Butwal Today

एमाले बागमति अधिवेशन आज शुरु हुंदै

८ आश्विन २०८०, सोमबार
अ+
अ-

काठमाडौं, ८ असोज । नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्नुहुने कार्यक्रम रहेको एमाले बागमती प्रदेशले जनाएको छ।

एमाले बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष केशव पाण्डेका अनुसार उद्घाटनको दिन आज काठमाडौंका विभिन्न ५ ठाउँबाट जुलुस निकालिनेछ।

अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। अधिवेशनमा प्रदेशभरबाट १ हजार २ सय प्रतिनिधि सहभागी हुनेछन्। अधिवेशनले २ सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशन भोलिसम्म चल्नेछ।

एमाले सातै प्रदेशमा अधिवेशन गर्दैछ। एमालेले यसअघि लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न गरिसकेको छ। अधिवेशनले राधाकृष्ण कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।