ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

तिलोत्तमाका ५ हजार पशुमा लम्पी स्किनविरुद्धको खोप

६ आश्विन २०८०, शनिबार
६ आश्विन २०८०, शनिबार

बुटवल, ६ असोज । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै गाई गोरुमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । तिलोत्तमाले गत साउन २१ गतेदेखि पशुमा लम्की स्किनविरुद्धको खोप लगाउन शुभारम्भ गरेको थियो । शुक्रबार पशु शाखा जानकीनगरमा एक कार्यक्रमको आयोजना गरी ४ हजार ७४८ पशुमा भ्याक्सिन लगाएको जनाएको छ । नगरका सबै पशुलाई लम्की स्किनविरुद्धको खोप लगाइएको हो ।

पशु चिकित्सक डा. उर्जा देवकोटाले नगरभित्र ५ हजार ९३ वटा गाईगोरु रहेकोमा ४ हजार ७४८ पशुमा भ्याक्सिन लगाइएको जानकारी दिए । ‘नगरभित्र ५ हजार ९३ गाईगोरु छन् । त्यसमध्ये हामीले ४ हजार ७४८ गाईगोरुमा खोप लगाएर सकेका छौँ ।’ उनले भने, ‘रोग लागेका र गर्भवती अवस्थामा रहेका गाईलाई भने खोप लगाइएको छैन् ।’ साथै नगरभित्र संङ्मित पशुको संख्या ८३६ रहेको पशु चिकित्सक देवकोटाले बताए ।

हाल उपचाररत पशुको संख्या ४४ रहेको र १०६ गाईगोरु लम्की स्कीन रोगबाट मरेको उनको भनाइ छ । नगरले भयावह अवस्था आउन सक्ने आंकलन गरेर पहिले नै सबै पशुमा लम्की स्कीनविरुद्धको खोप लगाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

अर्यालले नगरपालिकाले पशुमा देखिएको लम्की स्किन रोग नियन्त्रणका लागि आर्थिक वर्ष २०८०/८१ को बजेटमा २० लाख विनियोजन गरेकोमा १० लाखमा काम सम्पन्न भएको बताए । रूपन्देही जिल्लामा सबैभन्दा धेरै पशुमा खोप लगाउने नगरपालिका तिलोत्तमा रहेको उनको भनाइ छ । तिलोत्तमा नगरपालिका–२ का वडाध्यक्ष दिलबहादुर भट्टराईले नगरपालिकाले समयमा नै लम्की स्किनको खोप दिन सुरु गरेकाले धेरै पशुहरू यस रोगबाट जोगिएको बताए । कार्यक्रममा लम्की स्किनको खोप लगाउने प्राविधिक र स्वयंसेवक विद्यार्थीलाई सम्मान गरिएको थियो ।

तिलोत्तमा नगरपालिकाले शुक्रबारदेखि नै १७ औँ विश्व रेबिज रोगविरुद्धको साप्ताहिक निःशुल्क खोप कार्यक्रमको सुरुवात गरेको छ । खोप कार्यक्रमको जिल्ला समन्वय समिति रूपन्देहीका संयोजक उमाकान्त चपाईले कुकुरलाई रेबिजविरुद्धको खोप लगाइदिएर कार्यक्रमको सुरुवात गरे ।  यो अभियान एक हप्तासम्म चल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?