ट्रेंडिंग:

>> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए

महंगियो भान्सा : तरकारीमा बिचौलियाको रजाईं

७ आश्विन २०८०, आइतबार
७ आश्विन २०८०, आइतबार

पाल्पा, ७ असोज ।

तिनाउ गाउँपालिका मस्याम गाउँ पुग्दीका कल्पना सोमैको बारीमा लटरम्म करेला छन् । विगतका वर्षका तुलनामा यस वर्ष राम्रो मूल्यसँगै उत्पादन पनि राम्रो भएकोमा उनी निकै खुसी भएकी छन् । उनले करेला बजारमा बिक्री गर्दा प्रति केजी ८० रुपैयाँमा बिक्री गरिन्, तर त्यही बस्तु बजारबाट उपभोक्ता सम्म पुग्दा प्रति केजी २ सय रुपैयाँ सम्म मूल्य प¥यो ।

माथागढी गाउँपालिका झडेवा गाउँ देवीनगरका नारायाण बहादुर जिसी यस पटक हरियो खुर्सानी प्रति केजी १ सय ७० रुपैयाँमा घरैबाट बिक्री गर्न पाउँदा निकै खुसी भए । त्यही खुर्सानी उपभोक्ता सम्म पुग्दा प्रति केजी ३ सय रुपैयाँ सम्म पुग्दा उनी आश्चर्यमा परे ।

तिनाउ मस्यामको मरामकोटकी वसन्ती दर्लामीले मकैबारीमा लगाएको बोडी प्रति केजी ८० रपैयाँका दरले झण्डै एक क्वीटल बिक्री गरेको बताउँछिन् । तानसेन बजारमा मकैबारीमा लगाएको सानो बोडी प्रति केजी रुपैयाँमा खरिद गरेको तानसेन बजारकी पार्वती गौतम बताउँछिन् । बजारमा यतिबेला हरियो तरकारीको मूल्य विगतका तुलनामा अत्यधिक मात्रामा आकासिएको छ । “टमाटर खानै नसकिने भयो । त्यसैगरी सबैको मूल्य बढ्दा हरियो तरकारी पनि खानै नसकिने अवश्था भएको छ”–स्थानीय लक्ष्मी ढकाल भन्छिन् । भान्साका लागि यतिबेला सबै भन्दा महङ्गो तरकारी नै भएको छ । ५ सय रुपियाँको तरकारीले दुई छाक टार्न र कम आय भएकालाई दैनिक जिवन चलाउन कठिन भएको उनी बताउँछिन् ।

उत्पादनकर्तादेखि उपभोक्ताबिच धेरै अन्तर देखिएको छ । उत्पादन गर्ने कृषक निराश भएका छन् । उत्पादन गर्ने कृषक मारमा र बिचौलिया मालामाल भएका कारण नयाँ पुस्ताका युवाहरु कृषि व्यवसायप्रति आकर्षित हुन नसकेको स्थानीय कृषकहरु बताउँछन् ।

तिनाउ गाउँपालिका कोलडाँडाका कृषक धन बहादुर दर्लामी भन्छन्, “अन्नवाली सबै लगाउन छाडेर तरकारी लगायो, आम्दानी राम्रै हुन्छ भनेरै हो । तर आफुले भन्दा बिचौलियाले बढी मुनाफा राख्ने गरेका छन् ।” आफुले बाह्रै महिना धनिया साग लगाउने र तानसेनका व्यापारीलाई पठाउने गरेको र व्यापारीले शत प्रतिशत मूल्य बढी गरेर बिक्री गरेको आफ्नै अनुभव सुनाउँछन् । “मौसमी भन्दा बेमौसममा तरकारी उत्पादन गर्न कठिन हुन्छ । तयार ग¥यो तल चर्चरेमा डोको खोस्न आउँछन् । मूल्य आफनो कहिल्यै हँुदैन । सधै जस्तो उनकै मूल्य उनकै तौलमा बिक्री गर्नु पर्दछ । यसपटक बाँसको तामा (टुसा) बिचौलियाले प्रति केजी २० रुपैयाँमा खरिद गरे तर त्यही बस्तु बजारमा बिचौलियाले चार गुणा बढी मूल्यमा बिक्री गरेका छन्”–उनी भन्छन् ।

