Butwal Today

तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

६ आश्विन २०८०, शनिबार
अ+
अ-

दाङ,६ असोज । दाङमा खुकुरी प्रहारबाट एक जना महिलाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुरा भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछानेको ज्यान गएको हो । घटनामा अन्य दुईजना घाइते भएका छन् ।
शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार भएको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

खुकुरी प्रहारबाट सोही ठाउँका ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय कमलाकुमारी हमाल घाइते भएका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने टेकबहादुरलाई घरभित्र लुकिरहेको अवस्थामा खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?