Butwal Today

अध्यक्ष ओलीसहित एमाले नेताहरू प्रधानमन्त्री निवासमा

१४ आश्विन २०८०, आइतबार
अ+
अ-

काठमाडौं, १४ असोज ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि अध्यक्ष केपी शर्माओलीसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरू बालुवाटार पुगेका छन्।

छलफलका लागि प्रधानमन्त्रीले बोलाएपछि एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला प्रधानमन्त्री निवास पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ। छलफलको विषय भने खुलाइएको छैन।

साता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएको भाेलिपल्टै प्रधानमन्त्री प्रचण्डले एमाले नेताहरुलाई बालुवाटार बोलाएका हुन्।