ट्रेंडिंग:

>> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त

जनताको नजरबाट गिर्दैछ सरकार

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

हामीले जुनसुकै नामको शासन पद्धति निर्माण गरेतापनि हाम्रा शासकहरूले शक्ति केन्द्रिकृत गर्ने र आफ्नो कुर्चीका लागि सहज हुने परिस्थिति निर्माण गर्न देश र नागरिकलाई कुल्चने परम्परा कायम रह्यो । महानक्रान्तिको अगुवा भनिएका प्रचण्डको नेतृत्वमा बनेको वर्तमान सरकारले पनि नागरिकका भावना र देशको आवश्यकतालाई भन्दा सत्ता प्राप्ति र बचाउलाई प्राथमिकताका साथ दोहोयाएको छ ।

विधि र पद्धतिलाई आफ्नो अनुकूल परिवर्तन गर्ने र त्यसो गर्न नसकिएमा उल्लंघन गरेर पनि आफूलाई स्थापित र सुरक्षित राख्ने प्रपञ्च चलिरहेका कारण राज्य सञ्चालनका कतिपय सिद्धान्त, मूल्य मान्यताहरू र देशको संबिधान र प्रचलित ऐन कानुनसमेत निरीह बनेको स्थिति छ । कोशी प्रदेशमा दुई–दुई पटक नियुक्त मुख्यमन्त्री सर्बोच्च अदालतले खारेज गर्नुपर्ने, कैलालीको टिकापुरको घटनामा सर्बोच्च अदालतले पूर्णरूपमा दोषी भनी फैसला गरेका ब्यक्तिलाई सत्ता टिकाउनैका लागि राष्ट्रपतिबाट उन्मुक्ति दिइनु र त्यस्तो उन्मुक्तिलाई समेत अदालतले उचित नमानेको अवस्थामा समेत सरकार चुप रहनु, गौर इट्टाभट्टीका पीडितहरूले न्याय नपाउनु, ठूलो स्वरमा चिच्याइएका ललिता निवास जग्गा काण्ड, सुन काण्ड जस्ता सार्वजनिक भै सर्वसाधारणले समेत दोषी मानेका र अव त जेल जाने भए भनेर खुसी भएका ब्यक्तिहरू र दलका ठूला नेता तानिन लागेपछि अनुसन्धानमा खटिएका प्रहरीलाई सरुवा गराई मुद्दा चुपचाप गराउने प्रपञ्च रचिनु, भुटानी शरणार्थी सम्बन्धी मुद्दा हेरेका न्यायाधिशलाई दुर्गममा सरुवा गर्नु, जातीयद्वन्द्व बढ्नेजस्ता कार्य भैरहँदा सरकार मौन रहनु, विदेश सम्बन्धका सवालमा समेत आलोच्य भैरहनु, महंगी र भ्रष्टाचारजस्ता विकृतिले जनजीवन प्रताडित हुँदा सरकारले यसको अनुगमन र नियन्त्रणको प्रयाससमेत नगर्नु र समग्रमा आर्थिक अवस्था बिग्रनुले वर्तमान शासकहरूलाई प्राप्त अवसरबाट जनताको स्याबासी पाउनुको सट्टा नजरबाट गिर्नु दुर्भाग्य नै हो ।

सुशासनका ठूला कुरा गरेर नथाक्ने शासकहरूले राज्य संयन्त्रलाई केही झोंक फेर्ने हतियारका रूपमा प्रयोग गर्ने गरेको जस्तो देखिएको छ । खासगरी भ्रष्टाचार, सार्वजनिक सम्पति हडप्ने लगायतका काण्डमा राजनीतिक नेतृत्वले सरकारको नेतृत्व गर्दैगर्दा फाइदाको सौदाबाजी गरिहेका कारण प्रायः सरकारी नेतृत्वमा पुगेका कर्मचारी वा नेता चोखो छैन भन्ने स्पष्ट भएको छ । असाध्यै पवित्र र महान मानिएका पूर्व मुख्यसचिव लिलामणि पौड्याल समेतले आफूलाई पक्राउ गर्ने र मुद्दा चलाउने हो भने तत्कालीन मन्त्रीसहित सरकारका प्रमुखहरू समेत तानिनुपर्ने भन्ने सार्वजनिक बयान दिए । अर्थात् उनको यो भनाइबाट अनियमितता भएको हो तर त्यसो हुनुमा आफूमात्र दोषी नभएर राजनीतिक नेतृत्वपनि दोषी हो भन्ने खुलासा गरेको बुझिन्छ । अर्थात् बदमासी भएकै हो रहेछ । दुर्भाग्य उनले इसारा गरेका सरकार प्रमुखहरू हालको सत्ताको भाग्य निर्माता भएकाले ती राजनीतिक नेतृत्व जसले त्यस समयमा सरकार चलाएका थिए उनीहरू वर्तमान सरकारको भविष्यसँग गाँसिएका कारण अनुसन्धानसमेत गर्न नहुने प्रपञ्च तयार भयो । त्यसपछि उनीहरूसँगै लिलामणि पौडेल पनि बचाउमा परे । सुन काण्डमा पूर्व सभामुख महरा र छोराको विशेष चर्चा भयो तर अहिले डा. बाबुराम भट्टराई, माधवकुमार नेपालजस्तै महरा बाबुछोरालाई पनि अनुसन्धानमा समेत तानिने अवस्था हराउँदै गएको छ । लडाकु क्यान्टोनमेन्टको भ्रष्टाचार सम्बन्धमा जोडिएर पटकपटक प्रचण्डकै चर्चा हुन्छ तर यसको पनि अनुसन्धान अगाडि बढ्दैन् । अर्कोतिर विपक्षी दलका नेता खड्गप्रसाद ओलीलाई जोडेर चर्चामा आएको पशुपतिको जलहरीको सुन तौलने काम भयो । यसमा सोझो बद्मासी नभेटेर होला यो काण्ड सेलायो । अन्यथा जलहरीको सुन काण्ड पक्कैपनि सरकारवालाहरूलाई विपक्षमाथि प्रहार गर्ने ठूलो हतियार हुने थियो ।

