ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने

१२ आश्विन २०८०, शुक्रबार
१२ आश्विन २०८०, शुक्रबार

बुटवल,१२ असोज । रुपन्देहीको तिलोत्तमा १३ तीनधुरास्थित जनता माध्यमिक विद्यालयले निशुल्क पढ्न र दैनिक आम्दानी पनि हुने २४ महिने औद्योगिक प्रशिक्षण तालिम शुरु गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक बिकाश मन्त्रालयको स्विकृत बजेट अनुसार पूर्णतया निशुल्क यो तालिम पढ्दै आय–आर्जन गर्न सकिने कार्यक्रम हो । यो तालिममा सहभागी हुन एसइईमा जुनसुकै ग्रेडमा उत्तीर्ण भएको भएपनि हुन्छ । यसलाई स्विस सरकारको इन्स्योर परियोजनाले सहयोग गरेको छ । यो तालिम शुरुको ३ महिना विद्यालयमा र त्यसपछि हप्ताको एक दिन विद्यालयमा बांकी भवन निर्माण स्थलमा काम गर्दै सिक्न पाइने विद्यालयका प्रधानाध्यापक प्रचण्ड जीसीले बताए । यो तालिम लिएपछि प्रि–डिप्लोमा अर्थात सब–ओभरसियर सरहको प्रमाण पत्र पाइने प्रधानाध्यापक जीसीले बताए । यो तालिममा सहभागी विद्यार्थीले प्रत्येक दिन दैनिक हाजिरी बापत यातायात खर्च स्वरूप प्रति दिन रु १०० र उद्योगबाट मासिकरुपमा प्रति विद्यार्थी कम्तीमा ५ हजार २ सय रुपैयां दिने गर्छ ।
२० जनाका लागि मात्र कोटा रहेको यो तालिममा १६ वर्षदेखि ४० वर्ष उमेरका सहभागी हुन पाउने तर २५ बर्ष उमेर समुहलाई प्राथमिकता दिइने प्रअ जीसीले बताए । यो विषय लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका १५ विद्यालयले मात्र पठनपाठनको अनुमति पाएका छन् ।
बि.स. २०३८ सालमा स्थापना भएर २०५७ सालमा नि.मा.बि. तथा २०६४ सालमा मा. बि. कक्षा संचालन भएको बिद्यालयले बि.स.२०६७ सालमा महायज्ञ संचालन गरि प्राबिधिक शिक्षाको कल्पना गरेको थियो । बि.सं. २०७५ सालमा सिभिल इन्जिनियरिंग तर्फ १८ महिने प्रि डिप्लोमा कक्षा को अनुमति प्राप्त गरि २६ जना बिद्यार्थी बाट र बि.स.२०७६ सालमा ३ बर्से डिप्लोमा सिभिल इन्जिनियरिंगको सम्बन्धन प्राप्त गरि १८ जना विद्यार्थी बाट कक्षा संचालन भएको थियो । बिद्यालयामा हाल १२५ जना बिद्यार्थी प्राबिधिक तर्फ अध्यनरत छन् भने करिब ५० जना भन्दा बढीले प्रि डिप्लोमा पास गरिसकेका छन् भने पहिलो ब्याच मा १७ जना ले डिप्लोमा सिभिल इन्जीनियरिंग उर्तिण गरेका छन् । उत्पादनको ५० प्रतिशत बिद्यार्थी रोजगार प्राप्त गर्न र स्वरोजगारी बन्न सफल पनि रहेका छन् ।
हाल सम्म बिद्यालयबाट सिभिल इन्जिनियरिंग तर्फ प्रि–डिप्लोमा (सब– ओभरसियर) सम्पन्न बिद्यार्थीहरु २०७५ सालमा २६ जना, २०७६ सालमा २५ जना , २०७७ सालमा २६ जना र २०७८ सालमा १९ जना गरि जम्मा ९६ जना रहेका छन् भने डिप्लोमा तर्फ १७ जना ले सम्पन्न गरेका छन । २०८० मा हाल अध्यनरत सिभिल इन्जिनियरिंग तर्फ डिप्लोमामा १०६ जना र प्रि–डिप्लोमामा १९ जना गरि १२५ जना बिद्यार्थी अध्यनरत रहेका छन् । स्थानीय विद्यार्थीलाई सहभागी गराउन विद्यालयले १७ वटै वडामा जनप्रतिनिधिको उपस्थितिमा तालिमबारे जानकारीमूलक कार्यक्रम गरेको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?