ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं

१२ आश्विन २०८०, शुक्रबार
१२ आश्विन २०८०, शुक्रबार

‘भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति
जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी’ –बालकृष्ण सम ।

मानव सभ्यता सँगसगै भाषाको विकास भएको हुनसक्ने ठहर धेरै विद्वानहरूको रहेको छ । यस आधारमा विचार तथा अभिव्यक्तिको सशक्त माध्यम भाषा हो भन्न सकिन्छ । “सम्” उपसर्ग ‘कृ’ धातुमा ‘क्त’ प्रत्यय लागेर बनेको ‘संस्कृत’ शब्दको अर्थ सभ्य वा सुसंस्कृत मानवजीवनको परिष्कृत स्वरूप हो । संस्कृत भाषाका प्रत्येक आयाममा जीवनको परिष्कृत रूप देखापर्छ । भाषा मानव जीवनको अभिन्न अङ्ग हो । भाषाको इतिहास मानव सभ्यताको विकास कालदेखि नै देखापर्छ । संसारमा भाषाका विभिन्न स्वरूप रहेका छन् । त्यसैमध्येमा संस्कृत भाषा विश्वकै सबैभन्दा प्राचीन भाषा हो । संस्कृत भाषाका वैदिक र लौकिक गरि दुई भेद रहेका छन् । संस्कृत भाषाबाट नै विश्वका धेरै भाषाहरू प्रभावित छन् भने कतिपय भाषाहरू संस्कृतबाट नै तत्सम तद्भव शब्दको रूपमा विकसित भएका छन् । संस्कृत भाषामा नै वेद, उपनिषद, रामायण, पुराण, धर्मशास्त्र र महाभारत आदि जस्ता विश्वमा नै चर्चित र महत्वपूर्ण ग्रन्थहरू प्रकाशित छन् । अथाह ज्ञान, विज्ञान, चेतना, बुद्धि, प्रबिधि र विवेकको स्रोत बोकेको संस्कृत आर्यजातिले सर्वप्रथम प्रयोग गरेको हुँदा यसलाई आर्य भाषा पनि भनिएको हो । संस्कृत बाङ्मयहरूमा पनि यसका वक्ताहरूलाई आर्य भनेर सम्बोधन गरिएको पाइन्छ । संस्कृत भाषामा पाइने अथाह ज्ञान अन्य भाषामा पाइँदैन् । यस्तो महत्व र गरिमा बोकेको भाषा अहिले आएर हाम्रोजस्तो देशले चिन्न नसक्नु दुर्भाग्य नै हो भन्दा अत्युक्ति नहोला ।

पछिल्लो समय अङ्ग्रेजी भाषाप्रतिको मोह र सूचना, सञ्चार र प्रबिधिमा पनि अग्रेजी भाषाको विश्वव्यापी प्रभाव परेको हुँदा यो भाषाप्रतिको दृष्टिकोणमा सकारात्मक सोच हुन सकेको छैन । संस्कृत भाषायुक्त ग्रन्थहरूमा सामाजिक, आर्थिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक, व्यवहारिक, राजनीतिक, नैतिक, चारित्रिक, वैज्ञानिक, प्राविधिक, शैक्षिक आदि सबै कुराको विषयगत ज्ञान प्राप्त हुन्छ । संस्कृत भाषाको महत्व बुझेर संसारका विकसित मुलुकका विश्व विद्यालयहरूमा संस्कृत विषयलाई पनि पठनपाठनको रूपमा समावेश गरेको पाइन्छ । वर्तमान परिप्रेक्ष्यमा संस्कृत भाषाको महत्व नबुझ्ने व्यक्तिहरू अङ्ग्रेजी भाषाको प्रभावमा परेर संस्कृत भाषाप्रति अनास्था जगाएका छन् । संस्कृतलाई ज्ञानको स्रोतको भाषाका रूपमा नलिएर कर्मकाण्डीय भाषाका रूपमा व्याख्या गर्ने मानिसको संख्या पनि कम छैन । वास्तवमा कर्मकाण्डीय भाषा मात्र नभएर अथाह ज्ञान, विज्ञान, प्रविधिको विशिष्ट भाषा हो ।

