ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

किन गरिन्छ पितृहरुको लागि श्राद्ध कर्म ?

१३ आश्विन २०८०, शनिबार
१३ आश्विन २०८०, शनिबार

श्रद्धास्वरुप गरिने क्रिया नै श्राद्ध हो । विशेषगरी पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्ने उद्देश्यले प्रेरित भइ गरिने कार्यका रूपमा श्राद्ध शब्दको प्रयोग गरिंदै आएको पाइन्छ । जीवित हुँदा मातापिताप्रति सेवा गर्नुलाई हरेक सन्तानको कर्तव्य मानिएको छ भने उनीहरूको मृत्यु भएपछि दाहसंस्कार आदि क्रिया गर्नु एवं पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि सन्तानको परम कर्तव्य मानिएको छ ।

परलोकमा विश्वास राख्ने आध्यात्मिक स्वभावका व्यक्तिहरू अर्थात् सनातनीहरुले संसारको प्राचीन ग्रन्थ ऋग्वेद नै मान्दछन् । ऋग्वेदका अनुसार पूर्वजहरूलाई श्रद्धापूर्वक सम्झन अर्थात् श्राद्ध गर्न जुनसुकै धार्मिक सम्प्रदायलाई रोकावट छैन । विष्णुपुराण, नृसिंहपुराण, गरुडपुराण आदिले पनि ऋग्वेदको अनुसरण गरेको पाइन्छ । श्राद्धको निमित्त इच्छा, भक्ति, श्रद्धा र स्मरणलाई अनिवार्य मानिएको छ । पिता–माताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त हुने हुँदा उनीहरूको निमित्त श्रद्धास्वरुप कर्म गर्नुपर्ने निर्देश वैदिक हिन्दु सनातनी धर्मले दिएको छ । अथर्ववेदमा पृथ्वी, अन्तरिक्ष र देवलोक(स्वर्ग) यी तिनै लोकमा पितृको निवास हुन्छ भनेर बताइएको छ । श्राद्धको फलबाट देवलोकमा पितृहरू अनन्त कालसम्म रहन्छन् र सुख भोग गर्न पाउँछन् भन्ने कुरा हाम्रो प्राचीन ग्रन्थ वेदमा स्पष्ट रुपमा उल्लेख समेत गरिएको छ । ‘पितृणां लोकमपि गच्छन्तु ये मृताः’ (अथर्ववेद १२।२।४५) अर्थात् जो मरेका छन् तिनीहरु पितृलोक जाऊन् भन्ने कामना गरिएको हुन्छ । साथै मृत्युपश्चात् पितृयोनिमा प्रविष्ट हुन सकून् भन्ने इच्छा पनि हामीले राखेका हुन्छौँ ।

विशेषगरी औँसी (आमावश्या) तिथिलाई पितृहरुको तिथि र पितृहरुको भोजन गर्ने दिन मानिन्छ भने प्रत्येक वर्षको आश्विन कृष्णपक्षलाई पितृपक्ष ठानेर सोह्र दिनसम्म पितृहरुको महापर्व मनाइन्छ । मनुष्यको एक महिना पितृहरुका लागि एक अहोरात्र मानिने र औँसीका दिनलाई पितृहरुको हाम्रो दैनिक भोजनकाल जस्तै ठानिएको हो । पर्वमा वा पक्षभर हुने श्राद्ध भएका कारण आश्विन कृष्णपक्षमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिएको हो । पितृपक्षमा श्रद्धापुर्वक गरिने पूजापाठ, दान, तर्पण, संकल्प, व्राह्मण भोजन आदि कार्यबाट पितृहरु खुसी भएर उनीहरुले सन्तानलाई आशिर्वाद दिन्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ ।

श्राद्धमा श्रद्धासँग दिइएका वस्तुले, पितृहरुका लागि अनन्त कालसम्म अक्षय तृप्ति प्रदान गर्दछ । हाम्रा पितृहरु शुद्धकर्मका कारण देवता बनेका छन् भने हामीले श्राद्धमा दिएको अन्न अमृतमा परिणत हुन्छ । गन्धर्व बनेका छन् भने श्राद्धको अन्न भोगका रुपमा प्राप्त हुन्छ । पशु बनेका छन् भने तृण अर्थात् घाँसका रुपमा परिणत हुन्छ । वायुभक्षी नागयोनिमा पुगेको भए वायु रुपमा, राक्षस बनेका छन् भने अभक्ष्य पदार्थका रुपमा, दानव बनेका छन् भने मासुका रुपमा, प्रेत बनेका छन् भने रगतका रुपमा र मान्छे बनेका छन् भने श्राद्धमा दिइएको अन्न भोगका रुपमा परिणत भएर हाम्रा पितृहरुलाई तृप्त गर्दछ भन्ने भनाइ पनि रहेको छ । वैदिक ग्रन्थहरुमा विशेषगरी अग्न्याधान, अग्निहोत्र, दर्शपूर्णमास, चातुर्मास्य, निरूढपशुबन्ध, अग्निष्टोम सोमयाग, वाजपेय, राजसूय, अश्वमेध इत्यादि यज्ञहरूको विधि बताइएको छ र साथसाथै श्राद्धको विधान पनि उल्लेख गरिएको पाइन्छ । श्रौत अग्न्याधान गरेका व्यक्तिले दर्शयाग गर्दा अघिल्लो दिन औँसीमा अपराह्णमा पितृलाई उद्देश गरी पिण्डपितृयज्ञ गरेर भोलिपल्ट दर्शयाग गर्नू भन्ने वेदको विधानसमेत रहेको छ । यही पिण्डपितृयज्ञ नै श्राद्धकर्मको मूल वैदिक स्रोत पनि हो ।

भाद्र शुक्लपूर्णिमादेखि आश्विन कृष्णपक्षको आमावश्यासम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । कसैकसैले सोह्र दिनको गणना गर्दा आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन् । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत स्पष्ट पारिएको छ । आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भनिन्छ । एक पक्षमा १५ दिन हुन्छन् तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठ्न सक्छ । खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूणिर्माको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो ।

पछिल्लो समय आफ्नो सनातन संस्कार, मातृभूमि, जाति, धर्म, संस्कृति, दर्शन, रीतिस्थिति, भेषभूषा, आचारसंहिता, खानपान इत्यादिका हाम्रा महत्वपूर्ण मूल्यमान्यतालाई आदर गर्ने, संरक्षण एवं सम्बद्र्धन गर्ने र तिनमा गौरवानुभूति गर्ने व्यक्ति क्रमशः कम हुँदै गएको पाइन्छ । आफ्नो संस्कारलाई समाप्त गर्दै अरुको धर्म र संस्कारलाई अनुशरण गर्दै जानु भनेको आफ्नो पहिचानलाई पनि गुमाउनु हो । हामीले संस्कारभित्र सदाचार, शुद्धता, पवित्रता, इमान्दारिता, निष्ठा, कर्तव्य, इमानदारिता मुख्य रुपमा पर्दछन् । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?