Butwal Today

शान्ति समाजको साधारण सभाः वातावरण असन्तुलन हुने कुनै कार्य नगर्न सरकारको ध्यानाकर्षण

४ आश्विन २०८०, बिहीबार
अ+
अ-

बुटवल, ३ असोज ।

वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरी कुनैपनि कार्य नगर्न अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन बन्दै गैरहेको भन्दै उनीहरुले यसप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २४ औँ साधारसभामा बोल्ने वक्ताहरुले चुरे संरक्षण, संविधानको रक्षा र त्यसले दिएका ब्यवस्थाहरुको संरक्षण र कार्यान्वयन गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले संघीयताको बारेमा गलत भ्रम फैलाइएको भन्दै सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताइन् । उनले प्रदेश खारेजी नभइ थप बलियो बनाएर जनतासंग पहुँच बढाउनुपर्ने बताइन् । शान्ति समाजका हरेक गतिविधि नजिकबाट हेरिरहेको भन्दै उनले मानव अधिकारका क्षेत्रमा समाज अगुवा रहेको बताइन् ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय समितिका सभापति रामकृष्ण बरालले नयाँ अभियान थालनी गर्ने तयारीमा रहेको बताए । उनले युवालाई नेपालमै रोक्ने र रोजगारी सिर्जना गर्ने बातावरण सरकारले बनाउनुपर्ने बताए ।

केन्द्रीय पूर्व सभापति एवं सल्लाहकार उत्तम पुडासैनीले पृथ्वी बचाउने अभियानमा जुट्न अपिल गरे । उनले प्रकृतिको संरक्षणमा सबै हातेमालो गरेर अघि बढ्नुपर्ने उल्लेख गरे ।

केन्द्रीय समितिका निवर्तमान सभापति एवं सल्लाहकार गोविन्द खनालले वातावरण संरक्षणको सवालमा सरकारी, सामाजिक र गैरसरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
साधारण सभामा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापति खिमप्रसाद भट्टराइ (कृष्ण) ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी योजना समेत सार्वजनिक गरेकाच थिए ।

कार्यक्रममा समाजका वरिष्ठ उपसभापति कृष्ण रावल, केन्द्रीय उपसभापति राजेन्द्र पौडेल , राससका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाइ, प्याब्सन लुम्बिनी अध्यक्ष एवं समाजका पूर्व सभापति लालहरि पाण्डे, लेखक ऋषि आजाद, नेपाल पत्रकार महासंघ लुम्बिनी महासचिब विक्रम खड्का, पत्रकार महासंघ जिल्ला सभापति रामराज पोखरेल, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी अध्यक्ष तेजकुमार पाठक, शान्ति समाज केन्द्रीय सचिब मिना ढकाल, काठमाडौ शाखा सभापति भगवान पुडासैनी, इन्सेक प्रतिनिधि रिमा बिसी, मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे लगायतले बोल्दै समाजका सबै प्रकारका संघसंस्थासंग हातेमालो गरेर अभियान चलाउनुपर्ने बताए । साधारणसभामा कोषाध्यक्ष लिलाधर लुइटेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?