ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती
पर्यटन :

रुपन्देहीमा पर्यटकस्तर र तारे होटलहरुको नयां संस्था गठन,उद्योगको मान्यता दिलाउन पहल मुख्य प्राथमिकता

६ आश्विन २०८०, शनिबार
६ आश्विन २०८०, शनिबार

बुटवल, ६ असोज । रुपन्देहीमा होटेल व्यवसायीहरु मात्रै आवद्ध छुट्टै नयां संस्था गठन भएको छ । जिल्लामा होटेल र रेष्टुंरा मिश्रित आधादर्जन बढी संस्था क्रियाशील भएपनि पर्यटकस्तर र तारे होटलहरु मात्रै आवद्ध जिल्लाव्यापी संस्था नभएकाले विशिष्टीकृत संस्थाको रुपमा काम गर्ने गरी होटल एशोसिएसन अफ रुपन्देही नेपाल गठन भएको हो ।

व्यवसायीहरुको बुटवलमा भएको भेलाले क्लब डेनोभोका सञ्चालक प्रविणबहादुर पाठक अध्यक्ष रहेको होटल एशोसिएसन अफ रुपन्देही नेपाल तदर्थ समिति गठन गरेको हो ।

गठन भएको एशोसिएसनमा रुपन्देहीका बुटवल,तिलोत्तमा,सिद्धार्थनगर,देवदह,सैनामैना र लुम्बिनी सांस्कृतिक गरी ६ वटै नगर र छपिया क्षेत्रका पांचतारे सहित करिब ५० वटा होटेल आवद्ध रहेका छन् ।  आफ्नै प्रोपर्टी (जग्गा) मा बनेका र अधिकांश एकल लगानीका स्तरीय  होटेलहरु मात्रै एशोसिएसनमा आवद्ध रहेका छन् ।

एशोसिएसनको उपाध्यक्ष दिलिप गौचन,महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी, सहकोषाध्यक्ष प्रणदा दीक्षित तथा सदस्यहरुमा प्रविण शाक्य, ध्रुव पाण्डे, शोभाखर बन्जाडे, टेकनाथ बस्याल रहेका छन् । एशोसिएसनमा अन्य होटेलहरु पनि थपिने क्रममा रहेका संस्थाले जनाएको छ ।

एशोसिएसनले व्यवसायिक एकता र सहकार्य गर्दै आर्थिक मन्दीको मारमा परेका होटल व्यवसायलाई चलायमान र मर्यादित बनाउने अध्यक्ष पाठकले बताए ।

होटेल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिलाउन प्राथमिकताका साथ काम गर्ने पाठकले बताए । ‘उद्योगको मान्यता नपाउंदा करोडौंदेखि अर्बौं लगानी भएको व्यवसायले सरकारबाट विद्युत महसुल लगायतका कुरामा सहुलियत र राहत पाउन सकेको छैन’–अध्यक्ष पाठकले भने–‘सरकारले मुलुकको समृद्धिको आधार पर्यटन भन्ने तर पर्यटकस्तर र तारे होटेलहरुलाई उद्योगको मान्यता दिन पनि कन्जुस्याई गर्नु विडम्वना हो ।’

कोरोना महामारीपछि थला परेको होटेल व्यवसाय आर्थिक मन्दीले थप संकटमा परेको तर सरकारले कुनै राहत दिन नसकेको अध्यक्ष पाठकले गुनासो गरे । व्यवसायिक एकता र सहकार्य गर्दै व्यवसायलाई चलायमान र मर्यादित बनाउन सरकारसंग नीतिगत सुधारका लागि पहल गर्ने उनले बताए ।

सरकारको नीति तथा कार्यक्रम, वजेट निर्माण र पर्यटन सम्बन्धी नीति निर्माणमा होटेल एशोसिएसनको प्रतिनिधित्व अनिवार्य गराउन तीनै तहका सरकारसंग पहल गर्ने एशोसिएसनको मुख्य उद्देश्य रहेको उपाध्यक्ष दिलिप गौचनले बताए ।

भेलामा सहभागी संस्थाका सल्लाहकारहरु एवं हानका केन्द्रीय सदस्य गोपाल राना, अग्रज व्यवसायी माधव नेपाल, महेन्द्रनारायण श्रेष्ठ लगायतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन,बुटवल–नारायणगढ सडक निर्माण छिटो पुरा गराउन सरकारलाई दबाव दिनुपर्ने खांचो औंल्याए ।

बुटवल–नारायणगढ सडक निर्माण समयमा पूरा नहुंदा र विमानस्थल पुर्ण क्षमतामा नचल्दा ५० प्रतिशत ब्यापार घटेको व्यवसायीको गुनासो छ ।

रुपन्देहीका ठूला होटेलहरु भारतीयका लागि विवाह–व्रतबन्ध पर्यटन (माइस टुरिज्म)  को माध्यम हुन सक्ने भएकाले सरकारले नीतिगत सुधार गर्नुपर्ने व्यवसायीको माग छ ।

भारतीय पर्यटकलाई सीमा नाका, अध्यागमन कार्यालय र नेपाल प्रवेश गरेपछि सडकमा ट्राफिक प्रहरीबाट सम्मानजनक व्यवहारको साटो दुःख दिने काम भएको भन्दै यसलाई रोक्नुपर्ने, भारतीय पर्यटकका गाडीलाई रुपन्देही जिल्लाभर चल्न दिनुपर्ने, भारु २५ हजार मात्र साथमा लिएर हिंड्न पाउने प्रावधान अब्यवहारिक भएकाले सरकार स्तरमा वार्ता गरी सहज बनाउनुपर्ने व्यवसायीको माग रहेको महासचिव विकास पाण्डेले बताए ।

अन्तर्राष्ट्रिय हवाई भाडा दरमा नेपाली र विदेशीका बीच ठूलो अन्तर हुंदा विदेशी पर्यटकमा नकारात्मक असर परेकाले विदेशी पर्यटकका लागि हवाई भाडा दर घटाउन  एशोसिएसनले पहल गर्ने कोषाध्यक्ष पदम केसीले बताए ।

यी हुन् एशोसिएसनमा आवद्ध होटेलहरु :

क्लब डेनोभो, होटेल द फ्लामिंगो, डार्सिज इन्टरनेसनल होटेल, पाल्म इन्टरनेसनल होटेल, होटेल फर्चुन, मणिग्राम विश्राम बाटिका ,होटेल न्यू इरा,ड्रिम इन्टरनेसनल होटेल, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, पवन इन्टरनेशनल होटेल, लुम्बिनी प्यालेस रिसोर्ट, द एसआर होटेल, होटेल रोजउड, एशिएन होटेल, होटेल एभिन्यू,एभरेष्ट इन्टरनेसनल होटेल, दर्पण रिसोर्ट,होटेल एरोमा, महाराजा रिसोर्ट, होटेल सिद्धार्थ भिलासा, होटेल पौवा, होटेल न्यू इरा,ड्रिमल्याण्ड गोल्ड रिसोर्ट,साकिया होटेल,होटेल सनशाइन,होटेल क्रिस्टल,होटेल लिटिल बुद्ध,होटेल टुलिप,होटेल हिडन प्यालेस, होटेल ओजन २४,होटेल सयपत्री,सखिया फिस रिसोर्ट,पिस ल्याण्ड होटेल, होटेल आनन्द इन, होटेल फाइभ इलिमेन्ट  लगायत ।

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?