Butwal Today

‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना

११ आश्विन २०८०, बिहीबार
अ+
अ-

नेपालगञ्ज, ११ असोज ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सबैले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताएका छन् । बिहीबार नेपालगन्जमा मुस्लिम समुदायले निकालेको र्यालीमा सहभागी भएका मुख्यमन्त्री चौधरीले एक अर्काको धर्मलाई सम्मान गर्न सके मात्र समाजमा धार्मिक सहिष्णुता तथा सामाजिक सदभाव कायम रहने बताएका हुन् ।

मुस्लिम समुदायको महान पर्व ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर शुभकामना दिँदै मुख्यमन्त्री चौधरीले एक अर्काको धर्मलाई सम्मानसहित भाईचाराको सम्बन्ध अझ बलियो बनाउन आग्रह गरे । नेपाल बहुसाँस्कृतिक, बहुधार्मिक समुदाय बसोबास गर्ने मुलुक रहेको उनको भनाई छ । ‘मोहम्मद डे पर्वलाई मुस्लिम समुदायले मात्र नभएर सबै नेपालीले गर्व गर्नुपर्छ, लुम्बिनी प्रदेश सरकारको तर्फबाट शुभकामना दिन म यहाँ आएको हुँ,’ उनले भने ।

यस्तै पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भाव देशमै गर्व गर्न लायक भएको बताए । आगामी दिनमा पनि धार्मिक तथा सामाजिक सद्भाव कायम राखेर अगाडी बढ्नुपर्ने पुर्वमन्त्री राईको भनाई छ ।

नेपालगन्जमा धार्मिक सद्भाव कायम राख्नमा धर्मगुरुको भूमिका महत्वपूर्ण रहेको उनले बताए । बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगीले मोहम्मद डे को शुभकामना दिदै भने, ‘यो खुसीयालीको पर्व हो, सबैमा खुसीयाली छाओस्, सबैमा राम्रो होस् ।’

नेपाल मुस्लिम संघ बाँकेले आयोजना गरेको उक्त कार्यक्रममा संघका जिल्ला सभापति सुफियान खान(पठान) ले सम्मान ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?