Butwal Today

फरार प्रतिवादी पक्राउ

११ आश्विन २०८०, बिहीबार
अ+
अ-

दाङ, ११ असोज ।

दाङमा अवैध काठ ओसारपसारका फरार प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । बिना इजाजत अवैध काठ ओसारपसार गरेको मुद्धामा प्रहरीले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवाका ५२ बर्षीय रामकुवेर यादवलाई पक्राउ गरेको हो ।

यादवलाई अवैध काठ ओसारपसार मुद्धामा सर्बोच्च अदालतले २०७६ साल जेठ ३० गते ६ महिना कदै र ८२ हजार ७ सय ४ रुपैयाँ जरिवाना फैसला गरेको थियो ।फैसलापछि फरार रहेका यादवलाई बिहिबार भैसहवा गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए । पक्राउ परेका यादवलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको उनले बताए ।