ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

अनावश्यक उपवासले निम्त्याउँछ ग्यास्ट्राईटिसको समस्या

५ आश्विन २०८०, शुक्रबार
५ आश्विन २०८०, शुक्रबार

साँस्कृतिक पर्व र स्वास्थ्यसंगको अन्तर सम्बन्धलाई नियालेर हेर्ने हो भने नेपाली समाजमा विभिन्न धर्म संस्कार र संस्कृतिका आधारमा उपबास बस्ने र आफ्नो मनोकामना पूरा हुन्छ भन्ने आत्मविश्वासका साथ भोको पेट ब्रत बसेर पेटको रोग ग्यास्ट्रिक निम्त्याउने प्रचलन अधिकांश व्यक्तिमा भेटिन्छ । हामीकहाँ एउटा भनाई निकै प्रचलित छ– ग्यास्ट्रिक त नेपालीको पहिचान नै हो । यसैबाट थाहा हुन्छ– नेपालमा ग्यास्ट्रिक हुनुलाई गम्भीर रूपमा लिईदैन् । पेटको दुखाईलाई सकेसम्म दबाउन खोजिन्छ । तर पेट दुख्ने र ग्यास्ट्राईटिसको समस्यालाई यति हलुका रूपमा लिनु हुदैन । यस्ता समस्यालाई लापरबाही गर्नै हुदैन । पेट दुख्नु कहिलेकाहीँ गम्भीर प्रकृतिको रोगको लक्षण पनि हुन सक्दछ । पेट दुख्नुका पछाडि धेरै कारण हुन्छन् । स्वास्थ्यका दृष्टिकोणले पेट दुख्ने कारण कुनै सामान्य हुन्छन् भने कुनै जटिल हुन्छन । पेटलाई एनाटोमिकले नौ भागमा बाँडिएतापनि सामान्य तिन भागमा बिभाजन गर्न सकिन्छ ।

