ट्रेंडिंग:

>> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता

क्यान्सर रोग विशेषज्ञले भने : क्यान्सर हुन नदिन जीवनशैली बदलौं

१३ आश्विन २०८०, शनिबार
१३ आश्विन २०८०, शनिबार

बुटवल, १३ असोज ।

क्यान्सर रोग विशेषज्ञहरुले क्यान्सर लाग्न नदिने गरी जीवनशैलमिा व्यापक परिवर्तन गर्न सुझाव दिएका छन् ।

उनीहरुले क्यान्सर एक प्रकारको प्राणघातक रोग भएको र यसबाट पीडित विरामी सजिलै ठीक नहुने भएकाले खानपान, सचेतना र आफ्ना आनीबानीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । पहिलो र दोस्रो चरणमै रोग पत्ता लागेर उपचार गर्नसके जीवनलाई लामो समयसम्म बचाउन सकिने विशेषज्ञ चिकित्सकको भनाई छ ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोग समूहको आयोजना तथा लुम्बिनी प्रेस क्लबको सहकार्यमा पत्रकार तथा समुदायका अगुवाहरुलाई लक्षित गरी भैरहवामा आयोजित सचेतना कार्यक्रममा विज्ञहरुले संसारमा क्यान्सर रोगको स्थायी उपचार अहिलेसम्म पत्ता नलागे पनि उपचारपछि जीवनलाई सहज गर्दै लैजान भने सकिने जनाए । सचेतना कार्यक्रमका मुख्यवक्ता नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठले पछिल्लो समय नेपालमा मात्रै नभई विश्वभर नै क्यान्सर रोगको अवस्था भयावह हुँदै गएको सुनाए ।

‘यसरी क्यान्सर रोग बढ्नुको कारण हाम्रो जीवनशैली हो । वातावरण प्रदूषण, धुँवाधूलोले गर्दा पनि क्यान्सर हुने सम्भावना हुन्छ । यसबाहेक जति उमेर बढ्दै जान्छ, त्यति नै क्यान्सरको खतरा पनि उच्च हुँदै जान्छ’, उनले भने, ‘सूर्तिजन्य पदार्थ र रक्सीको सेवन, पोलेको अनि सुकाएर र डढाएर मासु खाँदा पनि क्यान्सर हुन सक्छ । प्लास्टिकमा राखिएका खानाहरू अत्यधिक खाने, व्यायाम कम गर्नु पनि यसको कारण हो ।’ उनले क्यान्सरको उपचार खर्चिलो रहेको जनाउँदै रोग लाग्न नदिनु नै उत्तम हुने बताए । ‘रोग लाग्न नदिन अपनाउनु पर्ने कुराहरुमा ध्यान दिए रोग नै लाग्दैन’, उनले भने, ‘लागि हाले नेपालमै उपचार गर्न सकिन्छ ।’

उनले प्रत्येक वर्ष विश्वमा दुई करोड क्यान्सरका बिरामी थपिने र त्यसमध्ये झन्डै एक करोडको मृत्यु हुने गरेको पछिल्लो तथ्यांक रहेको जनाए । ‘नेपालमा पनि प्रत्येक वर्ष २०–२१ हजार मानिसलाई क्यान्सर हुने गरेको छ’, उनले भने, ‘यसमध्ये १३–१४ हजारको मृत्यु हुन्छ ।’ उनले क्यान्सरको स्टेज हेरेर उपचारमा सहजता हुन सक्ने जनाए । सबै नागरिक क्यान्सरबारे सचेत रहे रोगबाट बच्न सकिने उनको भनाई छ । उनले आफूहरुले गरिब तथा विपन्नलाई निःशुल्क उपचार गराउँदै आएको जनाए ।