संस्कृत भाषाकै अनुकरण गरेर वा प्रभावमा परेर धेरै कवि÷साहित्यकारहरूले सिद्धान्त वा दर्शनको प्रतिपादन गरेका छन् । साहित्यिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक, राजनीतिको, आर्थिक, आदि विषय सम्वद्ध कृतिहरूको रचना गरे । जुली सभ्यताबाट मानवीय सभ्यतामा परिवर्तन गर्न संस्कृत भाषाको ठूलो महत्व रहेको छ । नेपाली, हिन्दी, आदि जस्ता धेरै भाषाहरूमा संस्कृत भाषाकै शब्दहरूको वर्चस्व रहेको पाइन्छ । आधुनिक भाषाहरूको विकास नहुँदासम्म संस्कृत भाषा नै मानवीय वोलचालको भाषा पनि थियो । मानवीय जीवन दर्शनको अभियानका रूपमा रहेको यो भाषा विश्वका चर्चित भाषाहरूमध्ये महत्वपूर्ण भाषाका रूपमा देखापर्छ । शिक्षित व्यक्तिहरूको अभिव्यक्तिमा पनि संस्कृत भाषाकै प्राधान्यता रहेको हुन्छ । संस्कृत साहित्यमा नभएको विषय नै कहीँ छैन । मानवीय व्यवहारमा सकारात्मक सोच ल्याउनु चारित्रिक र नैतिक अवस्था सिर्जना गर्न संस्कृत वाङ्मयको ठूलो भूमिका रहेको हुन्छ । त्यतिमात्र होइन भाषाको मिठास पनि जति संस्कृत भाषामा छ, त्यति अन्य भाषामा पाइदैन् ।

संस्कृत भाषा विशेषगरी नेपाल, भारतमा बोलिने अधिकांश आधुनिक भाषाहरूको जननी हो । पश्चिमी साहित्यका सन्दर्भमा ग्रीक र ल्याटिन भाषाभन्दा पनि पुरानो भाषा संस्कृत हो । संस्कृत भाषाबाट नै प्राकृत, अपभ्रंश हुँदै नेपाल र भारतका अधिकांश आधुनिक भाषाहरूको विकास हुँदै आएको छ । संस्कृत भाषाविहीन नेपाली भाषाको कल्पनासमेत गर्न सकिदैन । संस्कृत भाषाको अध्ययनबाटै पश्चिमा मुलुकहरूले नयाँ–नयाँ कुराहरूको वैज्ञानिक आविष्कार गरेका छन् । कतिपय देशहरूमा त संस्कृत भाषालाई विश्वविद्यालयको पाठ्यक्रममा समेत राखेर अध्ययन अध्यापनसमेत गराइने गरेको उदाहरण प्रशस्तै सुन्न र देख्न पाइन्छ । संस्कृत भाषाको गरिमा र महत्व विश्वव्यापक रूपमा भएपनि वर्तमान परिप्रेक्ष्यमा राजनीतिक, सिद्धान्त र दर्शनले गर्दा यो भाषाको महत्व र गरिमालाई नेपालजस्तो मुलुकले बुझ्न सकिरहेको छैन ।

मानव जीवनका हरेक आयाममा व्यापक बनेको संस्कृत भाषाको अस्तित्व र राष्ट्रिय राजनीति, शिक्षा, समाज, अर्थ, संस्कृति, धर्म, अध्यात्म, दर्शन, संस्कार, व्यवहार, नीति, चरित्र, साहित्य, ज्ञान, विज्ञान प्रविधि, आदि क्षेत्रमा रहे पनि यस भाषाले पु¥याएको योगदानलाई बुभ्mने काम भएन । अन्तरदेशीय धर्म, संस्कार, दर्शन, सिद्धान्त ल्याएर यो भाषालाई बलात्कार गर्ने काम भएको छ । संस्कृत भाषालाई बलात्कार गर्नेहरू क्रान्तिकारी, परिवर्तनशील, महान दार्शनिक तथा राष्ट्रवादी बनेका छन् । दूध पिएर विष बमन गर्ने नेपाली विद्वानहरू नेपालमा प्रशस्तै छन् । संस्कृत भाषाप्रतिको उदासीनताले गर्दा आज राष्ट्र, राष्ट्रियता र जनताको अस्तित्व, स्वाभिमान, मान, प्रतिष्ठा दिनानुदिन क्षयीकरण हुँदै गएको छ ।

