Butwal Today

पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा

११ आश्विन २०८०, बिहीबार
अ+
अ-

पाल्पा, ११ असोज ।

पाल्पाका चिकित्सकहरु पनि अस्पतालको ओपिडी सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दै गएको भौतिक आक्रमणको विरोधमा पाल्पाका डाक्टरहरू पनि सडकमा उत्रिएका हुन् ।

बिहीबार तानसेनको आन्दोलनचोकमा प्लेकार्ड सहित नारा लगाउँदै बिरोधमा उत्रिएका हुन् । उपचारका क्रममा बिरामीको मृत्युपछि सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएकोमा डाक्टरहरू आन्दोलित हुनु परेको उनीहरुको भनाई छ ।

श्रृङ्गखलाबद्ध तरिकाले पटक पटक आफुहरु माथि भौतिक आक्रमण भईरहदा अरुको ंज्यान बनाउनुपर्ने डाक्टरहरुको शरिरको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनीहरुको माग छ । हेटौँडा र पोखरामा डाक्टरमाथि हातपात भएपछि चिकित्सकहरू सडकमा उत्रिएका हुन् ।

पाल्पा रहेका पाल्पा अस्पताल, रामपुर अस्पताल, युनाइटेड मिसन अस्पताल, र लम्बिनी मेडिकल कलेजका चिकित्सकहरुले अन्दोलन प्रति ऐक्यबद्धता जनाएका छन् ।