‘हामीले सक्दो उपचारमा सहजीकरण गरिरहेका छौं’, उनले भने, ‘उपचार खर्च महंगो हुने भएकाले सरकारले नै त्यस किसिमको पोलिसी बनायो भने सहज हुन्छ ।’ उनले ३० प्रतिशतभन्दा धेरै क्यान्सर सुरुको अवस्थामा पत्ता लाग्यो भने निको हुने जनाए । ‘हाम्रो जस्तो मुलुकमा थोरै मान्छे मात्रै सुरुको चरणमा अस्पताल पुग्छन् । त्यस्ता विरामीलाई उपचारपछि निको पनि भएको छ’, उनले भने, ‘धेरैजना अन्तिम चरणमा अस्पताल पुग्दा पनि बचाउन समस्या हुँदै आएको छ । त्यसैले नियमित स्वास्थ्य जाँच र खानपान, आनीबानीमा सजगता अपनाउन जरुरी छ ।’

नाक, कान, घाँटी, मुख सम्बन्धी बरिष्ठ क्यान्सर रोग विशेषज्ञ एवं शल्य चिकित्सक डा.प्रभात ठाकुरले जुनसुकै उमेरका मानिसलाई नाक, कान, घाँटी, मुखको क्यान्सर हुन सक्ने बताए  । ‘यसमा पनि ४० वर्षभन्दा माथिकालाई क्यान्सरको जोखिम बढी हुने गर्छ । नेपालमा एकडेढ लाख मानिस यसको क्यान्सरबाट पीडित भएको पाइन्छ’, उनले भने, ‘हामीले सामान्य कुरामा पनि सचेत नहुँदा समस्या निम्तिरहेको छ ।’

उनले पछिल्लो समयमा कतिपय मानिसमा युवाअवस्थामै नाक, कान, घाँटीको क्यान्सर देखिने गरेको बताए । ‘यसको प्रमुख कारण अत्यधिक धूम्रपान र मद्यपान हो । चुरोट, तमाखु, बिँडी, गुट्खा, पान–पराग र मदिरा सेवनले नाक, कान र घाँटीमा संक्रमण गराउँछ’, उनले भने, ‘यी कुराको प्रयोग आजैबाट छाडौं । सचेत बनौं, जीवन लामो र सुन्दर छ ।’ उपचार खर्चिलो हुने भएकाले रोग लाग्न नदिनु पर्नेमा उनले जोड दिए । ‘वातावरणिय प्रभाव क्यान्सरको अर्को कारण हो । धुवाँ, धुलो र प्रदूषणका कारण क्यान्सरको जोखिम हुने गर्छ । त्यस्तै, विकिरणले गर्दा पनि क्यान्सर हुन्छ । विकिरणयुक्त क्षेत्र तथा प्रयोगशालामा काम गर्ने मानिस बढी पीडित हुने गर्छन्’, उनले भने, ‘वंशाणुगत गुणका कारण पनि नाक, कान, घाँटीको क्यान्सर हुने जोखिम रहन्छ । तर, यसको सम्भावना ज्यादै थोरै हुन्छ । परिवारका कुनै सदस्य क्यान्सर पीडित भएमा बच्चामा पनि हुने सम्भावना हुन्छ ।’

उनका अनुसार अंग र रोगको अवस्थाका आधारमा क्यान्सरको लक्षण फरक हुने गर्छ । मुखमा घाउ आएर लामो समयसम्म निको नहुनु तथा मुखभित्र सेतो दाग वा धब्बा आउनुजस्ता कारणले मुखमा क्यान्सर हुन सक्छ । ‘मुखमा घाउ आएर लामो समयसम्म निको नहुनु वा दाँतले बारम्बार छुने ठाँउमा घाउ भएमा लामो समयपछि संक्रमण हुने गर्छ’, उनले भने, ‘घाँटीको क्यान्सर भएमा आवाज धोद्रो हुने, सास फेर्न र खाना निल्न गाह्रो हुने तथा सुन्निनेजस्ता लक्षण देखिन्छन् । कानमा संक्रमण भएमा रगत बग्ने तथा कान नसुन्ने हुन सक्छ । धुलो–धुवाँ र विभिन्न किसिमका प्रदूषणले नाकमा समस्या हुन सक्छ । जसका कारण संक्रमण भई क्यान्सर हुने गर्छ ।’