संसारका भाषाविद्हरूले विश्वका भाषाको तुलनात्मक, वर्णात्मक र व्याकरणात्मक, ध्वन्यात्मकताको समानता र असमानताका आधारमा मुख्यतः १० भाषा परिवारमा वर्गीकरण गरे । जसमध्ये संस्कृत भाषाको उत्पत्ति र विकास भारोपेली भाषा परिवारको प्रमुख उप–शाखा आर्य इरानेली भाषा परिवारबाट भएको हो भन्ने भाषाविद्हरूको भनाइ छ । भारोपेली परिवारको एउटा शाखा संस्कृत भाषाको मूल प्रयोक्ता भारतीय आर्य जाति थिए । संस्कृत भाषाको प्रागैतिहासिक स्वरूपको अध्ययन गर्दा भारोपेली परिवारका भाषाको मूल प्रयोक्ता किर्गिजिकिस्तानको मध्य पहाडी क्षेत्रमा बस्ने “विरोस” जाति थिए भनिन्छ । तिनै समयान्तरालका क्रममा वंश विस्तार हुँदै जाँदा यो भाषाले व्यापक रूप लियो । उनीहरूले प्रयोग गरेको पहिलो भाषा नै आर्य वा संस्कृत भाषा हो । भारोपेली परिवारको एउटा उपशाखा संस्कृत भाषाको पहिलो भाषिक रूप वैदिक संस्कृत भाषा हो र यस भाषामा वेदको रचनामा यसको व्याख्याका रूपमा उपनिषद, ब्राहृमण, आरण्यक जस्ता ग्रन्थहरूको विकास भयो ।

वैदिक भाषाको उत्पत्ति इश्वरीय श्वास–प्रश्वासबाट भएको पाइन्छ भने यसलाई लिपिवद्ध गर्ने काम अपौरुषेय दिव्यदृष्टि प्राप्त गरेका ऋषिमुनिहरूबाट भयो । यसपछि वैदिक भाषाको जटिलताले भाषा परिवर्तनका क्रममा लौकिक संस्कृत भाषाको विकास भयो । लौकिक संस्कृत भाषाको पहिलो स्वरूप वाल्मिकी रामायण र त्यसपछि महाभारत, पुराण, धर्मशास्त्र र अन्य संस्कृत साहित्यका ग्रन्थहरूमा देखापर्छ । संस्कृत भाषामा लेखिएको “महाभारत” विश्वको सबैभन्दा विशाल ग्रन्थ हो । प्राचीनकालदेखि नै विशाल इतिहास बोकेको संस्कृत भाषा सुरक्षित हुनुपर्नेमा वर्तमान परिप्रेक्ष्यमा यो भाषाप्रति आक्रामक व्यवहार दिन प्रतिदिन बढेको छ । संस्कृत भाषा र यसबाट तत्सम तद्भवका रूपमा भएका धेरै आधुनिक भाषाहरूलाई सूर्यको किरण वादलले छेकेझैं अङ्ग्रेजी भाषा र त्यसका वक्ताहरूले छेक्ने दुष्प्रयास गरिरहेका छन् ।
पछिल्लो समय अङ्ग्रेजी भाषाप्रति शिक्षित व्यक्तित्वहरूको आकर्षण बढ्दै जाँदा ज्ञान, विज्ञान, प्रविधिको विकासमा अङ्ग्रेजी भाषा अपरिहार्य बन्दै गएको छ । संस्कृत भाषाको अध्ययन र अध्यापन गराउने विश्वविद्यालय, महाविद्यालय, विद्यालयहरूमा विद्यार्थीको संख्या ज्यादै कम रहेको देखिन्छ । संस्कृत भाषाप्रतिको विकर्षणले ज्ञान, विज्ञान, प्रविधिको अथाह भण्डार हुँदाहुँदै पनि यो भाषा पछि परेको छ । संस्कृत भाषालाई विश्वव्यापीकरण बनाउनु पर्नेमा संस्कृतकै अध्येताले यस भाषाप्रति अनेकौं नकारात्मक टिका टिप्पणी गरिरहेका छन् । यस प्रकारको अवस्था आउनु नेपालजस्तो देशका लागि पक्कै पनि शुभ संकेत होइन् । संस्कृत भाषाको अध्ययनले हरेक भाषाको अध्ययनमा सहयोग पु¥याउँछ । नीति, आदर्श, अनुशासन, सदाचार जस्ता समाजका सकारात्मक पक्षलाई यदि जीवन्त राख्ने हो भने प्रत्येक विद्यालयहरूमा संस्कृत शिक्षालाई पाठ्यक्रममै अनिवार्य विषयका रूपमा प्रयोग गरिनुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?