ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’

आर्थिक मन्दीको प्रभाव न्यूनीकरण गर्न सरकारी क्षेत्र उदासिन भैरहेको बेलामा व्यवसायिक घरना र व्यवसायीहरूले भने करोड बढि लगानीका उद्योग, व्यवसायिक प्रतिष्ठान स्थापना गरेका छन् । जसले अर्थतन्त्र चलायमान हुने अपेक्षा लिइएको छ ।
१३ आश्विन २०८०, शनिबार
१३ आश्विन २०८०, शनिबार

बुटवल, १३ असोज । घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीमा अहिले पनि दर्ता भएका उद्योगहरू बन्द गर्नको लागि उद्योगीहरूले आवेदन दिने दिनप्रतिदिन नै छ । कतिपयले आर्थिक मन्दीको कारण व्यापार व्यवसाय घटेको भन्दै व्यवसायबाट पलायन भएको समेत बताउँदै आएका छन् । ‘अघोषित रूपमा भनिएको आर्थिक मन्दी’ को समयमा समेत यसलाई चुनौतिको रूपमा लिए कतिपय व्यवसायीहरूले भने ठूलो लगानीदेखि स–सानो लगानी पनि उद्योग व्यवसाय स्थापना तथा बिस्तारमा लागेका छन् ।

रूपन्देही जिल्लामा असाेज महिनाको १२ गते सम्ममा करोड बढि लगानीका उद्योगदेखि लिएर व्यवसायिक प्रतिष्ठान स्थापना भएका छन् । पछिल्लो समयमा रूपन्देहीको ४० करोड लागतमा वृज ग्लास उद्योग सञ्चालनमा आएको छ । केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले शुक्रबार देखि उत्पादन सुरु गरेको छ । रोहिणी गाउँपालिका वडा नम्बर–४ छिपागढमा उद्योगले अत्याधुनिक मेशीन जडान गरि उत्पादन सुरु गरेको हो ।

केडिया अर्गनाइजेसन देशमा प्रतिष्ठीत औद्योेगीक घराना हो । जसको १४ वटा भन्दा बढि ब्रान्डमा नेपाली उत्पादन भैरहेको छ । सिमेन्ट देखि बैंक सम्म, दूधदेखि ग्लास हाउस सम्मको उत्पादन यो समूहले गर्दै आएको हो । विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा लेमिनेटेड शिशा, टिन्ड शीशा, इन्सुलेटेड शीशा, रीफ्लेक्टिभ शीशा लगायत उपलब्ध गराउने अर्गनाइजेसनका प्रवन्ध निर्देशक उत्सव केडीयाले बताउँछन । उनले आर्थिक मन्दीको कारण समस्या भएको बेलामा मजदुरहरूको रोजगारीका लागि पनि यस्तो प्रकृतिको उद्योग स्थापना गरिएको जानकारी दिए ।
कम्पनीले आवासीय, व्यवसायिक, संस्थागत तथा औद्योगिक परियोजनाहरूको संरचनागत तथा सजावट आवश्यकताहरू पूर्ति गर्दै आइरहेको उनले बताए । “आफ्ना उत्पादनमार्फत सुन्दर र व्यवहारिक समाधान प्रदान गर्ने अटल प्रतिबद्धता लिएको वृज सेफ्टी ग्लास उद्योग नवप्रवर्तन र गुणस्तरको अग्रपङ्क्तिमा उभिएको छ । केडीयाले भने–‘वृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको छ ।’

 

