Butwal Today

घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु

९ आश्विन २०८०, मंगलवार
अ+
अ-

सल्यान, ९ असोज । घाँस काट्न जंगल गएको बेला भिरबाट लडेर पश्चिम सल्यानमा एक किसानले ज्यान गुमाएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ बालुवासंग्रही नजिकै अम्राका अन्दाजी ४५ वर्षीय किसान दिपक कामीको मंगलबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्युु भएको हो ।

बिहान साढे ६ बजे उनी घरदेखि केही तल भैसीलाइ घाँस काट्न गएका थिए । घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर भेरी करिडोर सडकमा खसी उनको घटनास्थलमै ज्यान गएको स्थानीयहरुले बताएका छन् । घटनास्थलमा प्रहरी चौकी बालुवासंग्रही र इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी टोली पुगेको छ । घटनाबारे अनुसन्धान भैरहेको सल्यान प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?