गरे । ‘सरकारले चुरे क्षेत्र संरक्षणमा प्रभावकारी काम गर्न सकेको छैन् यादवले भने, अब चुरे दोहन रोकिएन् भने तराई मरुभुमिका परिणत हुन्छ ।’

पछिल्लो समय मुलुक भित्र उत्पादन घटेर विदेशबाट आयात वृद्धि भएको प्रति उनले चिन्ता व्यक्त गरे । विगतमा विदेश समान निर्यात गर्ने मुलुक अहिले हरेक कुरा आयातमा निर्भर भएको बताउँदै उनले नेपाली जनतामा काम गर्ने प्रवृत्ति हराउँदै जानु सुखद संकेत नभएको बताए ।

शालिक अनावरणपछि आयोजित कार्यक्रममा बोल्दै काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्राप्त उपलब्धि संस्थागत गर्न दलहरु एकजुट हुनुपर्नेमा जोड दिए । महामन्त्री विक्रम खनालले दलहरुले आ–आफ्नो एजेन्डाको साथ राजनीति गरेपनि राष्ट्रका मुलुभुत एजेन्डामा एक साथ रहँदै आएको बताए । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दुलारी हरिजनले मुलुकमा परिवर्तन आएपनि महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको उल्लेख गरिन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य विश्वप्रेम पाठक, पुर्व राज्यमन्त्रीहरु रामवच्चन यादव, घनश्याम यादव, काँग्रेस नवलपरासी सभापति अर्जुन कुमार पोखरेल, नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी, जिल्ला समन्वय समिति प्रमुख भगौती यादव, काँग्रेस क्षेत्रिय सभापति मुकुल आचार्य, गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरी लगायतले बोलेका थिए ।

प्रतापपुर गाउँपालिकाले सूर्यपुरामा १० लाखको लगानीमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपि कोईरालाको अर्धकदको शालिक निर्माण गरेको गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । विपि जयन्तीको अवसरमा शालिक अनावरण गरिएको हो । शालिक अनावरण कार्यक्रमको नेपाली काँग्रेसकै संस्थापन पक्षले भने बहिष्कार गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?