Butwal Today

सुर्खेतमा जिप पल्टिँदा ९ जना घाइते, ४ को अवस्था गम्भीर

१४ आश्विन २०८०, आइतबार
अ+
अ-

सुर्खेत, १४ असोज ।

सुर्खेतको वीरेन्द्रनगरमा गएराति जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

शनिबार राति करिब ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका- ४ लाँदेमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिप सडकबाट करिब १ सय मिटर तल खसेको छ।

वीरेन्द्रनगरबाट सुर्खेतकै चिङ्गाड गाउँपालिका -२ को रानिवासतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको जिप दुर्घटनामा परेको हो।

घाइते सबैको स्थानीय माया नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।