Butwal Today

पुरानो ढर्राले पार्टी चल्दैन : सांसद चौधरी

७ आश्विन २०८०, आइतबार
अ+
अ-

बुटवल, ७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा चौधरीले अबको निर्वाचनमा २० लाख युवा थपिने बताउँदै पुरानो ढर्राले उनीहरुलाई समेट्न नसकिने बताए ।

अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिँदैछन् र सर्वोच्च अदालतको निर्देशन अनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुने भन्दै बैठकमा चौधरीले नयाँ सोच बोकेका, नयाँ दृष्टिकोण बोकेका, नेपाललाई एउटा विकसित राष्ट हेर्न खोजेका नेपालीलाई समेट्ने कांग्रेसको रणनीति के हो भन्ने प्रश्न गर्दै पुरानो पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ती ५० लाखको नेतृत्व गर्न सक्छ कि सक्दैन भने ।

पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने उनले बताए । विकासको खाका कस्तो हुने विषयमा पार्टीले आधिकारिक दस्तावेज केन्द्रीय समितिबाट पारित आफूलाई जानकारी नभएको चौधरीले बताए ।
केन्द्रीय समितिको अर्को बैठकमा छलफलको प्रमुख एजेण्डा अर्थतन्त्र हुनुपर्ने पार्टी नेतृत्वलाई सुझाव दिए ।
केहि गर्न खोज्ने, सक्षम अनुभवी व्यक्तिहरुलाई पाखा लगाउने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?