ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

भैरहवामा पट्टाभिषेक महोत्सव सम्पन्न

४ आश्विन २०८०, बिहीबार
४ आश्विन २०८०, बिहीबार

रुपन्देही, ४ असोज ।

पुर्वीय दर्शन र सनातन हिन्दु धर्म बिश्वकै उत्कृष्ट मानवीय प्रणाली भएको तथा प्राकृतिक र बैद्धिक दुवैको संगमका रुपमा रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । भैरहवामा आयोजित पट्टाभिषेक महोत्सवमा सहभागी हिन्दु धर्मका महात्मा, सन्त, महन्थहरुले हिन्दु सनातन बैदिक धर्म संरक्षणका लागि सम्पूर्ण सनातनीहरु जाग्नु पर्ने बेला आएको बताएका हुन् ।

कार्यक्रममा नेपाल सन्त समाजका अध्यक्ष तथा हरिहर सन्यास आश्रमका प्रमुख ज्ञानानन्द सरस्वती महाराजले स्वामी शान्तानन्द महाराजलाई भैरहवा विद्याश्रमको पिठाधिश घोषणा गरेका थिए । स्वामी शान्तानन्दलाई पट्टाभिषेक र रुद्राभिषेकसहित श्री १००८ स्वामी महाराजको पदवीले बिभुषित गरी भैरहवा संस्कृत बिद्याश्रमको संरक्षक घोषणा गर्दै पदासिन गराइएको थियो ।

सो अवसरमा बोल्दै ज्ञानानन्द सरस्वती महाराजले राजनैतिक दलहरुका कारण सनातनी हिन्दु धर्म संकटमा परेकोले यसको रक्षार्थ एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । बिगतमा नेपाललाई धर्म निरपेक्षता घोषणा गरेर दलहरुले धोका दिएको उल्लेख गर्दै हिन्दुत्व भनेको धर्म मात्र नभै सत्कर्म, संस्कार र सद्भाव पनि भएको बताए । कार्यक्रममा स्वामी विवेकानन्द महाराजले गुरुकुलहरुको सवलीकरण र सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै गुरुकुलहरु दयनीय बन्दै गएकोमा चिन्ता ब्यक्त गरेका छन् ।

बुढानिलकण्ठ नारायणस्थानका स्वामी निगमानन्द गिरीले साधुत्व, बैदिक ज्ञान, आचरण र गुरुकुलमा गरेको योगदानका आधारमा सन्तलाई बिभुषित गर्ने परम्परा रहेको उल्लेख गर्दै हिन्दु सनातन बैदिक धर्म संरक्षणका लागि सम्पूर्ण सनातनीहरु जाग्नु पर्ने बेला आएको बताए । धार्मिक कार्यसँगै मानवीय प्रणालीमा उत्कृष्ट कार्य गरेवापत सन्तहरुले पाउने सम्मानित र उच्च पद श्री १००८ महाराज उपाधिबाट बिभुषित गर्ने प्रचलन रहेकोले भैरहवामा यो कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा भारतको बनारसस्थित काशी बिश्वनाथ मन्दिरका मुलभट्ट टेकनारायण उपाध्याय, स्वर्गद्वारी विद्याश्रम प्यूठानका महात्मा रुद्रानन्द ब्रम्हचारी, राजेश्वराय नन्द सरस्वती महाराज, डा. विश्वनाथ धिताल, सिनपा ३ का वडाध्यक्ष नारायणप्रसाद उपाध्याय, रोमणीप्रसाद पाठक, सभाध्यक्ष डिआर शर्मा, उपाध्यक्ष कृष्णप्रसाद भण्डारी, लगायतले बोल्दै हिन्दु धर्मले पुजापाठ गराउने मात्रै नभै अनुशासन, संस्कार र कर्तब्यसमेत सिकाउने भन्दै राज्यपक्षको उदासिनताका कारण आयातित धर्महरुले सनातनीहरुलाई संकटमा पारेको गुनासो गरेका थिए ।

परम्तपश्वी ब्रम्हालीन नारायणनन्द स्वामीजी महाराजद्वारा स्थापित तथा विभिन्न सन्त महात्माहरुको निर्देशन एवं सिद्धहस्तहरुको अथक परिश्रम र सहयोगबाट संचालन भएको संस्कृत विद्याश्रम भैरहवा बैदिक सनातन धर्म एवं बाङ्गमयको संरक्षण र उन्नयनका लागि निरन्तर प्रयत्नशील छ । यस संस्थाको संरक्षण एवं उत्तरोत्तर संबद्र्धनका लागि परम पुजनीय स्त्रोत्रिय ब्रहनिष्ट अनन्त श्री बिभुषण सत्यप्रकाशनन्द सरस्वती महाराजजीको बरद सानिध्य एवं नेपाल सन्त समाजका श्रद्धय स्वामीजीहरु लगाएत देश विदेशका अनेकौं सन्त महन्थ धर्ममुर्तीहरु बिद्यामुर्तीहरुको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?