Butwal Today

डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन

१२ आश्विन २०८०, शुक्रबार
अ+
अ-

बुटवल,१२ असोज । चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।
चिकित्सकमाथी दुर्ववहार गर्नेलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, गृहमन्त्रालयलाई आग्रह गर्ने समितिको निर्णय भएको समिति सभापति भानुभक्त जोशीले भने ।

वार्ताबाट सहमति खोज्न पनि आन्दोलित चिकित्सक र सरकारलाई समितिले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?