ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु
दोस्रो प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोक नृत्य प्रतियोगिता २०८०

कुवँरवर्तीलाई उपाधि, दुर्गा शैक्षिक गृह उपविजेता

५ आश्विन २०८०, शुक्रबार
५ आश्विन २०८०, शुक्रबार

बुटवल, ५ असोज । बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उदेश्यका साथ आयोजित अन्तर विद्यालय राष्ट्रिय लोक नृत्य प्रतियोगितामा कुवरवर्ती ईगलिस बोर्डिङ स्कुलले बाजी मारेको छ । निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीको आयोजनामा भएको दोस्रो प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोक नृत्य प्रतियोगिता २०८० मा कुवँरवर्तीका बिद्यार्थीहरुले उपाधि चुम्दै प्रदेशमा छनौट भएको हो ।

उनिहरुले रुपन्देहीको बुटवल उपमहानगरपालिकामा रानीगंजामा बसोबास गर्ने थारु समुदायको लोक संस्कृतिलाई समेटेर तयार गरेको मयुर झर्रा गित प्रस्तुत गरेका थिए । उपाधिसंगै टिम नगद १५ हजार रुपैयासहित मायाको चिनोबाट पुरस्कृत भएको छ । भक्तपुरमा नाचिने प्रमुख आर्कषणको नृत्य माक प्याख प्रस्तुत गरेका दुर्गा शैक्षिक गृहका विद्यार्थीहरु उपविजेता बन्दै नगद १२ हजार रुपैया, मायाको चिनोबाट पुरस्कृत भएका छन । यसैगरि लुम्बिनी बोर्डिङ स्कुलका विद्यार्थीहरुले प्रस्तुत गरेका च्याब्रुङ नृत्य तेस्रो हुदै नगद १० हजार रुपैया, मायाको चिनो तथा लमजुङ बेसी शहरमा नाचिने गुरुङ जातीको आर्कषणको नृत्य कृष्ण चरित्र प्रस्तुतका साथ बुटवल एक्स आर्मी सान्त्वना हुदै नगद ८ हजार रुपैयासहित मायाको चिनोबाट पुरस्कृत हुने छन ।

एक समारोहका बिच प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे, लोकभाषा संरक्षक तथा निर्णायक राम बहादुर गुरुङ, प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद पन्थी, केन्द्रीय सदस्य खेमेन्द्र राना, तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, लेखा समिति सदस्य लेखनाथ पौडेलले विजेता, उपविजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले लोक संस्कृतिलाई बचाउने गरि संस्थागत विद्यालयको उदाहरणीय कार्य अघि बढाएको बताए । उनले संस्थागत विद्यालयको शैक्षिक विकाससंगै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षासंगै अन्तरनिहित प्रतिभा प्रस्फुटनका धेरै क्रियाकलापमा महत्वपुर्ण योगदान दिएका बताए । उनले शिक्षा विधयेक निजी विद्यालयमैत्री आउनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी पाण्डे, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एकनारायण काफ्ले, जिल्ला सचिव दिपक खनालले कला संस्कृति एकबाट अर्कोमा हस्तान्तरण हुने हुदा पनि विभिन्न कार्यक्रमबाट यसमा सहयोग मिल्ने बताए ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरुले घाटु, च्याब्रुङ, केलाङ, टप्पा, लड्डी, सखिया पैया नृत्य, सतार, भुडकेली, छलिया, मारुनी, तामाङ सेलो, झरझरिया, मयुर झर्रा नाच प्रस्तुत गरेका थिए । अघिल्लो वर्ष रुपन्देही जिल्ला उत्कृष्ट छनौट भएर केन्द्रमा भाग लिने अवसर पाएको थियो ।
प्रतियोगिताको निर्णायक वरिष्ठ लोकनृत्य प्रशिक्षक नगेन्द्र राईले नेपाली भाषासंस्कृतिको संरक्षणलाई प्रोत्साहन हुने गरि नमुना कार्य भएको बताए । प्रतियोगितामा प्रस्तुत नृत्यमा विशेष गरि लोक नाचको मौलिकता, कोरियोग्राफी अनुसार विद्यार्थीको प्रस्तुती, भेषभुषा, संस्कृति अनुसारको ताल, लय र कोरियोग्राफिलाई मुल्याकन गरि अंकको आधारमा विजेता घोषणा गरिएको उनले बताए ।

कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले जिल्लाका रहेका निजि विद्यालयका विद्यार्थीहरुको शैक्षिकसंगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको बताए । पालिका स्तरमा भएको प्रतियोगितामा उत्कृष्ट भई छनौट भएका विद्यालयहरु जिल्ला प्रतियोगितामा भाग लिने अवसर पाएको उनले बताए ।

प्रतियोगितामा कुवरवर्ती ईगलिस बोर्डिङ स्कुल, गार्गी एकेडेमी, एशियन लाईट, लुम्बिनी बोर्डिङ स्कुल, बुटवल एक्स आर्मी, देवदेह मदरटङ्ग, दुर्गा शैक्षिक गृह, ज्ञान गंगा पाठशाला, आदर्श विद्या मन्दिर, युरो किड्स, लिटल प्याराडाईज, सिद्धार्थ फर्साटिकर गरि १२ टिमले आफ्नो प्रस्तुती गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?