ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

एशियाली खेलमा नेपाली क्रिकेट : विश्व विजेतासँग पहिलोपटक भिड्दै

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

बर्दघाट, १५ असोज ।

चीनमा जारी एशियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वार्टर फाइनलमा मंगलबार नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्दी भारतको सामना गर्दै छ । समूह चरणमा धेरै विश्व रेकर्ड कायम गर्र्दै क्वार्टर फाइनल प्रवेश गरेको नेपाल बलियो आत्मबलका साथ खेलिरहेको छ । तथापि विगतका खेलहरुलाई विश्लेषण गर्दा र भारतीय टोलीको खेलाडीको प्रदर्शनलाई हेर्दा नेपालको लागि क्वार्टर फाइनल खेलमा जित हात पार्न निकै संघर्ष गर्नुपर्ने छ ।

नेपालले राट्रिय टिमको पहिलो रोजाइको खेलाडीहरुलाई मैदानमा उतारिरहँदा भारतले भने दोश्रो रोजाइका खेलाडीहरुलाई एशियन खेलकुदमा पठाएको छ । तथापि भारतका दोश्रो रोजाइका खेलाडीहरु पनि निकै अनुभवी छन । विशेषगरी टि ट्वान्टी फम्र्याटमा उच्च प्रदर्शन गरेका खेलाडीहरुले भरिएको टोली हो भारत ।

विश्वकै चर्चित फ्रेन्चाइज लिग आइपिएलमा सहभागी र आइपिएलमा उच्च प्रदर्शन गरेका खेलाडीहरुको सामना गर्नु नेपालको लागि चुनौती हो । एशियाली खेलकुदमा रेकर्ड ब्रेक गर्दै उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिँह ऐरी, कुशल मल्ल, राम्रो फर्ममा रहेका कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सन्दिप लामिछाने, करण केसी, सोमपाल कामी लगायतका अनुभवी खेलाडी नेपाली टोलीमा रहेका छन् ।

भारतीय टोलीमा ऋतुराज गायकवडको कप्तानीमा युवा खेलाडीहरु सम्मिलित टोली रहेको छ । भारतीय पहिलो रोजाइको टोलीमा यसअघि सम्मिलित तीव्र गतिका बलर अर्सदिप सिँह समेत रहेका छन् । उनी गत आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । भारतीय अलराउण्डर रिँकु सिंह, यशस्वी जैसवाल, वासिङ्गटन सुन्दर, शिवम दुवे जस्ता टि ट्वान्टीमा निकै अनुभवी खेलाडीहरु भारतीय टोलीमा रहेका छन् । यी मध्ये अधिकाँश खेलाडीले राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय टेष्ट, एक दिवसीय र टि ट्वान्टी खेल खेलिसकेका छन् । नेपाल र भारतविच अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय टि ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता भएको छैन । तर गत महिना एशिया कपमा भने भारत र नेपालविच अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थियो, जुन एकदिवसीय फम्र्याटमा रहेको थियो ।

एकदिवसीय खेलमा भारत विरुद्ध नेपालले सम्मानजनक प्रदर्शन गरेको थियो । एशिया कपमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत गर्दा भारतले डकवर्थ लुइसको नियम अनुसार १० विकेटको जित हात पारेको थियो । टि ट्वान्टी क्रिकेट इतिहासमा नेपालले अहिलेसम्म कुल ५८ अन्तर्राष्ट्रिय टि ट्वान्टी प्रतियोगिता खेलेको छ । जसमा ३४ खेलमा जित, २३ खेलमा हार र एउटा खेल नतिजा विहीन भएको छ । यस्तै भारतले अहिलेसम्म २ सय ६ वटा प्रतियोगितामा १ सय ३४ मा जित ६६ खेलमा हार, एउटा खेल बराबरी र ५ वटा नतिजा विहीन खेल खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?