ट्रेंडिंग:

>> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो

बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन

धार्मिक सहिष्णुताको कायम गर्दै शान्ति कायम गर्ने प्रण
९ आश्विन २०८०, मंगलवार
९ आश्विन २०८०, मंगलवार

बुटवल, ९ असोज ।

बुटवलमा विभिन्न धार्मिक संघसंस्थाहरुको अगुवाईमा अन्तर धार्मिक शान्ति सन्जाल गठन भएको छ । देशभित्र रहेका सबै धर्म, जातीहरुमा सहिष्णुता र शान्ति कायम गर्ने उद्देश्यका साथ अन्तर धार्मिक शान्ति सञ्जाल गठन गरिएको हो ।

जिल्ला क्रिश्चियन समाजको अगुवाईमा भएको भेलालाई संविधान सभा सदस्य तथा समाजसेवी नेत्र पन्थीले सम्बोधन गर्दै मिलेर बसेको नेपाली समाजमा एकता र सदभाव कायम गर्न जरुरी रहेको बताए । सबै धर्म र जातिहरुको साझा फुलबारीका रुपमा पहिचान बनाएको नेपालमा जनताको चाहना र माग अनुसार नै धर्मनिरपेक्षता घोषणा भएको भन्दै उनले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताए ।

संविधान सभा सदस्य हाजी नजिर मियाले एक महिना अघिदेखि आफुहरु बैठकहरु बसेर यो अभियानलाई सार्थकता दिने काम सम्पन्न गरेको बताए । धार्मिक सहिष्णुता कायम गर्दा सबैको सम्मान हुने र एकता कायम हुने भन्दै उनले केही अतिवादीहरुको प्रवेशबाट गलत प्रचार हुनु दुखद भएको बताए ।

शान्ति कायम हुने गरी अन्तर धार्मिक समिति बनाएर राष्ट्रिय स्तरमा पुयाउने गरी लैजाने उनले बताए । एक अर्काको सम्मान र अस्तित्व स्वीकार गर्ने गरी कार्यक्रमहरु अघि बढाउने उनले बताए । धर्मको नाममा गरिएको गलत प्रचार रोक्न जरुरी रहेको उनले बताए ।

शान्ति र सद्भाव कायम गर्ने र संविधानको अक्षरता पालना गराउने गरी अभियान चलाउन संजाल एकमत भएर बढ्ने उनले बताए ।

कार्यक्रममा जिल्ला क्रिश्चियन समाज रुपन्देहीका अध्यक्ष सुरज थापा, अन्तर्राष्ट्रिय बुद्घ परियती उदय विहारका महासचिव याम बहादुर थापा, समाजका कोषाध्यक्ष मेघराज घिमिरेले बुटवलबाट नया अभियानको शुरुवात भएको भन्दै यसले देशब्यापी हुने बताए ।

यसैबीच भेलाले हाजी नजिर मियाको संयोजकत्वमा सचिव गणेश घिमिरे, सदस्यहरु सुरज थापा, बाबुराम बस्नेत, नसिबदार मिया, सफर मिया, याम बहादुर थापा, मीन बहादुर सारुको नाम सिफारिस गरेको छ । असोज १५ गतेभित्र सबै धर्मावलम्बीहरुको नामावली संकलन गरी सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?