ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

जेष्ठ नागरिकलाई सम्मानको खाँचो

१४ आश्विन २०८०, आइतबार
१४ आश्विन २०८०, आइतबार

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस हरेक वर्षको अक्टोबर १ तारिखमा विश्वभर मनाउने गरिएको छ । नेपालमा पनि यो दिवस आईतवार मनाईदैछ । पछिल्लोसमय बृद्धहरूप्रति दुव्र्यवहार बढ्दै गएको छ । आफ्नै परिवारबाट पनि बृद्धहरू तिरस्कृत हुँदै आएका छन । निश्चितरूपमा बृद्धहरू ज्ञानका खानी हुन । उनीहरूको सीप भावी पुस्ताका लागि प्रेरणाको श्रोत हो । उनीहरूप्रतिको सम्मानले नै संस्कारजन्य समाजको निर्माण हुन सक्छ । ज्येष्ठ नागरिक हाम्रा समाजका उपल्लो दर्जाका आदर्श हुन । आजको पुस्ताले बृद्धहरूबाट परम्परागत सीपको संरक्षण र अनुसरण गर्नु आवश्यक छ । हाम्रा पूर्वज असंख्य ज्ञान र सीपका खानी हुन । तिनको ज्ञान र सीप हामी र हामी सन्ततीको जीवन अघि बढाउन महत्वपूर्ण छन ।

नेपालमा राष्ट्रिय जनगणना २०७८ अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको संख्या १२ प्रतिशत अर्थात करिव २५ लाखको हाराहारीमा रहेको अनुमान छ । यसमध्ये ५ प्रतिशत पारिवारिक कलहबाट ग्रसित तथा सहाराविहीन छन् । रोग, भोक र शोकमा डुबेर अनि पारिवारिक बुहार्तन सहेर नै ती बृद्धबृद्धाहरूको देहलीला समाप्त हुने गरेको छ । यो तथ्याँकले समयक्रमसंगै बढ्दो गरिबी र पश्चिमी सभ्यताको प्रभावले नेपाली सामाजिक संस्कारहरूमा क्रमशः विचलन आउंदै गरेको देखाउँदैछ । जसको प्रभावको प्रत्यक्ष असर बृद्ध बृद्धाहरूप्रति गरिने कर्तव्यमा क्रमशः विमुखता हुंदैछ । जेष्ठ नागरिकहरू घरमा सम्मानित भएर होइन, बृद्ध आश्रममा मृत्यु पर्खेर बस्न विवस छन । वृद्धहरू क्रमशः उपेक्षित जीवनयापन गर्नुपर्ने स्थिति पनि देखिंदैछ । नेपाली सामाजिक मूल्य, मान्यता र धार्मिक आस्थामा पनि बृद्धहरूलाई आदर, सम्मान र सेवा गर्नुपर्ने तथ्य प्रचलित छन् तर, आजको हाम्रो समाज र संस्कार बिचलित र उद्वेलित बन्दै गएको छ ।

ज्येष्ठ नागरिक सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षालगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुविधाबाट वञ्चित रहेको देखिएको छ । उनीहरू अन्य समूहको तुलनामा पीडित, कुण्ठित र दयनीय अवस्थामा छन । ज्येष्ठ नागरिकको रेखदेख र सहयोग गर्ने व्यक्तिको अभाव घरभित्रै पनि खड्कदो छ भने भएकामा पनि वृद्धावस्था व्यवस्थापनको सीप एवं अनुभवको अभाव छ । गाउँबाट सहर, सहरबाट विदेशमा हुँदै बसाइँसराइ र बढ्दो वैदेशिक रोजगारीका कारण ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषणमा चुनौती थपिदै गएको छ । ज्येष्ठ नागरिक उमेरजन्य अपहेलनाको सिकार हुने गरेका छन् । यस्तो अवस्थामा घरपरिवार, छरछिमेक, समाजबाट अपहेलित भई चुपचाप सहनु, एक्लै टोलाउनु, एकान्तमा तपतप आँसु चुहाउनु र चाँडो मृत्युको कामना गर्नुपर्ने स्थिति आउँछ । उमेरजन्य विभेद अन्त्यको यात्राका लागि प्रत्येक अस्पतालमा ज्येष्ठ नागरिकको उपचारको विज्ञ चिकित्सक, उपकरण, वार्ड र बेडको व्यवस्था गर्नुपर्छ । बृद्धहरू अनेकखाले जोखिमबाट प्रभावित छन । उनीहरूलाई जोखिमबाट टाढै राख्न सकियो भने उनीहरूप्रति साँचो सम्मान हुनेछ । इतिहास विर्सने हाम्रो बानी र विगतबाट पाठ नसिक्ने हाम्रो समाजलाई संस्कार दिन अव सरकारको ध्यान जानु जरुरी छ । दिवस मनाएरमात्र जेष्ठ नागरिकप्रतिको कर्तव्य पूरा हुँदैन । उनीहरूलाई माया र सम्मानको उत्तिकै खाँचो छ । सरकारले पनि जेष्ठ नागरिक सम्मानको वातावरण बनाउनु जरुरी छ । राज्यले पनि जेष्ठ नागरिकहरूको सेवामा ध्यान दिनु जरुरी छ । जेष्ठ नागरिकको सम्मान गर्न सकिएन भने भोलीको पुस्ताले समेत आफ्नो दायित्व र कर्तब्य बिर्सने छ । अतः बृद्ध बृद्धाप्रतिको सम्मान प्रत्येक घर परिवारबाट सुरु गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?