ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

युवा पलायनको डरलाग्दो तस्विरः प्रतिभासँगै पुँजी पनि बाहिरिंदै

पछिल्लो १९ महिनाको अवधिमा झण्डै २४ लाख नेपालीले नेपाल छाडेका छन् । अध्यागमन बिभागको तथ्यांक अनुसार सन २०२२ को जनवरीयता यति ठूलो संख्यामा नेपालीले देश छोडेका छन् । देशमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता र मौलाउँदो भ्रष्टाचारका कारण कोरोना महामारी र रुस–युक्रेन युद्धपछिको आर्थिक मन्दीले ब्यवसायी धरासायी भएका छन् ।
६ आश्विन २०८०, शनिबार
६ आश्विन २०८०, शनिबार

काठमाडौं, ६ असोज ।

बुटवल ४ लक्ष्मीनगरकी डा अस्मिता ज्ञवाली केहीदिन अगाडि अमेरिका उडिन् । गण्डकी मेडिकल कलेज पोखराबाट एमबिबिएसको अध्ययन पूरा गरेकी ज्ञवाली थप अध्ययनका लागि भन्दै अमेरिका उडेकी हुन् ।

सानैदेखि डाक्टर भएर आफ्नै देश र जनताको सेवा गर्ने सपना बुनेकी ज्ञवाली देशको बिग्रदो अवस्था अनि काम गर्ने राम्रो बातावरण नहँुदा चिन्तित छिन् । एमबिबिस अध्ययन पूरा गरेर बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा करिब २ बर्ष काम गरेकी डा. अस्मिता देशको बिषम परिस्थितिका कारण थप अध्ययनका लागि अमेरिका जान लागेको बताईन् ।

उनले भनिन्, “देशको अवस्था सुध्रिएर डाक्टरहरुले ढुक्कका साथ काम गर्ने वातावरण बने अध्ययन पूरा गरेर नेपाल फर्कन्छु । नेपाल र नेपालीको सेवा गर्छु । आफ्नै देशमा सेवा गर्ने ईच्छा छ ।” “अस्पतालमा बिरामीको मृत्यु भयो भने उपचार गर्ने डाक्टरको ज्यान जोगाउन मुस्किल हुन थाल्यो । अन्तिम अवस्था सम्म पनि डाक्टरहरु बिरामीको ज्यान बचाउन प्रयासरत रहन्छौ । तर, बिरामीका कुरुवा तथा आफन्तले उपचार गर्ने डाक्टरलाई नै आईसियुमा पुराईदिउँला है भनेर धम्क्याउँदा लाग्छ खोई हाम्रो सुरक्षा ? हाम्रो सुरक्षा कसले गर्ने ? डाक्टर पनि मान्छे हो । उसमा पनि मानवीय संवेदना हुन्छ । उसको पनि परिवार हुन्छ”–उनले भनिन् । अर्कोतिर डाक्टर पढ्दा लगानी धेरै लाग्ने उनी बताउँछिन् । पढाई पूरा गरेर काम गरौं सेवा सुविधा छैन । आफु जस्ता धेरै डाक्टर, नर्स अध्ययन र काम गर्न विदेशिएको र बिदेशिने क्रममा रहेको समेत उनले बताईन् ।

सुस्मिता मात्र होईन चितवनका सौगात खरेल पनि अष्ट्रेलिया जाने तयारी गर्दैछन् । काठमाडौंको साउथ वेस्टर्न एकेडेमीबाट विज्ञान बिषयबाट राम्रो अंक ल्याएर प्लस टु पास गरेका उनी देशमा अवसर नभएको भन्दै अध्ययनका लागि भन्दै विदेश जाने तयारी गरेका हुन् । परिवारको एउटै सन्तान सौगातलाई पनि घरपरिवार र देश छोडेर बिदेशिनु रहर होईन देशको अवस्था र साथीभाईको विदेश मोहले पनि प्रभाब पारेको हो ।

उनी भन्छन् ,“देशमा भनेजस्तो अवसर नहँुदा विदेशिन बाध्य हुनुपरेको छ । थाहा छ, विदेशमा पनि सुख त छैन । परिवार र देश छोडेर विदेशिनु पर्ने अवस्था नै दुखको अवस्था हो । यहाँ दुख गरेर पनि अवसर छैन । बिदेशमा दुख गरेर अवसरहरु प्रशस्त छन् । सम्भावनाहरु प्रशस्त छन् । त्यसैले बिदेश जाने तयारी गरेको हो ।”

अस्मिता र सौगात मात्र होईन देशमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता र मैलाउँदो भ्रष्टचारको कारण देखाउँदै कोरोना महामारीपछि नेपाल छोड्नेको संख्या ठूलो छ । यही संख्यामा नेपालीहरु बिदेशिए केही वर्षमा नेपालमा बुढाबुढी मात्र रहने अवस्था सृजना हुने चिन्ता गर्न थालिएको छ ।