मदनपोखरा छापाका अगुवा कृषक रुक बहादुर चिदी पनि कृषक र उपभोक्ताबिच मूल्यमा धेरै अन्तर रहेको बताउँछन् । निस्दी गाउँपालिकाको सहलकोटकी अगुवा कृषक कृष्णा कुमारी लामिछाने यसपटक टनेलमा राम्रो टमाटर उत्पादन गर्दा प्रति केजी ८० रुपैयाँमा बिक्री गरेको बताउँछिन् । उनले बिक्री गरेको टमाटर उपभोक्ता समक्ष पुग्दा प्रति केजी १ सय ४० रुपैयाँ मूल्य कायम हँुदा खिन्न भएको बताइन् । कृषकले प्रति केजी ७० रुपैयाँ लागत नै लाग्दछ । “एक सय रुपैयाँ पनि मूल्य बढी भयो कि भन्ने डर लाग्दछ, तर बिचौलियाबाट उपभोक्ता सम्म ५० देखि सय रुपैयाँसम्म मूल्य अन्तर हुने गर्दछ । यस्ता विषयमा अनुगमन गर्ने कुन निकाय हो ?” लामिछाने भन्छन् ।

हुँदैन अनुगमन

भान्सामा प्रयोग हुने तरकारी बजारको कहिल्यै अनुगमन हुँदैन । नियमन गर्ने निकायले समय अनुसार अनुगमन नगर्दा समस्या आएको स्थानीयको गुनासो रहेको छ । ऐन नियम अनुसार अनुगमनका लागि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा उपप्रमुख, उपाध्यक्षको जिम्मेवारी छ । त्यस्तै कृषि ज्ञान केन्द्र र स्थानी तहमा कृषि शाखाका प्रमुखलाई पनि जिम्मेवारी प्राप्त भए पनि हाल सम्म तरकारी बजारको अनुगमन हुन नसकेको जिम्मेवारी प्राप्त एक अधिकारीले बताए । “स्थानीय तहका जनप्रतिनिधिलाई राजनैतिक कारणले गर्दा अप्ठ्यारो हुँदो रहेछ, तर तरकारी उत्पादनकर्तादेखि उपभोक्ताबिच मूल्यमा ज्यादै नै अन्तर भएको छ”–उनले स्वीकारे ।

बाणिज्य बिभाग अन्तर्गत खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालय, जिल्ला प्रशासन, स्थानीय सरकारले मौसमी बजार अनुगमन गर्छन् । उनीहरुले खाद्य तथा किराना, होटलहरुमा अनुगमन गरे जस्तै गर्छन् । “जहाँ समस्या छ, त्यहाँ अनुगमन नै हुँदैन”–तानसेनका स्थानीय बिष्णु ज्ञवाली भन्छिन् ।

बजारमा उपभोक्ता समक्ष उत्पादकको सिधा सम्पर्क गराउन सकिने भए पनि कृषकका कारणले समस्या छ । “कृषक आफै बजार खोज्ने, बजारमा स्वयम् कृषकले बिक्री गर्दा न त मूल्यमा ठगिनु पर्छ, न त तौलमा ठगिनु पर्छ”– कृषि ज्ञान केन्द्रका प्राविधिकहरु बताउँछन् ।

वगनासकाली गाउँपालिका नायरका कृषक हिरा राना भन्छन्, “एकै पटक धेरै हँुदैन । कृषकले सबै मिलाएर एक डोको लैजाने हो । बाटोमा बिचौलियालाई दिने हो । डोको बोकेर बजार जानु भन्दा बिचौलिया या व्यापारीलाई दिएर बिहानै घर फर्कियो खाना खाएर दिउँसो अन्य काम गर्न पाइने भएकाले बजार पुग्ने नगरेको हो ।” राना जस्तै जिल्लाका कृषक आफैले बजारमा बिक्री नगरेका कारण बिचौलिया मालामाल हुँदा कृषक मारमा हुन पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?