Butwal Today

कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी

११ आश्विन २०८०, बिहीबार
अ+
अ-

सुर्खेत,११ असोज ।

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्वका लागि दुई जनाबीच कडा टक्कर हुने सम्भावना देखिएको छ ।

प्रदेश संसदीय दलका नेतासमेत रहेका स्थायी कमिटी सदस्य यामलाल कँडेलनिकटका गुलाबजंग शाह र गोरखबहादुर बोगटी निकट मानिने नेता मिनबहादुर शाही अध्यक्षको दावेदारबाट पछि हटेका छैनन् । जसका कारण नेतृत्वका आकांक्षीहरु आन्तरिक रुपमा प्यानल बनाएर चुनाव लड्ने तयारीमा छन् ।

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षका अनुसार अहिले बन्दसत्रको लागि तयारी थालिएको जनाए । ‘अहिले हामी बन्दसत्रको तयारीमा लागेका छौ, प्रशासनिक कामहरु भइरहेको छ’ शाहले भने, ‘अबको केही समयपछि बन्दसत्र सुरु हुन्छ ।’ उनका अनुसार अध्यक्षका लागि अहिले चार जनाको दावेदार रहेको जनाए । ‘अहिले चार जनाको दावेदार रहेको छ, तर, दुई जनाको भने अलिे बढी नै दावेदार हुनुहुन्छ’ उनले भने, ‘अहिले सहमतिको प्रयास गरिरहेका छौ, सहमति नभए चुनावमा जान्छौ ।’

प्रदेशको नेतृत्वको लागि मतदान हुने निश्चित जस्तै देखिएको छ । शाह र शाही नेतृत्वको लागि पछि नहटेपछि करिव निर्वाचनमा नै जान सकिने सम्भावना बढी देखिएको एमालेका नेताहरुको भनाई छ ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन सत्रमा प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएका थिए । तर, नेतृत्वका आकांक्षीहरू आन्तरिक रूपमा प्यानल बनाएर चुनाव लड्ने तयारीमा छन् । उपाध्यक्षमा गुलाबगङ्ग शाहको प्यानलबाट टेकराज पछाई र मीनबहादुर शाहीबाट लालबहादुर महतराले तयारी गरेका छन् । सचिवमा मीनबहादुरतर्फका रुद्र शाही, डण्डिप्रसाद शर्मा र गुलाबजंगको प्यानलबाट धुव्र शाहीको प्रतिष्पर्धा हुने सम्भावना रहेको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?