ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

व्यवसायीको मनपरी : छोटो दूरीमा पनि लामो दूरीकै भाडा

भाडाका विषयमा उत्पन्न समस्या समाधान गर्ने जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, ट्राफिक प्रहरीहरु हुन् । यातायात भाडा दर निर्धारण गर्दा व्यबसायीविच समन्वय भएपछि बल्ल सार्वजनिक भाडा दर कायम हुनुपर्ने हो, हालसम्म यस विषयमा जिल्ला स्तरमा कुनै पक्षबाट छलफल समेत भएको छैन ।
१३ आश्विन २०८०, शनिबार
१३ आश्विन २०८०, शनिबार

पाल्पा १३ असोज ।

रामपुर नगरको विजयपुरबाट निस्दी गाउँपालिकाको राहुवन पुगेकी कमला कार्कीले आफु सवार जिपको भाडा वापत दुई सय रुपैयाँ बुझाउँदा मनै खिन्न बनाइन् । उत्तर दक्षिण लोकमार्ग कालीगण्डकी करिडोरमा सञ्चालित सवारी साधनको चर्काे भाडा भएको कारण कार्की जस्ता सयौ व्यक्ति मर्कामा परेका छन् । कालेपत्रे भएको सडक रामपुरदेखि राहुवन गाउँसम्म १४ किलोमिटर दूरीमा रहेको छ ।

छोटो दूरीमा भाडा बढी भयो भनेर गुनासो गर्ने ठाउँ नभएर यातायात व्यबसायीले आफु खुसी भाडा कायम गर्दै आएको स्थानीय वोधराज पाण्डे बताउँछन् । भाडाका विषयमा स्थानीय प्रहरी प्रशासन, सरकार कहीं कतैबाट निगरानी हुन नसक्दा कच्ची सडकमा गुड्दा कायम भएको भाडा दरलाई कालोपत्रे हुँदा सम्म कायम भएका कारण भाडा कम नभएको हो ।

यस खण्डमा गुड्ने जिपको भाडा चर्काे छ । यस सडक खण्डमा रामपुर यातायात समितिसंगै, पोखरा, गैडाकोट, कावासोती, भिमादका यातायात व्यबसायी समितिद्वारा संचालित जिपहरु दैनिक ५० भन्दा बढी संचालन हँुदै आएका छन् । “राहुवन पूर्वी पाल्पाको अन्तिम सिमाना हो, विकासका हिसावले पछाडी परेकोले पाल्पाको कर्णाली भन्ने गरिन्छ”– स्थानीय लक्ष्मी थापा बताउँछिन् ।

यस्ता समस्या समाधानका लागि नियम तथा अनुगमन गर्ने जिम्मेवारी पाएको निकाय जिल्ला समन्वय समिति हो तर हाल सम्म जनतालाई प्रत्यक्ष रुपमा मर्का परेको सवारी साधनको भाडा दरको विषय भएपनि समिति वेखवर भएको स्थानीयहरुको गुनासो रहेको छ । सार्वजनिक यातायातका सवालमा यस खण्डमा मात्र होइन, जिल्लाका अन्य कच्ची सडकमा समेत संचालित यातायात व्यबसायीहरुले आफुखुसी भाडा उठाउँदै आएका छन् ।

निस्दी गाउँपालिकाको केन्द्र मित्यालबाट रामपुर १८ किलोमिटरको दूरीमा रहेको छ । १२ किलोमिटर खण्ड ग्रावेल भएको छ भने वाँकी कालोपत्रे सडक पर्दछ । तर यातायात व्यबसायीले निस्दीबाट रामपुर सम्म ३ सय रुपैयाँ भाडा उठाउँदै आएका छन् । सार्वजनिक यातायातको भाडा दर कसले निर्धारण गर्ने हो ? यहाँ यातायात व्यवसायीले आफुखुसी भाडा उठाउँदै आएको स्थानीय सरकारका वडा सदस्यहरुले गुनासो गरेका छन् । भाडाका विषयमा उत्पन्न समस्या समाधान गर्ने जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, ट्राफिक प्रहरीहरु हुन् । यातायात भाडा दर निर्धारण गर्दा व्यबसायीविच समन्वय भएपछि बल्ल सार्वजनिक भाडा दर कायम हुनुपर्ने हो, हालसम्म यस विषयमा जिल्ला स्तरमा कुनै पक्षबाट छलफल समेत भएको छैन ।

ट्राफिक प्रहरीले यस्ता सडकमा उभिएर गाडीको कागजपत्र, छतमा यात्रु राखेको नराखेको विषयमा मात्र निगरानी गर्दछन्, तर भाडा कति हुनु पर्दथ्यो कति उठाउँदै आएका छन् भन्ने विषयमा वास्ता गरेको पाइँदैन । भाडाका विषयमा प्रहरीको समेत वास्ता नहँदा प्रहरी समेत व्यबसायी संग मिलेमोतो गरेको आशंका स्थानीयहरुले गरेका छन् ।

भाडामा मनपरी हुँदा अव चाडपर्व लाग्यो, यात्रुको झोलाको समेत सिटमा बसेका यात्रुहरुको बराबर भाडा तिर्नु पर्ने हुन्छ, समस्या यहाँ पनि छ । यातायात व्यबसायीले इन्धनको मूल्य बृद्धि संगै पार्टपुर्जाको समेत मूल्य आकासियो भन्दै आफु खुसी भाडा उठाउँदै आएका छन् ।

समस्या पुर्वी क्षेत्रका सडकमा मात्र होइन, पश्चिम क्षेत्रका ग्रामीण सडकमा समेत सदियौदेखि मनै अमिलो हुने गरी यात्रु संग यातायात व्यबसायीहरुले भाडा उठाउँदै आएको स्थानीयहरुको गुनासो रहेको छ । डेढ दशक अगााडि तत्कालीन जिल्ला प्राविधक कार्यालय पाल्पाको अगुवाईमा भएको भाडादर बर्गीकरणपछि अधिकांश सडकहरु स्तरोन्नती भएपनि भाडादर भने कच्ची सडककै रहेको छ ।

गतबर्ष जिल्ला समन्वय समितिले तानसेन नगरको बाँसटारीदेखि दमकडा हुँदै माथागढी गाउँपालिकाको कसेनी–रुप्से सडक खण्डमा गुड्ने अटो रिक्साको भाडादर कायम गरेको निर्णय एक बर्ष सम्म पनि कार्यान्वयन हुन नसकेको स्थानीयहरुको गुनासो रहेको छ । यस क्षेत्रमा सार्वजनिक यातायात मध्ये वस, जिपको भाडा दर कम भएपनि अटोरिक्साले मनपरी रुपमा भाडा उठाउँदै आएका छन् ।

प्रहरी प्रशासन भन्दा जनताका प्रतिनिधि नै यस्ता विषयमा जिम्मेवार बन्नु पर्ने हो । तर जनप्रतिनिधिहरुले यस्ता विषयमा ध्यान दिएका छैनन् । जनप्रतिनिधिहरु सरकारी साधनमा सरर हिंड्छन् गरिव तथा विपन्न बर्गका समुदायले यात्रा गर्ने सार्वजनिक यातायात प्रति ध्यान नदिनु दुःखद पक्ष भएको स्थानीयहरुको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?