ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

परीक्षामा कम नम्बर ल्याएको भन्दै निर्घात कुटपिट

१३ आश्विन २०८०, शनिबार
१३ आश्विन २०८०, शनिबार

चन्द्रौटा (कपिलवस्तु), १३ असोज । कपिलवस्तुको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा एक बालिका मााथि कुटपिट भएको छ । विद्यालयमा प्रतिस्पर्धा गराउने क्रममा आन्तिरक जाँच लिँदा कम नम्बर ल्याएको भन्दै गत बुधबार करिब १२ बजे कक्षा ६ मा अध्ययनरत ११ बर्षिय ज्योति थारुलाई कुटिपिट भएको हो ।

उनी प्रतिस्पर्धाकै क्रममा कम नम्बर ल्याएकै कारण आफू आफ्नै साथीहरूबाट चुटाइ खाएको बताउँछिन् । “अरू बेला अंक ल्याउँथे त्यो दिन कम नम्बर ल्याउँदा सँगै पढने केटा साथीबाट पिटाइ पाएको” विद्यार्थी थारु भनिन् । ज्योति थारुको अभिभावक भन्छन्– “शिक्षाको सिकाई प्रणाली सुधार गर्न आवश्यक छ । विद्यार्थीलाई सिकाउँदा डर देखाउने गरी शिक्षकले पिटे केही हुन्थेन्, तर सिकाईको नाममा विद्यार्थीलाई घाइते हुने गरी कुट्ने कहाँ सम्मको जायज हो ।”

जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ३ स्थिति सो विद्यालय पछिल्लो समय विवादै विवादले चुलिएको पाइएको छ । विद्यालयले २०८० बैशाख ११ गते शिक्षक आवश्यकताको विज्ञापान खुलाएको थियो । गत जेठ ३२ गते लिखित परीक्षा लिएको भए पनि अहिले सम्म नतिजा प्रकाशित गरेको छैन । शैक्षिक सत्र सुरु भएपछि राहत दरबन्दीका तीन शिक्षक नियुक्त नहुँदा पठनपाठामा समस्या भएको भन्दै अभिभावकहरूले केहि महिना अघि विद्यालयमा तालाबन्दी समेत गरेका थिए ।
स्थानियले यथासिघ्र शिक्षक नियुक्ती गर्नुे माग राख्दै पटक पटक विद्यालय, नगरपालिका लगायत सम्बधित निकायमा धाउनगरेका एक स्थानियले बताए । गत भदौ १८ गते ६२ जना अभिभावकले हस्तक्षर गरेको ज्ञापन पत्र समेत नगरपालिका बुझाउँदा समेत सुनवाइ नभएको उनीहरूको गुनासो छ ।

शिक्षक नियुक्ति नगरेपछि प्रअ कक्षमा तालावन्दी
राहत कोटाअन्तर्गत उच्च मावि तहको लेखा र माध्यमिक तहको अंग्रेजी र गणित विषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या देखिएको छ । नतिजा सार्वजनिक गर्न स्थानीय पटक पटक विद्यालयमा डेलिकेशन जाने गरेको भए पनि प्रअ बाबुराम थारुले यस प्रति कुनै ध्यान नदिएको अभिभावकले आरोप लगाएका छन् । उत्तर पुस्तिका परीक्षण गरेर नजिता प्रकाशन गर्ने बेला दाँत दुख्यो भन्दै भागेका अध्यक्षलाई लिन गएका विद्यालयका प्रअ थारु सम्पर्क बिहीन भएपछि पालिका र विषय विज्ञले मुचुल्का उठाएर ईलाका प्रहरी कार्यालय गोरुसिंगेलाई उत्तर पुस्तिका बुझाइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पाण्डे र विद्यालयका प्रअ बाबुराम थारुले आफूले चाहेका मान्छे नभए पछि नतिजा प्रकाशन गर्न नचाहेको अभिभावकको आरोप रहेको छ । यता अध्यक्ष पाण्डेले भने परिक्षामा धाधली भएकाले नतिजा प्रकाशित नगरेको बताएका थिए । आफूले कुनै मान्छे चाहेको नभएर योग्य मान्छे नै आउनु पर्ने उनको तर्क थियो ।

यता विद्यालय प्रधाननध्यापक बाबुराम थारुले आफ्नो शिक्षकले गल्ती गरेको स्वीकार गरेका छन् । विद्यार्थीलाई त्यसरी कुटाउन नहुने बताउँदै आगामी समयमा यस्ता खालका कमिकजोरी सुधार गरेर अघि बढ्ने प्रतिबद्धता समेत उनले जाहेर गरे । शिक्षक नियुक्तको सवालमा आफूले पटकपटक व्यवस्थापन समितिलाई प्रक्रिया अघि बढाउन झकझक्याइरहेको बताए ।

बुद्धभूमि नगरापालिका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले बालिका कुटपिट भएको विषय आफू जानकारी रहेको बताए । शिक्षक नियुक्तीमा ढिलाई भएको बताउँदै केहि समय आफू केहि साता विदामा रहेको जानकारी दिए । व्यवस्थापन समिति सक्रिय हुनुपर्ने जनाउँदै नगरपालिकाबाट पत्राचार गरेको उनले जिकिर गरे । विद्यालयमा विषय विज्ञ कमिटि गठन गर्नुपर्नेमा उच्चस्तरिय कमिटि गठन भएका त्यसलाई सच्याउन नगरपालिकामा पुन ः बैठक बसेर परिपत्र गर्ने उनको भनाई छ । पालिकामा परिक्षामा धाधली भएको र छानबिनका लागि पत्र आएकाले विज्ञ टोलीले प्रश्न काट्ने र चेकजाच गर्ने भएकाले टोलीलाई नै राखेर विज्ञ टोलीको रोहबरमा निर्णय गर्ने प्रमुख भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?