Butwal Today

चौतर्फी विरोधपछि ग्यास र इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता

१४ आश्विन २०८०, आइतबार
अ+
अ-

बुटवल,१४ असोज । चौतर्फी विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन वाध्य भएको छ ।
आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

आज बसेको मन्त्रिपरिषद वैठकले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो ।
खाना पकाउने ग्यासमा प्रति सिलिण्डर मुल्यबृद्धिपछि उपभोक्ता अधिकारकर्मी ज्योति बानियाले मुल्य बृद्धिमा प्रधानमन्त्रीलाई समेत जोडेर निर्णय फिर्ता नलिए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । राजनीनिक दलका नेता कार्यकर्ता र सर्वसाधारणहरुले मुल्यबृद्धि फिर्ता नलिए वृहत आन्दोलनमा जानुपर्ने अपील गरेका थिए ।