Butwal Today

टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा

१० आश्विन २०८०, बुधबार
अ+
अ-

बुटवल,१० असोज । नेपाली युवा ब्याट्समेन कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् । चीनमा जारी पुरुष क्रिकेटअन्तर्गत मल्लले मंगोलिय विरुद्ध जारी खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियाविरुद्ध नेपालले आक्रामक शुरूआत गरेको छ । १८ औ ओभरको खेल चलिरहँदा नेपालले २६० रन बनाएको छ ।
यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक बनाएका थिए ।
यसअघि टी२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । कुशल बुटवल देवीनगरका बासिन्दा हुन् ।