ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा

११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

नेपालगञ्ज, ११ असोज ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै बाँकेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सडकमा निस्केका छन् । नेपाल चिकित्सक सङ्घ बाँकेको नेतृत्वमा जिल्लाका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेर सुरक्षाको माग गर्दै सडकमा उत्रेका हुन् ।

नेपाल चिकित्सक सङ्घ बाँकेका अध्यक्ष डा. विनोदकुमार थापाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शृङ्खलाबद्ध रूपमा आक्रमण हुन थालेपछि बाध्य भएर सुरक्षाको ग्यारेन्टी माग गर्दै आन्दोलनमा उत्रिनुपरेको बताए ।

चिकित्सकमाथि सुनियोजित रूपमा गरिएका साङ्घातिक आक्रमणले ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेपछि आन्दोलनमा उत्रनुको विकल्प नरहेकाले यो अवस्था आएको उनले बताए ।

अध्यक्ष डा. थापाले सरकारले दोषीमाथि कारबाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने बताए । आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेर डाक्टरहरू आन्दोलनमा उत्रिएपछि विभिन्न जिल्लाबाट उपचारका लागि नेपालगञ्ज आउने बिरामी मर्कामा परेका छन् ।

नेपाल चिकित्सक संघ बाँकेले पोखरा, हेटौडा, गुल्मी, मोरङलगायतका जिल्लामा शृङ्खलाबद्ध रूपमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको जनाएको छ । सङ्घका अनुसार पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि स्वास्थ्यकर्मीहरू सुरक्षा खोज्दै आन्दोलनमा उत्रेको जनाएको छ ।

यसअघि बुधवार आयोजना गरिएको जिल्लाका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकको भेलाले बिहीबार बिहानसम्म सरकारको तर्फबाट दोषीलाई कारबाही नगरिएमा आन्दोलनमा उत्रिने निर्णय गरिएको थियो ।

सोही निर्णय बमोजिम बिहीबारबाट आफूहरू आन्दोलनमा उत्रिएको वेस्टर्न अस्पताल नेपालगन्जका प्रबन्ध निर्देशक डा. राहुल थापाले बताए । चिकित्सकको सुरक्षा अति नै गम्भीर मोडमा पुगेको जनाउँदै आफ्नो सुरक्षा नभएसम्म अरूको ज्यान कसरी जोगाउन सकिन्छ ? प्रश्न गर्दै डाक्टर थापाले यस विषयमा सरकारले तत्काल गम्भीर भएर निर्णय गर्नुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?