माथिल्लो भागः पेटको माथिल्लो भागमा बिशेषगरी ग्यास्ट्राईटिसको समस्याका कारण दुख्ने गर्दछ । नेपालमा धेरैजसो मानिसलाई एपी ग्यास्ट्राइटिसको समस्या हुने गरेको पाईन्छ । त्यस्तै राइट हाइपोकोन्ड्रियम (आरएचसी) का कारण पनि केहीलाई पेट दुख्छ । यो चाँही माथिल्लो भागको दाहिने पट्टि दुख्ने समस्या हो । मध्यभागः नाइटोको वरिपरिको भागलाई मध्यभाग अर्थात पेरिओम्बिलिकल भनिन्छ । नाइटोको वरिपरि हुने दुखाईलाई नै पेरिओम्बिलिकल पेन भनेर बुझिन्छ । तल्लो भागः तल्लो पेटको दुखाई चाहीँ पेट भन्दा पनि मुत्र नलीको समस्यासंग सम्बन्धित हुने गर्दछ । यो समस्या गाइनाकोलोजीसंग बढी सम्बन्धित हुन्छ ।
पेट दुख्नुका कारणः
ग्यास्ट्राईटिसः खानेनली, पेट र सानो आन्द्राको कुनै भागमा घाउहरू हुनु अथवा सानो आन्द्रा सुन्निनुलाई ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्राइटिसको समस्या हुने अधिकांश नेपालीमा यी र यस्तै कारणले पेट दुख्ने हुन्छ । खानाको समय नमिल्दा र धुम्रपान तथा मध्यपानको अत्याधिक प्रयोगले ग्यास्ट्राइटिस गराउँछ । पेटमा भएको एसिड माथि आउनेक्रमलाई भने ग्यास्टो इसोफयाजियल रिफलेक्स डिजिज (जिइआरडि) भनिन्छ । यसले मुटु पोल्ने, पेट पोल्ने, छाती पोल्ने, अमिलो पानी मुखमा आउने र पटकपटक डकार आइरहने हुन्छ । जिइआरडी धेरैजसो मोटो ब्यक्तीमा खानामा धेरै चिल्लो परिकार खाने ब्यायाम नगर्ने, धुम्रपान र मध्यपान सेबन गर्नेहरूमा बढी देखिन्छ । त्यस्तै धरै तनाव लिने ब्यक्तिहरूमा पनि यो समस्या आउँछ । पेटमा भएको एसिड तथा खाएको खानेकुरा अलिकति मात्र माथि आउँदा खाने नलीको भित्री छालामा चोट पुग्दछ । जसले गर्दा छाती पोल्ने, मुटु पोल्ने, अमिलो पानी र डकार आउने हुन्छ । जिइआरडीको समस्यालाई पनि ग्यास्ट्राइटिस भएको ठानेर आफुखुसी औषधि खाँदा सानो आन्द्रामा घाउ हुन सक्दछ । अनावश्यक उपबास वा व्रत बस्दापनि ग्यास्ट्राइटिस हुन सक्दछ ।
पित्तथैलीमा स्टोनः कहिलेकाहीँ पित्तथैलीमा स्टोन भएमापनि पेट दुख्छ । पित्तथैलीमा स्टोन हुँदा पित्तको थैली सुनिन्छ र पेट दुखेजस्तो हुन्छ । यसलाई मेडिकल भाषामा कोलिस्टाईटिस एक्युट र कोलिसिस्टाईटिस भनिन्छ । यो समस्या पटक पटक दोहोरिएमा क्रोनिक कोलिसिस्टाइटिस हुन सक्दछ । दुखाईको प्रकृति हेर्दा ग्यास्ट्राइटिसले पेट दुखे जस्तो हुन्छ तर पित्तथैलीको कारण पेट दुखिरहेको हुन सक्दछ । पित्तथैलीबाट सानो आन्द्रामा एउटा नली जान्छ (कमनबाइल डक्ट) र उक्त नलीमा सानो ढुंगा अड्किँदापनि पित्तथैलीमा समस्या आउँछ र माथिल्लो पेट दुख्छ । यो समस्या भएकाहरूलाई माथिल्लो पेटको दायाँ भाग एक्कासी दुख्ने र तुरुन्त दुखाई कम हुने गर्दछ ।
प्यान्क्रियाटाईटिसः हाम्रो पेटमा प्यान्क्रियाज भन्ने अंग हुन्छ । जसलाई अग्नाशय भनिन्छ । अग्नाशय पेटको पछाडिको भित्रको भागमा हुन्छ । यसको पनि खाना पचाउने नलीहरू सानो आन्द्रामा बगेको हुन्छ । कहिलेकाहीँ पित्त थैलीमा भएको स्टोनले प्यान्क्रियाजबाट आउने तत्व र पित्त थैलीबाट आउने बाईलजुसलाई अबरुद्ध गरिदिन्छ । यसका कारण प्यान्क्रियाटाईटिस हुने गर्दछ । अग्नासय सुन्निनु प्यान्क्रियाटाईटिस हो । अत्याधिकमात्रमा मध्यपान र धुमपान गर्ने मानिसलाई प्यान्क्रियाटाईटिस हुने गर्दछ ।
सानो आन्द्रामा संक्रमणः सानो आन्द्रामा संक्रमण भएमा मध्यभाग अर्थात नाईटोको वरिपरि दुख्ने गर्दछ । यो समस्या खानपिनको गडबडी फुडपोईजनिङ भएपछि देखापर्दछ । सानो आन्द्राकै संक्रमणको कारण झाडापखाला लाग्ने हुन्छ । सानो आन्द्राको दुखाईलाई पेरिओम्लाइकल पेन भनिन्छ ।
अल्सरः अल्सरलाई ग्यास्टिक अल्सर (आमाशयमा हुने) र डुडेनल अल्सर (आन्द्राको पहिलो भागमा हुने घाउ) गरि दुईरूपमा छुट्याइएको हुन्छ । अल्सर बिशेषगरी हेलीको ब्याक्टर पाईलोरी एचपाइलोरी नामक किटाणुका कारण हुन्छ । यो ब्याक्टेरियाले आमाशयमा घर बनाएर बसेको हुन्छ । एक अध्ययनका अनुसार नेपालमा अल्सर भएका हरेक १० जनामध्ये ६ जनामा यो किटाणुको संक्रमण देखिन्छ । यो किटाणुको समयमै पहिचान हुन सक्यो भने उपचारपछि सजिलै निको हुन्छ । समयमै पहिचान गरिएन र लापरबाही गरियो भने ब्याक्टेरियाको संक्रमणका कारण पेटको क्यान्सरसम्म हुन सक्दछ ।
दुखाई कम गर्ने औषधिको असरः दुखाई कम गर्न प्रायः मानिसले फार्मेसीमा सहजै उपलब्ध हुने ब्रुफेन, एस्पिरिनजस्ता पेनकिलरको प्रयोग गर्दछन् । तर यस्ता औषधिको प्रयोगले पेटमा ठ्ूलै समस्या ल्याउन सक्दछ । दुखाई कम गर्ने औषधिले सानो आन्द्रामा घाउ बनाउने र पेटभित्र समस्या ल्याउने काम गर्दछन् । मुटुको रोगीले लामो समयसम्म प्रयोग गर्ने रगत पातलो बनाउने औषधी एस्पिरिनको प्रयोगले पनि पेटमा अल्सर बनाउन सक्दछ ।
खाने नली, पेट र सानो आन्द्राको कुनै भागमा घाउहरू हुनु अथवा सानो आन्द्रा सुन्निनुलाई ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्राइटिसको समस्या हुने अधिकांश नेपालीमा यी र यस्तै कारणले पेट दुख्ने हुन्छ ।
धुमपान र मध्यपानः धुमपान र मध्यपानको अत्याधिक प्रयोग गर्नाले पेटमा ग्यास्ट्राइटिस र प्यान्क्रियाटाइटिस हुन सक्दछ । धुम्रपान र मध्यपानले लिभर र प्यान्क्रियाज दुवैमा प्रत्यक्ष असर गर्दछ । रक्सी सेवन गर्ने अधिकांशमा एक्युट प्यान्क्रियाटाइटिस हुन सक्दछ । यस्तै लिभरमा हेपाटाइटिस भएमा किड्नीमा स्टोन अथवा युरेटेरिक स्टोन भएमा, क्रोनिक कन्स्टिपेसन (कब्जियत) भएमापनि पेट दुख्ने समस्या आउँछ ।

