ट्रेंडिंग:

>> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव 

भरत शाह, गंगा शाहीसहित ५ जना विधान विपरित कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

८ आश्विन २०८०, सोमबार
८ आश्विन २०८०, सोमबार

 

बुटवल,८ असोज । नेपाली कांग्रेस लुम्बिनीे अधिवेशनमा प्रदेश सभापति र सदस्य पदमा हारेका क्रमशः भरत शाह र गंगा शाही सहित ५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय पार्टीको विधान विपरित रहेको भन्दै विरोध र असन्तुष्टी शुरु भएको छ । नेपाली कांग्रेसको विधानको दफा ५९ ले पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशनको अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि पदमा उम्मेदवार हुन नपाउने व्यवस्था छ । तर विधानको यसै धारालाई सभापति शेरबहादुर देउवाले उल्लंघन गरेर केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको छ । गत महाधिवेशनमा तल्लो तहमा पराजित भरत शाह, अर्जुनप्रसाद जोशी, किरणराज शर्मा पौडेल, लक्ष्मी खतिवडा र गंगा शाहीलाई केन्द्रीय सदस्यमा मनोनित गर्नु विधान विपरित भएको कांग्रेस लुम्बिनीका प्रदेश सभापति अमरसिंह पुनले बताए । शाहलाई पुनले सभापतिमा हराएका थिए । पांचै जना संस्थापन पक्षका हुन् ।
सभापति देउवाले ४ असोजमा जोशी, शाह, पौडेलसहित आठ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका थिए । जोशी गण्डकी प्रदेशमा र शाह लुम्बिनीमा प्रदेशमा सभापतिमा पराजित भएका थिए । पौडेल बागलुङमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

खतिवडा र शाही सहित १० जनालाई सभापति देउवाले २०७९ साउन ३१ मा केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । खतिवडा सुनसरी १ को क्षेत्रीय सभापतिमा र शाही लुम्बिनी प्रदेश समितिको सदस्यमा पराजित व्यक्ति हुन् ।

कांग्रेसको विधान अनुसार प्रमुख प्रतिस्पर्धी बनेर पराजित उम्मेदवार व्यक्ति उक्त समितिको स्वतः सदस्य बन्ने व्यवस्था छ । कांग्रेसको विधानको धारा ६५ अनुसार पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुने उल्लेख छ ।

निकततम प्रतिद्वन्द्वी स्वतः उक्त कार्यसमितिको सदस्य हुने व्यवस्थालाई सभापतिले कुल्चिएको लुम्बिनीका प्रदेश सभापति पुनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?