Butwal Today

एमाले बागमती अध्यक्ष चुन्न आज मतदान

१२ आश्विन २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं,१२ असोज । नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार नयाँ नेतृत्व चयनका लागि आज मतदान शुरु भएको छ।
अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि तीनजनाले उम्मेदवारी फिर्ता लिए पछि अब दुईजनाबीच प्रतिस्पर्धा भएको हो।
उम्मेदवारी दिएका मध्य केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका हुन्।