ट्रेंडिंग:

>> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण

उपेक्षामा जेष्ठ नागरिक

१४ आश्विन २०८०, आइतबार
१४ आश्विन २०८०, आइतबार

वृद्धावस्था मानव जीवनको महत्वपूर्ण कालखण्ड हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार ६५ वर्ष भन्दा माथिल्लो उमेर लाई वृद्धावस्था भनिन्छ । यस अनुसार अहिले विश्वको कूल जनसंख्याको करिब १० प्रतिशत हिस्सा ६५ वर्ष माथिको जनसंख्याले ओगटेको छ । नेपालमा ६० वर्ष माथिको जनसंख्यालाई वृद्ध जनसंख्या मान्ने गरिएको छ. । दशौँ जनगणना २०५८ अनुसार नेपालको जनसंख्याको ६.५ प्रतिशत वृद्ध जनसंख्या रहेकोमा वि.सं. २०६८ मा ८.१३ र २०७८ मा यो संख्या १०.२१ प्रतिशत पुगेको छ । विश्वको औसतको तुलनामा नेपालमा बृद्ध जनसंख्या धेरै कम देखिएपनि पछिल्ला वर्षहरुमा यो संख्या बढ्दै गएको छ । वि.सं २०१८ यताका सबै जनगणनाका तथ्यांकहरु केलाउँदा नेपालको वार्षिक जनसंख्या बृद्धिदर भन्दा वृद्ध जनसंख्याको बृद्धिदर सधै उच्च रहेको देखिन्छ । भौतिक सेवा सुविधामा भएको बृद्धि, स्वास्थ्य सेवा र सुविधाको उपलब्धतामा सुधार जस्ता कारणले गर्दा बाँच्ने सरदर आयुमा बृद्धि भै बृद्ध जनसंख्या समेत बृद्धि भैरहेको छ । अहिले वार्षिक रुपमा करिब ५५ हजार मानिसहरु बृद्धावस्थामा प्रवेश गर्ने गर्दछन । घट्दो प्रजननदर र युवाहरुको विदेश पलायन जस्ता प्रक्रियाले गर्दा नेपालको जनसंख्यामा वृद्धहरुको अनुपात निरन्तर बढिरहेको छ ।

एकातर्फ नेपालमा बृद्ध जनसंख्या बढिरहेको छ भने अर्कोतर्फ बृद्धहरु धेरै किसिमका समस्यामा परिरहेका छन् । शाब्दिक रूपमा बृद्धहरुलाई बूढाबूढी भन्न छोडेर जेष्ठ नागरिक भन्न थालिएको छ तर यो शाब्दिक सुधार बाहेक उनीहरुको अवस्थामा सुधार आउन सकेको छैन । बृद्धहरुको सेवा गरेमा पुण्य प्राप्त हुन्छ र बृद्ध बा आमाको सेवा गर्नु छोरानातीको मुख्य कर्तव्य हो भन्ने सामाजिक मान्यता क्रमशः मक्किदै गएको छ । बा आमाले आफ्नो सम्पूर्ण सामथ्र्य खर्चेर छोराछोरीलाई हुर्काउने, बढाउने र अवसरको लागि शहर र विदेश पठाउने कामलाई प्राथमिकता दिएसंगै वृद्धहरू एक्लिदै गएका छन् । छोराछोरीहरु शहर र बिदेशमा बस्ने अनि वृद्धहरू एक्लै गाउँमा बस्ने गरेका दृश्यहरु अचेल सामान्य लाग्न थालेका छन् । केही बृद्ध आमाबाबुहरुले परिवारको सामिप्यता र सुखदुखमा साथ नपाएपनि छोराछोरीबाट आर्थिक सहयोग पाउने गरेकोले एकांकी नै भएपनि सामान्य जीवन ज्यून पाएका छन् तर धेरै वृद्ध आमाबाबुहरुले छोराछोरीहरुबाट माया, सामिप्यता र सहयोग पाउने त कुरै छोडौ, परिवारका सदस्यहरूबाटै तिरस्कृत भएकोले कष्टपूर्ण जीवन व्यतित गरिरहेका छन् ।