पेट दुखाइबाट बच्ने उपाय :
१ः खाने्कुरामा साबधानी अपनाउने । धेरै चिल्लो पदार्थ नखाने । तारेको भुटेको परिकारहरू कम खाने । खानामा हरियो सागसब्जी, फलफूल प्रसस्त खाने । अनावश्यक उपबास नबस्ने ।
२ः हरेक बार खानाचार भन्ने स्वास्थ्यको नारालाई दैनिक आप ब्यवहारमा लागू गर्ने ।
३ः एकैपटक धेरै खाना नखाने । समय मिलाएर पटकपटक खाना खाने बानी बसाल्ने ।
४ः दिनमा ३ देखि ५ लिटरसम्म शुद्व पानी पिउने बानी बसाल्ने ।
५ः सकेसम्म दुखाई कम गर्ने औषधीको प्रयोग नगर्ने । चिकित्सकको सल्लाहमा मात्र औषधीको प्रयोग गर्ने ।
६ः खानाखाने बित्तिकै नसुत्ने, खाना खाएपछि कम्तिमा दश पाईला हिड्ने, कम्तिमा खाना खाएको दुई घन्टापछि मात्र सुत्ने बानी बसाल्ने ।
७ः आरामको साथमा शारीरिक ब्यायाम पनि निरन्तर गर्ने बानी बसाल्ने ।
८ः पेटको दुखाई निरन्तर बढेमा सम्बन्धित चिकित्सकको परामर्श लिने वा चिकित्सकलाई भेट्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?