Butwal Today

सल्यानमा जीप दुर्घटना, १५ जना घाइते

१२ आश्विन २०८०, शुक्रबार
अ+
अ-

सल्यान, १२ असोज । सल्यान छत्रेश्वरी गाउँपालिकाको भित्री सडक खण्डमा जीप दुर्घटनामा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले जीपमा सवार १५ जना घाइते भएको प्रारम्भिक विवरण दिंदै थप विवरण पछि दिने जनाएको छ ।
छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ तिर्थपोले स्थित भित्रि कच्ची सडकमा लेखपोखराबाट शारदा नगरपालिका १२ कागखोला तर्फ गैरहेको लु १ ज १८६१ नम्बरको जिप दुर्घटना भएको हो ।

स्थानीय र प्रहरीको सहयोगमा अहिले उद्दारको कार्य भइरहेको र घाइतेहरुलाई उपचारका लागि श्रीनगर तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । जिप सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?