नेपालको संविधान २०७२ ले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षाको लागि विशेष व्यवस्था गर्ने नीति अंगिकार गरेको छ । संविधानको धारा १६ मा उल्लेखित सम्मानपूर्वक बाँच्न पाउने हक र धारा ४३ को सामाजिक सुरक्षाको हक जेष्ठ नागरिकको हकमा बढी आकर्षित छ । संविधानमा जेष्ठ नागरिकको लागि छुट्टै धाराको समेत व्यवस्था छ । धारा ४१ ले जेष्ठ नागरिकले राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुरा उल्लेख हुनाले राज्यलाई जेष्ठ नागरिकप्रति जिम्मेवार बनाउन खोजेको देखिन्छ । साथै, जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ (पहिलो संसोधन २०७५) र नियमावली २०६५ लागु भएका छन् । त्यस्तै वृद्धावस्था सम्बन्धि मेड्रिड अन्तर्राष्ट्रिय कार्य योजना २००२ को अनुशरण गर्दै नेपालले पनि जेष्ठ नागरिक सम्बन्धी राष्ट्रिय कार्य योजना २०६२ तयार गरेको छ । यस कार्य योजनामा जेष्ठ नागरिक सम्बन्धी मुद्दाहरु जस्तै आर्थिक तथा सामाजिक सुरक्षा, पोषण तथा स्वास्थ्य, सहभागिता, शिक्षा, मनोरञ्जनका साथै कानुनी उपचार र पुनस्र्थापना जस्ता कुराहरु समेटिएको छ । जेष्ठ नागरिक सम्बन्धी नीतिगत एवं कार्यगत मार्गनिर्देशनका लागि उच्चस्तरीय केन्द्रीय जेष्ठ नागरिक समितिको स्थापना भएको छ । यसैगरी आ.व. २०५२÷५३ देखि सुरु भएको जेष्ठ नागरिक सुरक्षा भत्तालाई बृद्धि गरी निरन्तरता दिईएको छ ।

अहिले नेपालमा सरकार र परिवार दुबै पक्षबाट जेष्ठ नागरिकहरु उपेक्षित भएको पाइन्छ । सरकारले जेष्ठ नागरिकहरुको सुरक्षा र स्याहारको लागि कानुनी र नीतिगत व्यवस्था त गरेको छ, तर ती कानून, नीति र कार्यक्रमहरु लागू गर्नेतर्फ सरकारी निकायहरु उदासिन छन् । संयुक्त पारिवारिक समाज विघटन हुने क्रम बढेसंगै पाका पुस्ताहरु एक्लिदै गएका मात्र छैनन्, परिवारको लागि बोझ मानिन थालेका छन्, सम्पत्ति लिने तर वृद्धको हेरचाह नगर्ने सन्तानहरुको संख्या बढ्दै गएको छ । युवाहरु विदेशिने क्रमले पनि पाका पुस्ताहरु बेसहारा बनिरहेको छ । जेष्ठ नागरिकलाई सम्मान र हेरचाह गर्नुपर्छ भन्ने मूल्य मान्यतामा ह्रास आएकोले यस्तो प्रवृत्तिलाई रोक्नको लागि जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ मा . ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने (दफा ३), ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालनपोषण तथा हेरचाह गर्न (दफा ४), कसैले ज्येष्ठ नागरिकको इच्छाविपरीत निजलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउनु नहुने (दफा ४ उपदफा ३) जस्ता प्रावधानहरु राखिएको छ । त्यस्तै मलुकी देवानी २०७४ को दफा १२२ ले प्रत्येक छोरा छोरीले आमा बाबुलाई एकासगोलमा बसेको वा कानून बमोजिम भिन्न भइसकेको जेसुकै भए तापनि आफ्नो आर्थिक तथा सामाजिक हैसियत अनुसार आवश्यक हेरचाह, स्याहार सम्भार, औषधोपचार वा रेखदेख गर्नुपर्ने व्यवस्था गरेको छ । जेष्ठ नागरिकले परिवारका सदस्यहरुको बारेमा कमै गुनासो गर्ने र अरुले पनि पारिवारिक मामिला भनेर वास्ता नगर्ने गर्दा हेरचाह नगर्ने परिवारलाई बाध्य बनाउन सकेको देखिदैन । छोराछोरीले आफ्नो आम्दानीको निश्चित हिस्सा बा आमाको खातामा राखिदिनुपर्ने व्यवस्था पनि पालना नहुँदा कतिपय सम्पन्न परिवारका जेष्ठ नागरिकहरु पनि खान लाउन नपाएर सडकमा भौतारिएको देखिन्छ ।