कारखानामा नेपालमै सबैभन्दा ठूलो दैनिक १२ हजार वर्ग फीट सिसा उत्पादन गर्ने क्षमता रहेको उनले बताए । कम्पनीले त्रुटि र कमीको सम्भावना लगभग शून्य नै हुने गरि पूर्ण रूपमा कम्प्यूटराइज्ड र स्वचालित उत्पादन गरिरहेको केडीयाले बताए । कम्पनीका सबै उपकरणहरू यूरो मापदण्ड अनुसार रहेका छन । यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा ढुक्क हुन सकिने केडीयाको भनाइ छ । ४० करोडको लगानीमा उद्योग स्थापना भएको र यसमा २ सय बढीले रोजगारी पाएका छन । उद्योगको अध्यक्ष मनोज केडिया, निर्देशकहरू गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया रहेका छन । यस्तै प्रबन्ध निर्देशक सत्यम केडियाले रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने कम्पनीको प्रतिबद्धतालाई मूर्त रूपमा कार्यान्वयन गरि नेपालको उन्नतिमा योगदान पु¥याउन समर्पित रहेको बताए ।

यस्तै आर्थिक मन्दीको बेला व्यवसायीक योजनाको हिम्मत गरी व्यवसाय स्थापना गर्ने अर्को समूहको सिद्धार्थ भूमी समुह । राम प्रसाद घिमिरे, ब्यवसायीहरू रितेश सिलवाल र नारायण केसीको संयुक्त ६० करोड लगानीमा घर निर्माणमा आवश्यक पर्ने नेपालकै ठूलो निर्माण र ईन्टेरियर सामानको थोक बिक्री केन्द्रको शोरुम बिहीबार बाट मणिग्राममा सुरु भएको छ ।

आर्थिक मन्दीको समयमा पनि व्यवसायीहरूको हिम्मतले साथ दिएको बताएका छन् । विगत २५ वर्षदेखि फर्निचर, प्लाईउडको क्षेत्रमा अनुभवी रहेका तीन जनाले सञ्चालनमा ल्याएको सिद्धार्थ भुमी ग्रूप भित्र एउटै छानामुनी सबै निर्माण सामग्री उपलब्ध हुने सिद्धार्थ भूमी ग्रूप निर्देशक रितेश सिलवाल बताउँछन् । १ बिघा क्षेत्रफलमध्ये १४ हजार स्क्वायर फुटमा आकर्षक स्वरुम सहितको ईन्टेरियर नेपालकै ठुलो भएको दाबी उनको छ । यो समुहले काठमाडौं जडिबुटी र बुटवलको मिलनचोकमा सेवा शुभारम्भ गर्ने छ । निकट भविष्यमा ईटहरि र पोखरामा शाखा खोल्ने तयारी रहेको उनले बताए । एक सय जनालाई रोजगार दिन सफल भएको यो समुहको प्रयास पनि सह्रानीय रहेको बताइएको छ ।
यहि असोज महिनामा पनि डेढ करोड लगानीमा बुटवलमा फ्रेन्जाईजको रूपमा गणपति मिष्ठान्नको शुभारभ गर्ने अर्का व्यवसायी हुन मेघदेव पन्त । सैनामैनामा कृषि फार्म चलाएका उनले एक दर्जन बढिलाई रोजगार दिने गरी यो फेन्चाईज स्वरुम सञ्चालनमा ल्याएका थिए । मेघराज पन्थको करिव डेढ करोड एक लगानीमा देवीनगरमा उक्त शाखा शुभारम्भ भएको हो ।

यस्तै बुटवलमा लामो समय देखि सोन्दर्य सम्बन्धी काम गर्दै आएकी अर्की व्यवसायी हुन मोनिका क्षेत्री । मोनिका क्षेत्रीले डेढ करोड लगानीमा बुटवलमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी छिन् । दश वर्षदेखि ब्युटिपार्लर व्यवसाय गरिरहेकी क्षेत्रीले विशिष्टिकृत सेवा दिने उद्देश्यले बुटवल बीपीचोकमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी हुन् ।