पछिल्लो १९ महिनाको अवधिमा झण्डै २४ लाख नेपालीले नेपाल छाडेका छन् । अध्यागमन बिभागको तथ्यांक अनुसार सन २०२२ को जनवरीयता यति ठूलो संख्यामा नेपालीले देश छोडेका छन् । देशमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता र मौलाउँदो भ्रष्टाचारका कारण कोरोना महामारी र रुस–युक्रेन युद्धपछिको आर्थिक मन्दीले ब्यवसायी धरासायी भएका छन् । बैंकबाट लोन लिएर ब्यापार ब्यवसाय गरेका ब्यापारी बैंकको चर्को ब्याज तिर्न नसकेर विदेशिन बाध्य भएका छन् । देशमा गरिखाने वातावरण छैन । लगानी गर्नेको लगानी सुरक्षित छैन । नेताहरु आफ्ना कार्यकर्ता र आफन्त पोस्न ब्यस्त छन् भने यता जनता आज के खाए भोलि के खाने भन्ने अवस्थामा छन् । जसले गर्दा दैनिक ठूलो संख्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जानेको लर्को लाग्ने गरेको छ ।

यहाँ हरेक दिन कुनै ठूलो मेला नै लागेको जस्तो आभाष हुन्छ । रोजगारी, अध्ययन होस् या भिजिट भिसाको नाममा उतै गएर बस्नेहरु हुन् । जसरी होस् विदेश जाने् अहिले धेरै नेपालीको उद्देश्य नै बनेको छ । प्लस टुको अध्यन पूरा गरेपछि अध्ययनका नाममा जसरी पनि विदेश जाने भन्ने फेसन नै भैसकेको छ ।

साथै स्नातक तहको अध्ययन नेपालमै गरेर पनि विद्यार्थी भिसामा विदेशको यात्रा तय गर्ने धेरैको लक्ष्य रहेको देखिन्छ । त्यस्तै, एमबिबिएस अध्ययन पूरा गरेका डाक्टर र नर्सहरु पनि राम्रो सेवा सुविधा हुने भन्दै बिदेशिएका छन् । रोजगारीका लागि पनि युवाहरुको लक्ष्य विदेश नै रहेको देखिन्छ भने र विभिन्न पेशा, ब्यवसाय र जागिरमा लागेकाहरु पनि देशमा भविष्य नभएको भन्दै विदेश जानेको संख्या दिनानुदिन बढेको छ । अध्यागमन विभागको तथ्यांक हेर्दा सन जनवरी २०२२ यता विदेश जानेको संख्या २३ लाख ७६ हजार ५ सय ७८ रहेको छ । कोरोना महामारीपछि विदेश जानेको संख्या बढ्ने क्रममा रहेको अध्यागमन बिभागका प्रवक्ता खेमराज भुसालले जानकारी दिए । प्रवक्ता भुषालले रोजगारीका लागि धेरै नेपालीहरु विदेश जाने गरेको बताउँछन् ।

यो अवधिमा रोजगारीका लागि मात्र विदेश जाने नेपालीको संख्या १३ लाख १ सय २० रहेको छ । भुसालका अनुसार यहाँबाट बैदेशिक रोजगारीका लागि जाने नेपालीहरु धेरै खाडी मुलुक जाने गरेका छन् । त्यस्तै अध्ययनका लागि जानेहरु अमेरिका, क्यानडा, अष्टे«लिया, बेलायत, जापान र युरोपका विभिन्न देशहरुमा जाने गरेका छन् । तथ्यांक अनुसार गन्तब्यका आधारमा सबैभन्दा धेरै नेपाली जाने देश युएई रहेको छ । यो अवधिमा युएई मात्र जानेको संख्या ३ लाख ९४ हजार ३ सय २० पुगेको छ । नेपालीको दोस्रो श्रम गन्तब्यका रुपमा मलेशिया रहेको छ । मलेशिया जानेको संख्या ३ लाख ९ हजार ६४ रहेको छ । त्यस्तै नेपालीको तेस्रो गन्तब्यमा कतार रहेको छ । जहाँ २ लाख ९२ हजार ६१ जना नेपाली २०२२ यता रोजगारी, ब्यापार, ब्यवसाय र भिजिटका लागि गएका छन् । भिजिट भिसामा घुम्न जाने नेपालीहरु धेरै थाईल्याण्ड, दुबई, मलेशिया तथा विभिन्न युरोपियन मुलुक जाने गरेका छन् । यसैगरी साउदी अरेविया, भारत, अष्टे«लिया, जापान, अमेरिका, कुबेत, बेलायत, दक्षिण कोरिया, थाईल्याण्ड, क्यानडा, हङ्ककङ्क, रोमानिया, बहराईन लगायतका देशहरु प्नि नेपालीहरुका लागि प्रमुख गन्तब्यका मुलुक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?