डा.ठाकुरले धूम्रपान, मद्यपान र धुवाँ–धुलोबाट बच्ने, पिरो र पोलेको खानेकुरा बढी सेवन नगर्ने र नाक, कान र घाँटीमा घाउ भएमा तुरुन्त उपचार गर्नुपर्ने सुझाव दिए । ‘क्यान्सरका चरण विभिन्न हुन्छन्  । त्यसैले, लक्षण देखिनासाथ सुरुवातीको चरणमै उपचार गर्न सकेमा जटिल क्यान्सर हुनबाट जोगिन सकिन्छ’, उनले भने, ‘क्यान्सर भइहालेमा सर्जरी, रेडियोथेरापी र किमोथेरापीबाट उपचार गर्न सकिन्छ ।’

स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अनु बज्राचार्यले नेपालमा क्यान्सर उपचारको अवस्था सकरात्मक ढंगले अघि बढेको बताइन् । ‘यसको धेरै उपचार नेपालमा सम्भव छ । केही क्यान्सरको मात्रै नेपालमा उपचार हुँदैन’, उनले भनिन्, ‘पहिलाको अवस्थामा हेर्ने हो भने क्यान्सरबारे सचेतना पनि बढेको छ तर यो एकदमै अपुग छ । धेरैलाई क्यान्सर के हो भन्ने नै थाहा छैन । क्यान्सर हुनेबित्तिकै मरिन्छ कि भन्ने भ्रम छ । जानकारीको हिसाबले हेर्ने हो भने धेरै काम गर्न बाँकी छ । यसको उपचार सम्भव छ, यसबाट बच्ने सम्भावना पनि धेरै छ भन्ने सन्देश दिन जरुरी छ ।’

उनले स्तन क्यान्सर महिलाहरुमा हुने क्यान्सर मध्यको प्रमुख भएको जनाइन् । नेपालमा न्युनमात्रामा पुरुषमा स्तन क्यान्सर देखिएको र धेरै महिलामा हुने गरेको उनको भनाई छ । ‘जनचेतनाको कमी तथा भयका कारण महिलाहरु स्तन क्यान्सरको जाँचको लागि समयमै अस्पताल जाँदैनन्’, उनले भनिन्, ‘जसले गर्दा उनीहरुमा स्तन क्यान्सरको जोखिम बढ्ने गर्छ । समयमै उपचार गरेको खण्डमा स्तन क्यान्सको उपचार सम्भव छ । यसको लागि समयमै स्तनको स्क्रिनिङ्ग जरुरी छ ।’

समय रहँदै यस रोगको उपचार सही तरिकाले नभएको खण्डलाई यसलाई रोक्न मुश्किल हुने उनको भनाई छ । उनले पाठेघरको क्यान्सर पनि पछिल्लो समय बढीरहेको जनाइन् । महिलाहरुले रोग लुकाउँदा, समयमा अस्पताल नजाँदा समस्या विकराल बनिरहेको उल्लेख गर्दै उपचार पाए धेरै नयाँ जीवन पाउने बताइन् । ‘हामीले समय–समयमा जाँच गराउनुपर्छ, सचेत हुनुपर्छ र लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ’, उनले भनिन् ।

नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई र उपाध्यक्ष स्वरुपा श्रेष्ठले यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले समाज र व्यक्ति सुसुचित हुने र रोग नियन्त्रणमा सहयोग पुग्ने बताए । उनीहरुले क्यान्सरबारे सचेतना जगाउने र आवश्यकताका आधारमा पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले सहयोग समूह गठन गरेर काम गर्दै आइरहेको जनाए । लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले पत्रकार र समाजका अगुवाहरुलाई सचेत गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम फलदायी भएको र क्यान्सरबारे धेरै कुराहरु बुझ्ने, जान्ने र सिक्ने अवसर पाएको बताइन् । उनले यो अवसर जुटाइदिने सबै पक्ष, चिकित्सक लगायत सबै धन्यवादको पात्र रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?