ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

इन्धनमा भारी मूल्य वृद्धिले तात्यो सामाजिक सञ्जालः प्रधानमन्त्रीप्रति आक्रोश

फिर्ता नभए सशक्त आन्दोलनको चेतावनी
१४ आश्विन २०८०, आइतबार
१४ आश्विन २०८०, आइतबार

बुटवल, १४ असोज ।

दसैंको मुखमा खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि सहित अन्य इन्धनको मूल्य वृद्धिको चौतर्फी विरोध भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २१ सय १० रुपैयाँ पुगेको छ ।

खासगरी खाना पकाउने ग्यासमा एकैपटक भारी मूल्य बृद्धि भएपछि आम सर्वसाधारणको दैनिकीमा असर परेपछि आम नागरिक सरकारप्रति रुष्ट भएका छन् । आयल निगमले मूल्य बृद्धि गरेपछि यसको विरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने आवाज उठेको छ । सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांश विचार मूल्यबृद्धिको विरोधमा आन्दोलन गर्नुपर्ने देखिन्छ । कतिपयले विगतमा दुई चार रुपैयां मुल्य बृद्धि हुंदा तुरुन्तै सडक आन्दोलन गर्ने विद्यार्थी र युवा संगठनहरु अहिले कुन दुलोमा छन् भनेर प्रश्न समेत गरेका छन् ।

चर्को मूल्यबृद्धि प्रति आक्रोश पोख्दै सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादी रुपन्देहीका नेता लोकनाथ पन्थीले प्रचण्ड नेतृत्वको सरकारलाई ‘बाहिर सर्वहारा भित्र कैंचीमारा पापी सरकार भनेका छन् ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाले प्रधानमन्त्रीको आफन्तको नाउँमा ग्यास कम्पनी भएपछि यस्तो अति मुल्यवृद्धि र उपभोक्ता लूट स्वाभाविक मान्नुपर्ने भो, सरकार र ब्यापारी बीच फरक छुट्टाउन सकिएन भनेका छन् । उनले “ग्यास र पेट्रोलको मुल्यवृद्धि तत्काल फिर्ता नगरिए सरकारको हालत के हुन्छ राम्रोसँग बुझे हुन्छ” भन्दै चेतावनी दिएका छन् ।
बानियाले ग्यासको मुल्यवृद्धिमा भएको घोटालाबारे बोलिदिने कोही छ भन्दै बुंदागतरुपमा थप लेखेका छन् ः
१. नेपाल ग्यासको मात्रै भण्डार क्षमता काठमाडौंमा १ हजार मेट्रिक टन र उपत्यका बाहिर चितवन, बर्दिबास, बांके आदिमा २५ हजार मेट्रिक टन भन्दा बढी छ, पहिले र अहिले पुरा भण्डारण गर्न लगाएर एकमहिनाभित्र प्रतिसिलिन्डर रु ४५० मुल्यवृद्धि गरिएको छ ।
२. गत भदौ १४ मा ग्यासको प्रतिसिलिन्डर रु १६ सय ६० बाट १८ सय ९५ पुर्याएर मुल्यवृद्धि गरियो । १ महिना नपुग्दै रु २१ सय १० कायम गर्दै रु ४५० प्रति सिलिन्डर मुल्यवृद्धि गरियो ।
३. ग्यासमा पारिवारिक ब्यवसाय प्रवद्र्धनका लागि राज्यसत्ताको दुरुपयोग गरिएको छ , भण्डारण गरेर, गर्न लगाएर रातारात खर्बौ रकम उपभोक्ताबाट लूट गरिएको छ ।
४. देशमा संसद छ कि छैन ? नागरिकको लागि बोल्ने कोही छ कि छैन ? लूट उपर छानबिन गर्ने कोही छ कि छैन ? भए छानबिन गर्न र मूल्यवृद्धि फिर्ता गर्न अनुरोध छ । सहयोग गर्न हामी तयार छौं ।
बानियाको दावी अनुसार नेपाल ग्यास प्रधानमन्त्री प्रचण्डका आफन्त (भान्जा) को गोकुल भण्डारीको हो ।
रुपन्देहीका अग्रज पत्रकार डिआर घिमिरेले २६ अगस्तमा राखेको स्टाटस सम्झंदै हिजो गरिएको मूल्य वृद्धिको तादाम्यता भन्दै यस्तो लेखेका छन् ः ‘प्रधानमन्त्री पुष्पकमल दाहालका भान्जा गोकुल भण्डारीको नाममा नेपाल ग्यासको १६ प्रतिशत शेयर प्राप्त गरेको सूचना बाहिर आएको छ । यसवारेमा सिआईवीलाई सूचना प्राप्त भएर पनि छानविन गर्न हिच्किचाई रहेको छ । यसको सत्यतथ्य वाहिर आओस् । केही अर्ब रुपैयांको परियोजना भएकोले आफै लगानी गरेको भए पनि त्यसको श्रोत पहिचान त हुनुपर्ने हो । डाक्टर प्रकाशचन्द्र लोहनीले केही दिन अघि सामाजिक सञ्जालमा राखेको स्टाटस अनुसार सन् २०२० मा स्वीस ब्यांकमा नेपालको पैसा करिव ४७ अरव पुगेको छ । यस्को नसो कही जोडिएको त छैन ?’

विप्लव नेतृत्वको नेकपाका युवा नेता विरेन्द्र विकले अचाक्ली मूल्यबृद्धि विरुद्ध सबै दल, दलका भातृ संगठनहरु एक भएर निर्णायक आन्दोलन गर्नुपर्ने बेला आएको बताएका छन् । इन्धन मात्र नभई खाद्यान्न, तरकारी लगायत उपभोग्य वस्तुमा मनपरी मूल्य बृद्धि हुंदा पनि प्रतिपक्षी दल र उसका भातृ संगठनहरु चुप लागेर बस्नु विडम्बना भएको विकले औंल्याए ।
उनले मुल्यबृद्धिको प्रभावकारी अनुगमन र कालोबजारी गर्नेलाई कारवाही नहुंदा मनपरी मूल्य बढाएर उपभोक्तामाथि ज्यादती भइरहेको हुंदा आफ्नो पार्टीले महंगीविरुद्ध निर्णायक आन्दोलन गर्ने दावी गरे ।

देवदहका प्रशान्त गैरेले एकैपटक खाना पकाउने ग्यासमा २१५ रुपैयां वृद्धि गर्नु आयल निगमको डकैती हो भनेका छन् । बुटवलका सुदीप खत्रीले न्यायप्रेमी जनाताहरु अब २०६२–६३ को जनआन्दोलनमा जस्तै मूल्यबृद्धिविरुद्ध सडकमा उत्रिनुपर्ने बेला आएको भन्दै आन्दोलनका लागि अपिल गरेका छन् ।

दाङका नागरिक अगुवा केबी मसालले पेशाको लागि मात्र होइन अब महंगीका बिरुद्ध पनि आम नागरिकहरु सडकमा आउन पर्दछ, बिपन्न नागरिक बांच्नै नसक्ने अवस्था भयो लेखेका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीका उपसभापति दिपक घिमिरेले फेसबुकमा जब सरकार जनताको हुंदैन हुने यस्तै हो, दशैंको मुखमा महङ्गी बढाएर जनताको ढाड सेक्ने सरकार मुर्दावाद, यस्ता सरकार चाहिदैन, जनता मार्न पाईदैन लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?