वास्तवमा धेरै वर्षको लडाईं र सबै नागरिकहरूको सहयोग समर्थनका कारण नेपालमा गणतन्त्र र संघीयताको स्थापना हुनु धेरै गौरव र महत्वको पक्ष हो । यो बृहत परिवर्तनपछि मुलुकमा सामाजिक, आर्थिक र राज्य सञ्चालनमा ठूला परिवर्तन आउनेछन् भन्ने अपेक्षा हुनु स्वाभाविक पनि हो । तर गणतन्त्र स्थापनाको करिव दुई दशक पुग्न लाग्दासमेत यो नयाँ ब्यवस्था स्थापना गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका दलहरू नै दलीय स्वार्थ, पारिवारिक स्वार्थ, कमाइ र सुखसयल जस्ता विकृत ब्यवहारमा फँसे । सरकार सञ्चालनमा विगतका राजा र अरू शासकझैं मात्र होइन कतिपय सन्दर्भमा अझ कमजोर हैसियतमा ओर्लिएका घटना छन् । सत्ता स्वार्थका लागि गुण्डा, हत्यारा, धनवान र दासहरूका कब्जामा राजनीतिक नेतृत्व पुग्यो । त्याग, बलिदान, विचार, बुद्धिको कुनै मूल्य रहेन । सामाजिक, साँस्कृतिक, आर्थिक र नैतिक संकट पैदा भैरहेका छन् । मुलुकको पछौटेपन र आर्थिक दुरावस्थालाई समाप्त पार्ने भन्दा सानातिना कार्यमा सरकारहरू अलमलिएका छन् । हामी प्रजातन्त्र, समाजबाद उन्मुख, समतामूलक समाज निर्माणको नारा बोकेका छौं । तर २०७२ सालमा नयाँ संबिधान निर्माण गरेका थियौं तर अहिलेसम्म नयाँ संबिधानसँग तालमेल मिलाएर कानुनहरू निर्माण हुन सकेका छैनन् । नीति नियमले मुलुकलाई कुन दिशामा लैजाने निक्र्योल गर्नुपर्ने तर यहाँ त कति ग्रेड खाने, कुन दिन सार्वजनिक विदा दिने यस्तै कनिका गन्ने खेलमा समय बर्बाद गरिएको छ । मूल कार्यतिर ध्यान गएको छैन । सरकार कर्मकाण्डी पाराले चलेको देखिन्छ । खास परिवर्तनलाई टेवापुग्ने खालका कार्यक्रम आइरहेका छैनन् ।

हरेक जिल्लामा हरेक वर्षमा डेढ दुई सय उद्योग बन्द भएका समाचार आइरहेका छन् । प्रत्येक दिन दुई हजारभन्दा बढी युवा नागरिक विदेसिएका समाचार आउँछन् । गाउँवस्तीमात्र होइन सहर बजारमा समेत युवाहरू देखिदैनन् । हरेक कक्षा १२ उत्तीर्ण गरेको युवाले अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान र क्यानाडातिर साइत सारेको हुन्छ । कमजोरले पनि खाडी मुलुक, कोरिया र युरोपीयन देश चहारेको हुन्छ । रोजगारी छैन भने स्वरोजगारमूलक ब्यवसायका लागि लगानी, सिप र बजारको वातावरण छैन । राजश्व र रेमिट्यान्सले उठेको पैसाले परिवर्तित ब्यवस्थासँगै राज्यका संरचनामा भएका खर्च, भ्रष्टाचार लगायतका बेथितिबाट वाक्क भएर मानिसहरूले छोटो समयमै ब्यवस्थाकै विरोध गर्न थालिसकेका छन् । जसले यो ब्यवस्था ल्याए र उपभोग गरिरहेका छन् उनीहरूकै ब्यवहार र आचरणका कारण ब्यवस्थामाथि खतरा पैदा भएको बताउन थालिएको छ । मुलुकमा अलमल, अस्थिरता र अधोगति रहिरहनुका पछाडि सरकारको प्रशासनिक र राजनीतिक नेतृत्वको असक्षमता, उदासीनता, स्वार्थ र नियत जस्ता पक्ष बलिया कारणका रूपमा देखिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?