ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

‘विश्व कीर्तिमान’ ले परिवारमा ‘हर्ष’

सीमित स्रोतसाधन, कमजोर पूर्वाधारका बावजुत नेपाली क्रिकेट खेलाडीहरूले अभूतपूर्व प्रदर्शन गरेका छन । खेलाडीले आफ्नो खेल कौशलमा निखारता त ल्याएकै छन् यहि निखारताले देशको नाम समेत उँचो पारेका छन । एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा एसोसियट राष्ट्र मंगोलिया विरुद्धको खेलमा नेपालले विश्व क्रिकेटका हस्तीहरूले बनाएका किर्तिमानहरूलाई तोडेका छन् ।
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

बर्दघाट, ११ असोज । नेपाली क्रिकेट खेलाडीले एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा एसोसियट राष्ट्र मंगोलिया विरुद्धको खेलमा ‘विश्व क्रिकेटका हस्तीहरूले बनाएका’ किर्तिमान भंग गरे । अब उनीहरूको सट्टा ‘नेपाली खेलाडीहरुको’ नाम ‘विश्व किर्तिमान’ कायम भएको छ । तिनै विश्व किर्तिमान कायम गर्ने खेलाडीहरुमा एउटा खेलाडी हुन रुपन्देहीमा कुशल मल्ल ।

नेपाली टोलीका आक्रामक ब्याटर कुशल मल्लले सबैभन्दा थोरै बलमा सतक प्रहार गर्ने किर्तिमान आफ्नो नाममा लेखाएका छन । मल्लले एकै खेलमा २ वटा किर्तिमान आफ्नो नाममा लेखाएका छन । रूपन्देहीमा जन्मिएका मल्लले मात्र ३४ बलमा १ सय रन पुरा गर्दै भारतिय कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले ३५ रनमा बनाएको किर्तिमान भङ्ग गरिदिएका हुन । उनले तेश्रो स्थानमा ब्याटिङ्ग गर्न आएर १ सय ३७ रनको अविजित पारी खेल्दै किर्तिमान राखेका छन यस्तै कप्तान रोहित पौडेलसँग तेश्रो विकेटको लागि १ सय ९३ रनको साझेदारी पारीले पनि विश्व किर्तिमान कायम गरेको छ ।

क्रिकेट खेलाडीहरूले देशको नाम उँचो बनाइ रहँदा अभिभावकहरूले पनि आफूलाई गर्विलो महशुस गरेको कुशल मल्लकी आमा शर्मिला मल्लको प्रतिक्रिया छ । बुटवल टुडेसँग कुराकानीमा मल्लले छोराले राखेका विश्व किर्तिमान र देशको लागि जित दिलाउँदा आफू समेत गर्विलो बनेको बताइन । ‘भर्खर खेल्न सुरु गर्दा पढाइ विग्रने, खेल क्षेत्रमा असफल हुन्छ कि भन्ने डर थियो तर आज धेरै किर्तिमान राख्दै देशको नाम उँचो बनाएको देख्दा निकै खुसी लागेको छ ।’–मल्लले भनिन ।

नेपाली क्रिकेट टिमका कप्तान युवा खेलाडी रोहित पौडेलका बुवा कुमार पौडेल छोराको नेतृत्वमा देशको प्र्रतिनिधित्व गरेको टोलीले सफलता पाउँदा खुसी लागेको बताए । उनले भने –‘हार जित खेलमा हुन्छ तर पनि क्रिकेटका हस्ती राष्ट्रहरूको किर्तिमान तोडदै आफ्नो देशका खेलाडीले पाएको सफलता हर्षित तुल्याएको छ ।’

सीमित स्रोत साधन, कमजोर पूर्वाधारका बावजुत नेपाली क्रिकेट खेलाडीहरूले अभूतपूर्व प्रदर्शन गरेका छन । खेलाडीले आफ्नो खेल कौशलमा निखारता त ल्याएकै छन यहि निखारताले देशको नाम समेत उँचो पारेका छन । एशियाली खेलकुँद अन्तर्गत पुरुष क्रिकेटमा एसोसियट राष्ट्र मंगोलिया विरुद्धको खेलमा नेपालले विश्व क्रिकेटका हस्तीहरूले बनाएका किर्तिमानहरूलाई तोडेका छन ।

नेपाली टोलीले टि ट्वान्टी क्रिकेटका ८ वटा किर्तिमान एकै खेलमा भङ्ग गरेका छन । नेपालले ट्वान्टी ट्वान्टी क्रिकेटमा सर्वाधिक अन्तरको जितको किर्तिमान कायम गरेको छ । मंगोलिया विरुद्ध पहिले ब्याटिङ्ग गरेर नेपालले दिएको ३ सय १५ रनको लक्ष्य पच्छाउने क्रममा मँगोलिया मात्र ४१ रनमा अल आउट भएपछि नेपालले २ सय ७३ रनको फराकिलो अन्तरले जित हात पार्दै विश्व किर्तिमान कायम गरेको थियो ।
यसअघि अफगानिस्तानले बनाएको २ सय ७८ रनको रेकर्ड नेपालले ३ सय १४ रन बनाउँदै आफ्नो नाममा लेखाएको छ । ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाल मात्र ३ सय रनको आँकडा पार गर्ने पहिलो राष्ट्र बनेको छ ।

प्राविधिक रूपमा सम्भव भएपनि ब्यवहारिक रूपमा असम्भव जस्तै रहेको सर्वाधिक थोरै बलमा अर्धसतकको किर्तिमान दिपेन्द्र सिँह ऐरीले आफ्नो नाममा लेखाएका छन । उनले मात्र ९ बलमा अर्धसतक पुरा गर्दै भारतिय स्टार ब्याटर युवराज सिँहको किर्तिमान भंग गरे । युवराजले १२ बलमा अर्धसतक प्रहार गरेका थिए ।
नेपाली टोलीले एकै इनिङ्गमा सर्वाधिक छक्का प्रहार गरेको छ । कुशल मल्ल (१२), रोहित पौडेल (६) र दिपेन्द्र सिँह ऐरी (८) ले कुल २६ छक्का प्रहार गर्दै रेकर्ड कायम राखेका छन । नेपालको जित र किर्तिमानी इनिङ्गमा लुम्बिनीका कुशल मल्ल र रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरेका थिए । मल्लले मात्र ५० बलको सामना गर्दै १२ छक्का र ८ चौकाको मद्दतले अविजित १ सय ३४ रनको पारी खेले यस्तै कप्तान पौडेलले २७ बलको सामना गर्दै ६ छक्का र २ चौकाको मद्दतले ६१ रन बनाए । निकै आक्रमक प्रस्तुत भएका ऐरीले मात्र १० बलमा ५२ रन जोडेका थिए । उनले ८ वटा छक्का प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?