ट्रेंडिंग:

>> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने 

अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन

१० आश्विन २०८०, बुधबार
१० आश्विन २०८०, बुधबार

सबभन्दा पहिले त डाक्टरहरु माथि हातपात गर्नेहरु मुर्दावाद । डाक्टरहरु मात्र हैन, हरेक व्यक्ति माथि शारीरिक अक्रमण गर्नेहरु मुर्दावाद ।
अलिकति क्रिटिकल एनालाइसिस गर्ने हो भने केही नगण्य अपवाद छोडेर अधिकांश नेपाली डाक्टरहरुमा अचम्मको मपाइत्व भएको पाउँछु म चाहिं, विशेष गरी पुरानामा, नयाँहरु तुलनात्मक रूपमा ईजी (सजिलो) लाग्छन । समाजले बनाइदिएको मनोविज्ञानले डाक्टरहरुलाई एक किसिमको भगवानको दर्जा नै दिएको छ । अधिकांश नेपालीले डाक्टरहरुलाई भगवान सरह मान्छन पनि । कोही संग नझुक्ने मानिस पनि डाक्टरको अगाडि बडो विनम्र र विनयी भावमा प्रस्तुत हुन्छ । नमस्कार गर्छ । सुस्त बोल्छ । सकेसम्मको अनुशासन पालन गर्छ । आफ्नो र आफ्नाको ज्यानको मायाले पनि होला, त्यो छुट्टै पाटो १ तर नेपाली समाजमा नम्बर एक सम्मान यदि कसैले पाएको छ भने त्यो डाक्टरले नै हो निर्विवाद ।
सट्टामा अधिकांश नेपाली डाक्टरहरु मानिसहरुको यो व्यवहारलाई अति हेलाको दृष्टिले हेर्छन । नमस्कार फर्काउँदैन् । अनुहारमा हेरेर बोल्दैनन् । अति कम बोल्छन् । सोध्नेहरुलाई ‘तपाईं डाक्टर कि म’ भन्ने जस्ता जवाफ फर्काउँछन् । यो सब नजिक बाट देख्ने नर्सहरु हुन्छन । डाक्टरको व्यवहार देखेपछि नर्सहरुले पनि ‘त्यसै गर्नुपर्ने रैछ’ भन्ने सिक्छन सायद र रूखो प्रस्तुत हुन्छन् । खासमा नर्स त अझ नम्र हुनुपर्ने हो । सरकारी अस्पतालमा पालो र प्रक्रियाको चटारो । निजी अस्पतालमा पैसाको खोलो । अस्पताल बसाईमा बिरामी त तैबिसेक नीको होलान, बिरामी लिएर जानेहरु अधिकांश आधा बिरामी परिसकेका हुन्छन् ।
सबै स्वास्थ्यकर्मीहरु प्रतिको एकमुष्ठ आरोप हैन यो । केही असाध्यै गतिला स्वास्थ्यकर्मी पनि भेटेको छु मैले, उदाहरणको लागि बुटवल चौराहा हस्पिटलका ‘आर्थोपेडिक डाक्टर मदन ज्ञवाली’ । तर त्यही अस्पतालकै रिसेप्सनका नानीहरु काउण्टरमै चाउमिन खाँदै मेरो मिसेजको नाम ९बालिका० सुनेर गलल हाँसेको तीतो अनुभव पनि म संग नै छ ।
अस्पताल छिर्ने बित्तिकै डाक्टरको काठालो कसैले समाइहाल्छ जस्तो मलाई लाग्दैन । त्याहाँ अनेक परिस्थिति सृजना हुन्छन होला । तर यसको अर्थ यो होइन कि हातपात गरेर समस्याको समाधान हुन्छ । हातपात गर्नेहरु प्रति निन्दा त गरिन्छ नै तर एउटा कुरा मनन गर्नुहुन अनुरोध पनि गरौं कि झैं लाग्यो यहाँनेर ।
यसै पनि डाक्टरहरु भनेका प्रायः ब्रिलियन्ट छात्र र छात्रा नै बन्ने हुन । अधिकांश त कक्षामा उत्कृष्ठ स्थान हाँसिल गरेकाहरु नै डाक्टर बन्ने हुन । उनीहरु तगडा मात्र नभई अनुशासित पनि हुन्छन स्कूलरकलेज लाइफमा । यसको अर्थ हुन्छ उनीहरु संस्कारी र विनम्र पनि हुन्छन, समझदार हुन्छन् । धेरै विद्यार्थी बाट फिल्टर भएर आउने यस्ता ‘क्रिम’ व्यक्तिहरुले बिरामी र तिनका आफन्तलाई अलिकति मीठो बोलिदिए के हुन्छ र रु अलिकति समय दिएर उनीहरुका कुरा सुनिदिए के बिग्रिन्छ र ? उनीहरुले भगवान माने पनि उनीहरुको अगाडि भगवान जस्तो व्यवहार नगरी मानव जस्तो ९साथी जस्तो० व्यवहार गरिदिए के घटिन्छ र रु ?  र मलाई लाग्छ यसो गर्ने डाक्टरलाई जो कसैले कुट्दैन र यदि कुट्छ भने त्यो दानव हो ।
अरु धेरै कुरा लेख्न मन थियो । धेरै पेशा छन जहाँ शिष्टता र सभ्यता नचाहिन सक्छ । तर स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा यी चीज भइदिएमा किन ती क्षेत्रहरु अशान्त बन्न पर्छ र ? मेरो लाटो दिमागले यही भन्यो । भूलचूक माफ ।
फेरि पनि,
शारीरिक अक्रमण गर्नेहरु अपराधी हुन । उनीहरुलाई सजायँ त हुनै पर्छ । नो इफ,नो बट ।
तर ब्रिलियन्ट दिमागहरुले पनि त ‘ब्रिलियन्सी’ देखाउन सक्नुपर्यो नि है ? र ब्रिलियन्सी भनेकै व्यवहार हैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?