स्थानीय सरकार संचालन ऐन र जेष्ठ नागरिक सम्बन्धी ऐन अनुसार स्थानीय तहहरु जेष्ठ नागरिकहरुप्रति बढी जिम्मेवार हुनुपर्नेमा ती निकायहरुले वृद्ध भत्ता वितरण गर्ने बाहेक अरु कुनै कल्याणकारी काम गरेको पाइन्न । परिवारबाट परित्यक्त र अपहेलित जेष्ठ नागरिकहरुलाई सम्मानजनक ढंगले परिवारमा पुनस्र्थापित गर्ने र वेसहारा जेष्ठ नागरिकहरुलाई आश्रय दिने र हेरचाह गर्ने सरकारहरुबाट हुन सकेको छैन । परिवारको सदस्य, हकवाला वा नातेदारले पालनपोषण तथा हेरचाह नगरेका वा हेरचाह गर्ने कोही नभई अलपत्र अवस्थामा रहेका जेष्ठ नागरिकलाई स्थानीय सरकारले हेरचाह केन्द्रमा राखी पालपोषण र हेरचाह गर्नुपर्ने कानूनी व्यवस्था भएपनि पालिकाहरुले यस्तो काम गर्ने तत्परता देखाएका छैनन् । जेष्ठ नागरिक सम्बन्धी ऐनले जेष्ठ नागरिकलाई अपमान गर्न र गराउन नहुने (दफा ८ ख), सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्नु गराउनु पर्ने (दफा ९), सार्वजनिक यातायात र नेपाल सरकारले तोकेको स्वास्थ्य संस्थामा लाग्ने भाडा र शुल्कमा ५० प्रतिशत छुट दिनुपर्ने, कानूनी सहायता प्राप्त हुने तथा मुद्दा मामिलामा प्राथमिकता दिनुपर्ने (दफा १०), स्थानीय सरकारले जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्न सक्ने (दफा २० क) जस्ता कानूनी व्यवस्थाहरु कडाइका साथ लागू गर्न नसक्दा जेष्ठ नागरिकहरु परिवार र सरकार दुबैबाट असहाय बन्न बाध्य छन् ।

जेष्ठ नागरिकहरु समाजका अमूल्य निधि हुन् । उनीहरुको मेहनत बल र बुद्धिले गर्दा समाज वर्तमान अवस्थामा आउन सम्भव भएको हो । उनीहरुले वृद्धावस्थामा आइपुग्दा परिवार, समाज र राष्ट्रलाई ठुलो योगदान गरेका छन् । सबै पक्षले उनीहरुको योगदानको कदर गर्नैपर्छ । जेष्ठ नागरिक असंख्य ज्ञान, सिप, संस्कारका भण्डार हुन । उनीहरुलाई उपेक्षा गर्नाले ती ज्ञान, सिप, संस्कार र व्यवहार पछिल्लो पुस्ता र समाजले उपयोग गर्न नपाई नाश हँुदै गएका छन् । जेष्ठ नागरिकहरुको सम्मान र हेरचाह गर्नु भनेको मानवीय कर्तब्य पूरा गर्नु नभई आफैलाई सम्मान गर्नु र आफ्नो सिप र क्षमतालाई बढाउने अवसर पाउनु पनि हो । त्यसैले वृद्धहरुको सामाजिक कल्याण र सम्मानको लागि राज्य संवेदनशील हुनै पर्छ । त्यो भन्दा पनि परिवार नै उनीहरुप्रति बढी जिम्मेवार हुनु पर्छ । सीमित स्वार्थ र आधुनिकताको नाममा वृद्धहरुलाई उपेक्षा गर्नु भनेको आफ्नो लागि आफै खाडल खन्नु हो । कसैले पनि यो मुर्खता नगर्नु नै बेश हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?