ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु

उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब सपौली बिजयी

१३ आश्विन २०८०, शनिबार
१३ आश्विन २०८०, शनिबार

बुटवल, १३ असोज । रूपन्देहीमा फुटबल प्रतियोगिताको निरनतरतको इतिहास बनाउन सफल झरना स्पोटर्स क्लबले तिलोत्तमामा शनिबारदेखि ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु गरेको छ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतीमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो । तिलोत्तमा–६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब सुपौली विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

सम्पूर्णले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवललाई ट्राईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयमा दुबै समुहबाट समान १÷१ गोल भएपछि ट्राईब्रेकरबाट विजयी टिमको टुङ्गो लागेको हो । पहिलो हाफको २२ औं मिनेटमा प्रहरीका शैलेन्द्र चौधरीले गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा हार ब्यहोर्नु परेको हो । १–० गोल अन्तरले पछि परेको सम्पूर्णलाई दोस्रो हाफको २० औं मिनेटमा सोनम गुरुङले गोल गर्दैबराबरीमा लगेका थिए । खेल अवधिभर सम्पूर्णमाथि हाबी देखिएको प्रहरीले गोल गर्ने उत्कृष्ट अवसरहरूलाई गुमाएको थियो । हारसँगै प्रहरीको टोली प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबार दिउँसो ३ बजे हुने दोस्रो खेलमा भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी र लिस्नु युवाक्लब कोटिहवाका बीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सचिव सिजन थापाले जानकारी दिए । विभिन्न जिल्लाका १६ समुहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख ५० हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उपविजेताले नगद राशी १ लाख ७५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव थापाले जानकारी दिए । प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने अन्य २ समुहलाई समेत समान २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र हाईस्कोररलाई समान ५ हजार नगद राशीले सम्मान गरिने खेल संयोजक मनु श्रीसले जानकारी दिए । प्रतियोगितामा पत्येक खेलका म्यान अफ दि म्याचलाई ३ हजार नगद राशीले सम्मान गरिने छ । प्रतियोगिता असोज २८ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा आयोजक झरना स्पोर्ट्ससँगै २४ औं संस्करणको विजेता जन ज्योती क्लडिङ्गरनगर, न्यू सिर्जना युवा क्लब करौजिया, देबदह ब्वाँइज देबदह, अहना एफसी बुटवल, नवयुवा खेलकुद ठुटिपिपल, पाल्पा–११ पाल्पा, लिस्नु युवा क्लब कोटिहवा, भूपू सैनिक स्पोर्टिङ क्लब सालघारी, बहुजातीय एकता समाज मडहा, सौभाग्य युवा क्लब बुटवल, नवलपरासी–११ नवलपरासी, फर्साटिकर एफसी फर्साटिकर, सम्पूर्ण युवा क्लब सुपौली र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले खेलको माध्यमबाट नगर तथा सिंगो मुलुकलाई बिकास गर्न सकिने उल्लेख गरे । खेलकुदको बिकासका लागि नगरपालिका आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै सोही अनुसार नीति कार्यक्रम तथा बजेटमा समेत व्यवस्था गरिएको बताए । तिलोत्तमाबाट उदायका खेलाडीहरूले विभिन्न खेलको माध्यमबाट देश तथा विदेशमा समेत नाम कमाउन सफल भएको बताउँदै उनले थप बिकासका लागि नगरपालिका सधै सकारात्मक रहेको उल्लेख गरे । यसैगरी उप प्रमुख जगेश्वरदेवी चौधरीले युवाहरूलाई खेलको माध्यमबाट एकै ठाउँमा जोड्नुका साथै सकारात्मक भावनाको विकास गर्न सकिने उल्लेख गरिन् । खेलमा सहभागी युवाहरूले त्यसमै आत्म निर्भर हुने गरि आर्थिक हिसाबले समेत सबल बनाउनु पर्ने खाँचो औल्याउँदै चौधरीले नगरपालिमा रहेको सीमित श्रोत र साधनले मात्रै नपुग्ने हुँदा प्रदेश तथा केन्द्र सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिइन ।

क्लबका अध्यक्ष गंगा प्रसाद रानाले युवाहरूमा उत्कृष्ट खेल प्रतिभा हुँदाहुँदै पनि बाँच्नका लागि विदेशीनु पर्ने बाध्यता रहेको गुनासो गरे । सरकारले खेलाडीको जीविको पार्जन हुने गरि उनीहरूलाई आर्थिक रूपमा सबल गराउने हो भने खेलकै माध्यमबाट मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन युवा सक्षम रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?