क्लिनिकमा केन्द्रिय कारागार अस्पताल, पिपुल हस्पिटल लगायतका अस्पतालमा लामो समयदेखि काम गर्दैै आएका वरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा.विक्रान्त ढकाल र काठमाडौँ किल्निक अफ कस्मेटिक सर्जरीमा कार्यरत डा.ज्योति शाहले सेवा प्रदान गर्ने प्रबन्धक निर्देशक क्षेत्री बताउँछिन् । शैलुन र स्किन एण्ड हेयरमा गरी १ करोड ५० लाख लगानी रहेको सो शैलुनमा अहिले १२ जनाले रोजगारी पाएका छन् । स्किन एण्ड हेयरमा थप ५ जनाले रोजगारी पाउने उनको भनाई रहेको छ ।
बुटवलदेखि पाल्पाको बसन्तपुर चल्ने केवलकारको कम्पनीले ४० लाख लगानीमा यहि असोज महिनामा नै जिपलाईन सुरुवात गरेको छ । गत असोज ५ गते लुम्बिनी केबलकार लिमिटेडले टप स्टेशन बसन्तपुरमा साहसिक खेल जीपलाइन सञ्चालनमा ल्याएको छ । ४० लाख लागतमा बनेको जीपलाइन एक सय ५० मिटर लम्बाईको छ । बुटवलको बमघाटमा रहेको बटम स्टेशनबाट केबलकार चढेर पालपाको तिनाउ गाउपालिका ३ बसन्तपुर आउने पर्यटकलाई साहसिक खेलको आनन्द र मनोरन्जन दिलाउन जीपलाइन सञ्चालन गरेको कम्पनीका इन्जिनियर सनी चौरसियाले बताउँछन् ।

यो पनि असोज महिनामा नै शुभारम्भ भएको हो । असोज महिना शुभ महिनाको रूपमा समेत हेरिने भएको कारण व्यसायीहरूले यो महिनालाई व्यवसाय शुभारम्भको महिनाको रूपमा समेत लिने गरेको पाईन्छ ।

अर्थशास्त्रका जानकार मनिकर कार्कीका अनुसार व्यवसायीहरूको लगानीमा सुधार हुनु नेपाली अर्थतन्त्रमा सुधारको संकेत भएको बताउँछन् । उनले व्यवसायीहरूको कदमलाई सकारात्मक रूपमा लिनु पर्ने भन्दै भने–‘हरेक कालो बादलको छेउमा चाँदीको घेरा हुन्छ भने जस्तै आर्थिक मन्दी र संकटको अन्त्यमा नयाँ आशाको सृजना हुन्छ । ’ उनले राज्यले स्थीर आर्थिक नीति र लगानीमैत्री वतावरण निर्माण गरी अर्थतन्त्रमा विश्वासको वातावरण सृजना गर्नुपर्ने दायित्व समेत रहेको बताउँछन् । लगानी गर्ने क्षेत्रको पहिचान गर्दै विस्तृत विश्लेष्ण, अध्यायन गरी लगानी गर्नुपर्ने अर्थशास्त्री कार्कीको भनाई छ ।

अहिले नेपालमा भैरहेको लागानी सकारात्मक नभएको भन्दै यसको विस्तृत अध्यायन गरेर मात्रै लगानी गर्नको लागि सुझाव समेत दिए । उनले बढ्दो आर्थिक मन्दीलाई थप चलायमान बनाउनको लागि सरकारी निकायबाट ठोस कदम चाल्नुपर्नेमा व्यवसायीहरूले स–सानो रूपमा जम्मा भएको पुँजीलाई लगानी गरी सुरुवात गरिएको व्यवसायले पक्कै पनि देशको आर्थिक विकासमा ठुलो योगदान पुग्ने बताउँछन् । लगानी गरिएको लगानीबाट भ्यालु एडेड हुने खालको गरी लगानी गर्नुपर्ने आवश्यकता नै अहिलेको रहेको अर्थसास्त्री कार्कीको भनाई छ । भैरहवा क्षेत्रमा सावँरिया स्वीट्स, बुटवलमा नेपाली लुगा घर पनि करोड बढि लगानीमा भदौ महिनामा शुभारम्भ भएका छन् । जसले पनि केही सुधारको अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?