ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
प्रथम केपी ओली कप राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता

क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह

मंसिरको पहिलो साता शुरु हुने प्रतियोगितामा ३ विभागिय, सात प्रदेश र आयोजक मदन भण्डारीको २ टिमले उपाधि प्रतिस्प्रर्धा गर्नेछन ।
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

बुटवल, ११ असोज। प्रथम केपी ओली कप राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता पोखरामा मंसिरको पहिलो सातामा हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा मंसिर ७ देखि १६ गतेसम्म पोखरामा हुने प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको विहिबार पत्रकार सम्मेलन गरि जानकारी दिए ।

कार्यक्रममा एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले प्रतियोगितामा सात प्रदेश, तिन विभागिय टिम नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ क्लव र एकेडेमीका यू–१९ का दुई गरि १२ टिमले प्रतिस्पर्धा गर्ने बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र र उपविजेता टिमले २ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन । यसैगरि विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । म्यान अफ द सिरिजले नगद रु ३० हजार रूपैयाँ, उत्कृष्ट बलरले नगद रु २० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद रु ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् । आइसिसीको नियम अनुसार खेलाइने खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको उनले बताए । ‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ २०६६ साल पुस १७ गते जननेता मदन भण्डारीको नाममा स्थापना भएको एकेडेमीले मुलुकको खेलकुद विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले युवालाई खेलकुदमा जोडेर व्यवसायिक खेलाडी उत्पादनको लक्ष्य रहेको बताए ।

कार्यक्रममा पूर्व राष्ट्रिय क्रिकेटर तथा एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले एकेडेमीका संरक्षक तथा पूर्व प्रधानमन्त्री केपी ओलीको नामबाट खेलाईने प्रतियोगिताबाट क्रिकेट खेलको विकास र युवा खेलाडीहरुलाई हौसला मिल्ने दाबी गरे । ट्यालेन्ट हन्टबाट छनौट गरि एकेडेमीको २ टिम तयार गरिएको उनले बताए । पुर्वाधारको निमार्ण नेपाली क्रिकेटको आवश्यकता भएको भन्दै उनले खेल पर्यटन अबको सम्भावना भएको दाबी गरे ।

सो अवसरमा गण्डकी प्रदेश सभाका पूवं सांसद एवं एकेडेमीका सल्लाहकार मोहन रेग्मीले टि–२० राष्ट्रिय प्रतियोगिता खेलाडी उत्पादनसंगै खेलकुद विकासका लागि महत्वपूर्ण प्रतियोगिता भएको बताए । खेलकुदको विकासमा ग्रास रुटको महत्वप्रकाश पार्दै खेलकुदबाट नै अनुशाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्प्रर्धी नागरिक उत्पादन गर्न सकिने बताए ।

कार्यक्रममा एकेडेमीका उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज राजेश कुमार गुरुङले पर्यटकीय नगरी पोखरामा आयोजना हुने प्रतियोगिताबाट खेल पर्यटनको सम्भावनाको ढोका खोलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?