ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

शिक्षकका जायज माग पूरा गर

५ आश्विन २०८०, शुक्रबार
५ आश्विन २०८०, शुक्रबार

विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरूले काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका छन । विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका उनीहरू माग सम्बोधन नहुँदासम्म नफर्किने अडानले सामुदायिक विद्यालयका लाखौं विद्यार्थीको पढाई अवरुद्ध भएको छ । नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू बुधवारदेखि माइतीघरमा भेला भई प्रदर्शन गरिरहेका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा, बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने सहितका माग छन् । यो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघको चेतावनी छ ।

सरकारी शिक्षकहरूले विद्यालय बन्द घोषणा गरेपछि शिक्षा विधेयकका बिषयमा अव सरकारको गंभीर ध्यानाकर्षण हुनुपर्दछ । देशभरका करिव एकलाख ५० हजार शिक्षक एकैपटक आन्दोलनमा उत्रिनु संयोगमात्र होइन । सरकारले शिक्षक आन्दोलनको विषयमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरोस् । शिक्षकका जायज माग सम्वोधन होस् । तर, आन्दोलनका नाममा नाजायज माग सम्बोधन गर्न दवाव दिनु न्यायोचित होइन । तसर्थ आन्दोलनको नेतृत्व गरिरहेको शिक्षक महासंघले पनि सरकारसंग विनासर्त बार्तामा बसेर आफ्ना जायज माग सम्वोधन गर्न सरकारलाई दवाव दिनुपर्दछ । अर्कोतर्फ विद्यालय नै बन्द गरेर लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै शिक्षक आन्दोलनको आलोचना भएको छ ।

निश्चितरूपमा शिक्षक महासंघले आफ्ना जायज माग पूरा गराउन दवाव दिनु स्वागतयोग्य कदम भएपनि विद्यालय नै बन्द गर्नु चाहिँ न्यायसंगत होइन । यस विषयमा शिक्षक महासंघको ध्यानाकर्षण हुनु जरुरी छ । शिक्षा विधेयकमा सुधार गर्नुपर्ने मागमा सहमति भएपनि विद्यार्थीको पढ्न पाउने अधिकार हनन नगर्न स्थानीय पालिकाहरूले अनुरोध गरेका छन् । आन्दोलनको नाममा सेवा नै ठप्प गर्ने प्रवृत्ति नेपालमा बढ्दै गएको छ । अत्यावश्यक सेवाभित्र पर्ने स्वास्थ्य क्षेत्रमा पनि यही अवस्था छ । तसर्थ आन्दोलनकारीले यो विषयमा नयाँ ढंगले सोच्नु जरुरी छ । काठमाण्डौं लगायत देशका विभिन्न पालिकाहरूले विद्यालय शिक्षा ऐनमा आफूहरूको समेत असहमति रहेको बताउँदै तर विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य नहुने बताएका छन् । अर्कोतर्फ काठमाडौ केन्द्रीत शिक्षक आन्दोलनमा देखिएको उपस्थितिले सरकारलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ । शिक्षकहरू बिद्यालय नै बन्द गरि आन्दोलनमा उत्रिनुले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो सन्देश जादैन ।

अव ढिलो नगरी सरकारले छिटोभन्दा छिटो संसदमा पेश गरेको शिक्षा बिधेयक फिर्ता गरि शिक्षकसंग बिगतमा भएका सहमतिलाई समेटेर तत्कालै शिक्षक कर्मचारी मैत्री र सरकारी विद्यालय मैत्री शिक्षा ऐन ल्याओस् । बिद्यालय खुल्ने र पठननपाठन हुने वातावरण बनाइयोस् । उता गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले पनि आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिको मौलिक हक र मानव अधिकारको हनन् हुने गरी अनिश्चितकालीन विद्यालय बन्द नगर्न अनुरोध गरेको छ । संविधानले व्यवस्था गरेको बालबालिकाको मौलिक हक हनन हुन नदिनेतर्फ स्वयं गुरुहरूको पनि ठूलो दायित्व र कर्तब्य हुने भन्दै आफ्नो माग पूरा गराउने नाममा बालबालिकाको अधिकार हनन नगर्न सचेत गराउनु जायज छ । शिक्षकहरूका कतिपय माग जायज छन्, त्यसमा सवैको नैतिक समर्थन छ तर विद्यार्थीको पढ्न पाउने मौलिक हक नै हनन हुने गरी विद्यालय बन्द गर्ने कुरा न्यायोचित होइन् भन्ने आम चासो र चिन्ता हो । यस विषयमा शिक्षक महासंघ र सरकार गंभीर बन्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?