ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

थानकोटबाट झर्दै गर्दा

१३ आश्विन २०८०, शनिबार
१३ आश्विन २०८०, शनिबार
तिमीले मलाई कहिल्यै
आफूजस्तै मान्छे देखेनौ
देख्यौ त मेरो चमडीको कालो रङ मात्रै देख्यौ
तिमीले मेरो दिलको धड्कन सुनेनौ
सुन्यौ त मेरो देहाती लवज मात्रै सुन्यौ
ए राजधानी !
तिम्रो सामने
म हुने छैन अब
काँधमा
अमृतजस्तै मौध
र घीको डब्बा झुण्डयाएर
तिम्रो घर घर डुलिहिँड्ने
म हुने छैन
टाउकोमा
हरियर सब्जी
र पीयर फलको टोकरी बोकेर
तिम्रा गलीहरुमा घुमिहिँड्ने
म हुने छैन
साइकलमा
लोहाक टुकडा
र पुरान अखबारको बण्डल लादेर
खाली बोतलको दर–रेटमा
दू–चार आनाको हिसाब गर्दै
तिम्रा टोलहरुमा चक्कर लगाइहिँड्ने
म हुने छैन
म हुने छैन
तिम्रो अहङ्कारको धरहरा खडा गर्न
पुरेर आफ्नै भविष्य
असंख्य इमारतहरूको जग खोदिरहेको
तोडेर आफ्नै पसलीक हड्डी
सरियाको जाल बुनिरहेको
म हुने छैन
केवल माथ र पैर भित्र
आधा देह दरबज्जा बाहिर निकालेर
चक्रपथको जाममा
पुरान माइक्रोबसभित्र लटकिइरहेको
धूल–धुआको कोहराबाट होइन
विखालु तिम्रा नजरबाट बच्न
गमछाले छोपेर चेहरा
तिम्रो मनजस्तै पातर
र ठन्डा गलीहरूमा हिंडिरहेको
म हुने छैन
म हुने छैन
बिलकुल हुने छैन
पासपोरट बोकेर मेनपावर धाइरहेको
पुलिस रिकाडको फायल बोकेर
राहदानी आफिसमा लाइन लागिरहेको
तिम्रा खातिर
स्वप्न–मेलम्चीको पानी ल्याउन
सुरंग खोद्दा खोद्दै
सीतापाइलामा पुरिएर मर्ने
श्यामसुन्दर राय हुँ म
जुग जुगदेखि
केन्द्रीयताको भ्रम जमिरहेको
तिम्रो फोहर इनार सफा गर्दागर्दै
निस्सासिएर मर्ने
सन्तोष दास हुँ म
म–
एक ‘मस्र्या’
एक ‘भैया’
एक ‘धाेंती’
एक ‘देशी’
एक ‘मधेशी’
मरेकै हुँ बारबार
भट्टामा
सडकमा
सुरंगमा
इनारमा
जहाँ मरे पनि
तिम्रै लागि
मरेको हुँ म खुद
लेकिन गिरेन कहिल्यै मेरो लासमाथि
तिम्रो आँसुको एक बुँद
सिरियल हेरेर भने आँसु झार्ने
सात समुन्दरपारिको शोक बार्ने
तिम्रा लागि
किन कहिल्यै छापिन लायक भएन
गुमनाम मेरो मृत्युको खबर ?
किन पुगेन तिम्रो समवेदना
देहातको मेरो गाँवघर ?
तिम्रा लागि
म हुने छैन अब
जुलुसको लस्कर
क्रान्तिको गीत
छाती छाती र माथ माथमा
गोली खाएर ढल्ने सहिद
तिम्रा लागि
म हुने छैन अब
नदी तरेपछि फालिएको लाठी
बन्दुक बोक्दाबोक्दा थाकेको काँध
दूर देहातमा भत्किरहेको साँध
दुख्यो…
बहुतै
चित्
दुख्यो…
ए राजधानी !
तिम्रो सामने
म हुने छैन अब
अब त म
हिँड्नेछु आफ्नै बाटोमा
फर्किन्छु आफ्नै माटोमा
तिमीले दिएको सारा हिक्का र आँसु
तिमीसँग जोडिएका सारा रामकहानी
छोडिदिएको छु
तिम्रै अन्हार  डेरामा
फर्किनुअघि
आफ्नै दुखिया बसेरामा
छोडिदिएको छु–
रङ्गीचङ्गी तिम्रा सारा समृद्घि र वैभव
तिम्रा अनन्त उन्मादहरू
लेकिन लगिरहेछु थोडा थोडा
तिमीले नै दिएका
जखमका केही यादहरू
मेरो अथाह दुःखको गवाह
ए राजधानी !
छोडेर तिम्रो सरहद
मधेश एक्सप्रेसमा नीचाँक ढलान झरिरहँदा
म तिमीलाई नै याद गरिरहेछु
के तिमीलाई मेरो याद आउला ?
आयो भने मेरो याद
कति काल बाद आउला ?
प्रेमले पक्डेर एक अर्काको हाथ
तिमी र म
सँगसँगै हिंड्ने दिन
कति साल बाद आउला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?